३२ असार, काठमाडौं — रुकुम पश्चिमसहित आसपासका जिल्लामा बारम्बार विद्युत आउने–जाने समस्या बढ्दै गएपछि स्थानीय प्रशासनले यस विषयमा चासो देखाएको छ। अनियमित विद्युत आपूर्तिका कारण सर्वसाधारण, उद्योग–व्यवसाय तथा सरकारी कार्यालयको सेवा प्रभावित भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको हो। रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले विद्युत आपूर्तिको अनियमितताबारे धेरै गुनासा प्राप्त भएपछि नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण केन्द्रलाई वास्तविक समस्या, त्यसका कारण, चुनौती तथा समाधानका उपाय समेटिएको विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिएका थिए। प्रशासनको निर्देशनपछि विद्युत वितरण केन्द्रले विद्युत आपूर्तिमा देखिएका समस्या, तिनका कारण, चुनौती तथा समाधानका लागि आवश्यक उपायहरू…
३१ असार, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाएको बताएका छन्। साथै, होटल व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका चिन्ताहरू क्रमशः समाधान हुने विश्वास पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे। प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न सुझाव दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको…
३१ असार, काठमाडौं — अमेरिका र इरानबीच युद्धविरामपछि भएको प्रारम्भिक समझदारी दीर्घकालीन शान्तिमा रूपान्तरण हुन सकेको छैन। होर्मुज जलमार्गको नियन्त्रण, इरानको आणविक कार्यक्रम, तेल निर्यातमाथिको प्रतिबन्ध तथा जफत गरिएको सम्पत्तिको विषयमा दुवै देशबीच मतभेद बढ्दै जाँदा सम्बन्ध फेरि तनावपूर्ण बनेको छ। विश्लेषकहरूका अनुसार १४ बुँदे ‘इस्लामावाद समझदारीपत्र’ ले तत्काल युद्ध रोक्न र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्न सहयोग गरे पनि त्यसका धेरै प्रावधान स्पष्ट थिएनन्। विशेषगरी इरानको आणविक कार्यक्रम, दीर्घकालीन सुरक्षा व्यवस्था र प्रतिबन्ध हटाउनेजस्ता संवेदनशील विषय दोस्रो चरणको वार्ताका लागि छाडिएकाले अहिले त्यही अस्पष्टता विवादको मुख्य कारण बनेको बताइएको छ। सम्झौताबारे दुवै पक्षको फरक धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…
३१ असार, काठमाडौं — पश्चिम बङ्गाल सरकारले ममता बनर्जी नेतृत्वको सरकारको कार्यकालमा लागेको भनिएको भ्रष्टाचारसम्बन्धी आरोपहरूको छानबिन गर्न आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा कलकत्ता उच्च अदालतका सेवानिवृत्त न्यायाधीश विश्वजीत बसुलाई नियुक्त गरिएको छ। राज्य सचिवालयले गत जुलाई १० मा जारी गरेको विज्ञप्तिअनुसार आयोगले सन् २०११ देखि यस वर्षको मे महिनासम्म लागेका भ्रष्टाचारका आरोपहरूको अनुसन्धान गर्नेछ। अनुसन्धानको दायरामा शिक्षा, खाद्य तथा आपूर्ति, राहत तथा विपद् व्यवस्थापन, नगरपालिका, पञ्चायत, आवास तथा मत्स्यपालनसँग सम्बन्धित कामकारबाही समेटिएका छन्। गृह मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले विभिन्न क्षेत्रमा उठेका भ्रष्टाचारका आरोपहरूको छानबिन गर्नेछ। यसमा घुसखोरी, अम्फान आँधीपछि वितरण गरिएको राहतमा भएको भनिएको अनियमितता तथा १००…
३० असार, काठमाडौं — नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै रुलिङको माग गरेको छ । एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड छ मा भएको व्यवस्था प्रधानमन्त्री शाह र सभापति लामिछानेले उल्लंघन गरेको बताए । ‘प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड छ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचमा हिंड्न नहुने व्यवस्था गरेको छ,’ महरले भने, ‘तर बिडम्बना माननीय खुश्बु ओली बोल्दै हुनुहुन्थ्यो । सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यू त्यो नियमको उल्लंघन गरेर हिंड्नुभएकोले म यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु र यसमा…
३० असार, काठमाडौं — प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद् पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठकमा सहभागी हुन पुगेका हुन्। उनीहरू केहीबेरअघि प्रतिनिधिसभा बैठकमा पुगेका थिए। प्रधानमन्त्री बालेन बैठकमा उपस्थित हुने विषयमा यसअघि कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको थिएन।
३० असार, काठमाडौं — भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सहसचिवसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिवस्तरका एक कर्मचारीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जनाएको हो। मन्त्रालयका अनुसार ती कर्मचारीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन। साथै, उनको तर्फबाट कुनै जानकारीसमेत प्राप्त नभएको बताइएको छ। उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित रहेका छन्। निजामती सेवा ऐन, २०४९ अनुसार यस्तो अवस्थामा सरकारी सेवाबाट हटाउने प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेकाले सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र चित्तबुझ्दो आधार र…
२८ असार, काठमाडौं — सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग सञ्चालनको जिम्मा सेनालाई दिने निर्णय गरेको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सरकारले सेनालाई तीन वटा जिम्मेवारी दिएको छ। पहिलो, उद्योगका मेसिनहरूको मर्मत–सम्भार गर्ने। दोस्रो, उत्पादन परीक्षणका लागि सम्भाव्यता अध्ययन तथा प्राविधिक प्रतिवेदन तयार गर्ने। तेस्रो, परीक्षण उत्पादन सुरु गर्ने। उनका अनुसार सबैभन्दा पहिले उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ। अध्ययनमा मेसिनहरूको अवस्था, प्रयोगयोग्यता, मर्मत गर्नुपर्ने मेसिन, त्यसका लागि लाग्ने समयलगायत विषय समेटिनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको हेटौंडा कपडा उद्योगप्रति…
२८ असार, काठमाडौं — होर्मुज जलसन्धिमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानमाथि यसै साताको तेस्रो चरणको सैन्य हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले उक्त सैन्य कारबाही भएको पुष्टि गरेको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै त्यसबारे समझदारी ज्ञापन पत्र पालना गर्ने अवसर दिइएको भए पनि इरान त्यसमा पुनः असफल भएको उल्लेख गरेको छ। यसैबीच, इरानले अर्को सूचना जारी नभएसम्मका लागि होर्मुज जलसन्धि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानको उक्त निर्णयपछि अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले गलत निर्णय गरेको टिप्पणी गर्दै…
२८ असार, काठमाडौं — साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सातौं पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे। खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। स्विट्जरल्यान्डले ६७औं मिनेटमा खेल बराबरीमा ल्यायो। रिकार्डो रोड्रिगेजको असिस्टमा डान एनडोयेले गोल गर्दै टोलीलाई १–१ को अवस्थामा पुर्याएका थिए। ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। त्यसपछि स्विट्जरल्यान्ड…