Skip to main content

Epost Nepal

epostnp

224 Posts
ग्यास लुकाउने र महँगोमा बेच्नेमाथि निगरानी

ग्यास लुकाउने र महँगोमा बेच्नेमाथि निगरानी

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपोको निगरानी तथा अनुगमनका लागि प्रहरी परिचालन गरिएको हो। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी थिइन्। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभाव देखाएर उपभोक्तालाई दुःख दिने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री यादवको आग्रहपछि गृहमन्त्री…
Read More
डोल्पाका दुई वडा एक महिनादेखि टेलिफोनविहीन

डोल्पाका दुई वडा एक महिनादेखि टेलिफोनविहीन

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। नेपाल टेलिकमको टावर सञ्चालनमा नआएपछि नगरपालिकाको वडा नम्बर ५ र ६ का सयौँ नागरिक सामान्य फोन गर्नसमेत अग्ला डाँडाकाँडामा पुग्नुपर्ने बाध्यता रहेको छ। त्रिपुरासुन्दरी–५ खदाङकी स्थानीय मिना सार्कीका अनुसार लामो समयदेखि टावर नचल्दा आफन्तसँग सम्पर्क गर्नेदेखि आवश्यक सूचना आदानप्रदान गर्नसमेत समस्या भएको छ। उनले भनिन्, ‘गाउँमा लामो समयदेखि टावर चलेको छैन। खबर आदानप्रदान गर्न निकै समस्या भइरहेको छ। झण्डै एक महिना भइसक्यो, अहिलेसम्म किन बनेन भन्ने जानकारी पनि छैन। अझै कति समय यसरी सम्पर्कविहीन बस्नुपर्ने हो, थाहा छैन।’ स्थानीयका अनुसार नेटवर्क…
Read More
‘कांग्रेस सिद्धान्तमा सम्झौता गर्दैन’ : गगन थापा

‘कांग्रेस सिद्धान्तमा सम्झौता गर्दैन’ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलेर सरकार गठन गर्नुपर्ने प्रस्ताव आएको खुलासा गर्दै त्यसलाई गलत भएको बताएका छन्। ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण’ कार्यक्रममा बोल्दै उनले तीन दलको संयुक्त सरकार नागरिकको जनादेशअनुकूल नहुने धारणा राखे। ‘अहिले एउटा प्रस्ताव आइरहेको छ– तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ। हामीले भन्यौं, यो गलत हो, यसो गर्नु हुँदैन। यसरी सरकार बनाउँदा नागरिकले दिएको म्यान्डेटभन्दा फरक अवस्था सिर्जना हुन्छ,’ उनले भने। बागमती प्रदेश सरकारको भविष्यबारे उठेको प्रश्नको जवाफ दिँदै थापाले कांग्रेसले आफ्नो सिद्धान्तमा…
Read More
विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेका छन्। आइतबार बिहान तेस्रो स्थानका लागि इंग्ल्याण्डविरुद्ध भएको खेलमा एमबाप्पेले दुई गोल गर्दै एक असिस्ट पनि गरे। यस प्रदर्शनसँगै उनले दुवै प्रतिस्पर्धामा मेसीलाई उछिनेका हुन्। हालसम्म एमबाप्पेको नाममा जारी विश्वकपमा १० गोल र ४ असिस्ट पुगेको छ। यता फाइनलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट रहेको छ। गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था बनेको छ। यदि मेसीले दुई गोलभन्दा कम गरे भने एमबाप्पे विश्वकपमा दोस्रो पटक गोल्डेन बुट…
Read More
मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना, चालक गम्भीर घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना, चालक गम्भीर घाइते

३ साउन, काठमाडौं — चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक भएको बस दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। प्रहरीले घाइतेको संख्या २५ भन्दा बढी रहेको जनाएको भए पनि यकिन विवरण भने सार्वजनिक गरेको छैन। प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट दाङतर्फ जाँदै गरेको दुईवटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। काठमाडौं आउँदै गरेको बा.प्र. ०३–००१ ख १६७१ नम्बरको बस दुर्घटनामा परेको छ भने दाङतर्फ जाँदै गरेको बसको नम्बर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त बसका चालक गम्भीर घाइते भएका छन्। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि आवश्यक…
Read More
सुशासन र मितव्ययिताका लागि मन्त्रालय संख्या घटाइयो : मुख्यमन्त्री बानियाँ

सुशासन र मितव्ययिताका लागि मन्त्रालय संख्या घटाइयो : मुख्यमन्त्री बानियाँ

१ साउन, काठमाडौं — वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गर्ने निर्णय आजदेखि कार्यान्वयनमा ल्याएको छ। मन्त्रालय पुनर्संरचनापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूको नयाँ कार्यविभाजन सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेका छन्। नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा अब ८ वटा मन्त्रालय रहनेछन्। सरकारका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बाँकी ६ जनालाई हालका लागि विनाविभागीय मन्त्रीका रूपमा राखिएको छ। उनीहरूलाई मुख्यमन्त्रीको मातहतमा अतिरिक्त जिम्मेवारी दिइने बताइएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सत्ता साझेदारीसँग सम्बन्धित राजनीतिक जटिलता समाधान भएपछि विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी पुनः हेरफेर गरिनेछ। नयाँ…
Read More
सांसदको सम्पत्ति विवरण बुझाउने समयसीमा भदौ २९ सम्म

सांसदको सम्पत्ति विवरण बुझाउने समयसीमा भदौ २९ सम्म

१ साउन, काठमाडौं — संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संसद् सचिवालयका उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्न अनुरोध गरिएको हो। विज्ञप्तिअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिम सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नो तथा आफ्नो परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति, त्यसको स्रोत वा निस्सासहितको विवरण खामबन्दी गरेर बुझाउन पनि भनिएको छ।
Read More
सिंहदरबारमा सरकार र मिटरब्याज पीडितबीच अन्तिम वार्ता

सिंहदरबारमा सरकार र मिटरब्याज पीडितबीच अन्तिम वार्ता

१ साउन, काठमाडौं — सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। वार्ता सम्पन्न भएपछि दुवै पक्षबीच लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ। सिंहदरबारमा भइरहेको वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा सहभागी छन्। मिटरब्याज पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन्। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्। यसअघि बुधबार पनि प्रधानमन्त्री…
Read More
बजेट र सत्ता समीकरणबारे निर्णय गर्न नेकपा संसदीय दलको बैठक

बजेट र सत्ता समीकरणबारे निर्णय गर्न नेकपा संसदीय दलको बैठक

३२ असार, काठमाडौं — सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने बैठकमा पछिल्लो सत्ता समीकरण तथा बजेटसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन्। मुख्यमन्त्री शाहले चालु आर्थिक वर्षको बजेट पारित गर्न सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए। तर नेकपाले उक्त प्रस्ताव स्वीकार गरेको छैन। यद्यपि सत्ता समीकरणबारे दुवै पक्षका नेताहरूबीच अनौपचारिक छलफल भने निरन्तर भइरहेको…
Read More
बिदा स्वीकृत नगरी कार्यालय नआएका २३ स्वास्थ्यकर्मी कारबाहीको दायरामा

बिदा स्वीकृत नगरी कार्यालय नआएका २३ स्वास्थ्यकर्मी कारबाहीको दायरामा

३२ असार, काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती स्वास्थ्यकर्मी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) को खण्ड (ज) विपरीत बिदा स्वीकृत नगरी लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको भेटिएको छ। यही आधारमा ऐनको दफा ७२ को खण्ड (ब) उपखण्ड (१) अनुसार भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भन्ने विषयमा उनीहरूसँग स्पष्टीकरण मागिएको…
Read More