Skip to main content

Epost Nepal

नेपाली क्रिकेटको उत्सव एनपीएल सुरु हुँदै, प्रधानमन्त्रीले दिए शुभकामना

९ कात्तिक, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गरेका छन्।

एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्। साथै, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि प्रतियोगिताका लागि शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा अघि बढेको बताएका छन्।

उनले भनेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु भएर मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *