Skip to main content

Epost Nepal

टनेल उद्धार कार्यको अनुगमनमा प्रधानसेनापति सिग्देल

१८ भदौ, काठमाडौं — नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन्।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्देल टनेलमा भइरहेको खोज तथा उद्धार कार्यको अनुगमन गर्न बिहीबार उक्त क्षेत्रमा पुगेका हुन्।

उनले टनेलका साथै अन्य प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन्। साथै खोज तथा उद्धार कार्यमा संलग्न सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ उद्धार कार्य अघि बढाउन निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *