Skip to main content

Epost Nepal

epostnp

291 Posts
फ्लडलाईटमा चम्किएको टीयू मैदानले भावुक बनायो : पृथु बाँस्कोटा

फ्लडलाईटमा चम्किएको टीयू मैदानले भावुक बनायो : पृथु बाँस्कोटा

१४ मंसिर, काठमाडौं − नेपाली क्रिकेटमा दुई दशक बिताइसकेका पृथु बाँस्कोटाले अहिले चलिरहेको एनपीएल हेर्न टीयू मैदान पुगेका बेला आफू धेरै भावुक भएको बताए । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ, जहाँ कर्णाली याक्स र काठमान्डु गोर्खाजबीचको भिडन्त दिउँसो ३:३० बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पुथु बाँस्कोटाले आजै हुने खेल, नेपाल प्रिमियर लिग, र नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे सिद्धार्थ बैंक ओके एनपीएल बजसँग कुराकानी गरेका छन्। दुई दशकको क्रिकेट यात्रापछि टीयू मैदानमा बसेर एनपीएल हेर्दा आफू निकै भावनात्मक भएको…
Read More