१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्ने बताएका छन्। मंसिर २ र ३ गते आयोजना हुन लागेको राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा बोल्दै पौडेलले एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्नेमा जोड दिएका हुन्। राष्ट्रिय भेलामार्फत पार्टीका नेता तथा कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउँदै राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उनले बताए। “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भने। बैठकमा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालित हुन आग्रह गरे। उनले…
कात्तिक, काठमाडौं — सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिचले आफ्नो पार्टीको हार स्वीकार गरेका छन्। प्रारम्भिक मतपरिणामअनुसार २५० सदस्यीय सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा बढी सिट जितेको छ। बुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) नेतृत्वको गठबन्धन भने १०५ सिटमा सीमित भएको छ। निर्वाचनमा करिब ७० प्रतिशत मतदाताले मतदान गरेका थिए। यो सन् २००० मा युगोस्लाभियाको विघटनपछि सर्बियामा देखिएको सबैभन्दा उच्च मतदाता सहभागिता हो। निर्वाचन परिणाम सार्वजनिक भएपछि राजधानी बेलग्रेड, नोभी सादलगायत प्रमुख सहरमा हजारौँ युवा तथा नागरिकले विजय उत्सव मनाएका छन्।…
२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. र फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार दुवै कम्पनीले डिजिटल इन्जिनियरिङ, नवीन प्रविधि, अनुसन्धान र दिगो निर्माण अभ्यासलाई प्रवर्द्धन गर्न सहकार्य गर्नेछन्। निर्माण क्षेत्रमा प्रविधि र नवप्रवर्तनको प्रयोग बढाउनुका साथै ज्ञान र अनुभव आदानप्रदानमार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई नेपाली कम्पनीबीच यो सहकार्य गरिएको हो। समझदारीपत्रमा शिलाक्ष्य गृह निर्माणका तर्फबाट आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका तर्फबाट महेश कार्की र सुधीर थापाले हस्ताक्षर गरेका छन्। सहकार्यअन्तर्गत भवन सूचना मोडलिङ (BIM), भर्चुअल रियालिटी (VR), डिजिटल ट्विन, LiDAR स्क्यानिङ तथा…
२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्। आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यका ८ पदका लागि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। त्यस्तै, खुलातर्फ केन्द्रीय सदस्यका १२ पदका लागि ४१ जना उम्मेदवार मैदानमा रहेका थिए। आदिवासी जनजाति महिलातर्फ गीता गुरुङले २ हजार ८५९, डा. गंगालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२,…
२६ असोज, काठमाडौं — साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरीमाथि छलफल गरेपछि संसदीय सुनुवाइ समितिले दुईवटा प्रमाण झिकाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले उजुरीकर्ता र पीडितसँगको छलफलपछि यस्तो निर्णय गरेको हो। प्रस्तावित राजदूतहरूविरुद्ध समितिले यसअघि उजुरी आह्वान गरेको थियो। सुनारको एक महिलासँग विवाहेतर सम्बन्ध रहेको र उनलाई पटक–पटक यातना दिएको आरोप लगाउँदै ती महिलाकी साथीले उजुरी दिएकी थिइन्। उजुरीमाथि छलफलपछि समितिले ललितपुर प्रहरीमा भएको मिलापत्रसम्बन्धी प्रमाण झिकाउने निर्णय गरेको छ। साथै, सुनार जर्मनीबाट ‘डिपोर्ट’ भए वा नभएको विवरण परराष्ट्र मन्त्रालयमार्फत माग गर्ने निर्णय गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए। गत असोज २…
२५ असोज, काठमाडौं — गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको प्रहरीले जनाएको छ। चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बूढीगण्डकी नदीमा पानीको बहाव बढेपछि आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको हो। प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। त्यस्तै, धार्चे…
२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत मागेका छन्। थापाले प्रदर्शनीमार्ग र खुलामञ्चबाहिर मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूसँग भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका हुन्। सभापति पदका लागि थापा र काठमाडौं क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ।
२२ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपरी विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै खड्गीले पार्टीमा कोही पनि निर्विकल्प नहुने मान्यताका साथ आफू सभापति पदमा उम्मेदवार बनेको बताएका हुन्। उनले नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखिएका चुनौतीको सामना गर्न सक्ने सक्षम कांग्रेस निर्माण गर्ने उद्देश्यसहित आफू महाधिवेशनको प्रतिस्पर्धामा रहेको उल्लेख गरेका छन्। ‘पार्टीमा निर्विकल्प कोही पनि हुँदैन भन्ने मान्यताका साथ तपाईं महाधिवेशन प्रतिनिधिसमक्ष उम्मेदवारको रूपमा खडा भएको छु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखापरेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण…
२१ असोज, काठमाडौं — नेपाली कांग्रेसको बन्दसत्र अपराह्न चार बजे सुरु हुने भएको छ । नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले अपराह्न चार बजे बन्दसत्र सुरु हुने जानकारी दिए । बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ । त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ । निर्वाचन कार्यतालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् । यस्तै, सहमहामन्त्रीमा चार…
१९ असोज, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले भदौ १० गतेयता संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले कुनै पनि सम्झौता नगरी सरकार विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारे। बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले भने, ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’ भोटेकोशी–त्रिशूली, गण्डकीलगायत अन्य क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी…