Skip to main content

Epost Nepal

मस्कोमा अमेरिकी टोली र पुटिनबीच युद्ध अन्त्यबारे लामो छलफल

१९ भदौ, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्यारेड कुश्नरले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरेका छन्।

मस्कोस्थित क्रेमलिनमा शनिबार भएको भेटमा युद्ध अन्त्यका लागि अमेरिकी प्रस्ताव र सम्भावित समाधानका विषयमा छलफल भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ।

अमेरिकी टोली आइतबार युक्रेनको राजधानी किभ जाने तयारीमा छ। उनीहरूको भ्रमणलाई सहज बनाउन रूस र युक्रेन छोटो समयका लागि हवाई आक्रमण रोक्न सहमत भएको पनि एक्सियसले जनाएको छ।

पुटिनले रूस–युक्रेनबीच मध्यस्थताका लागि भइरहेको अमेरिकी प्रयासप्रति विश्वास रहेको बताएका छन्। उनले वार्ताको सुरक्षा सुनिश्चित गर्न रुसले आवश्यक प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

वार्तापछि पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकभले अमेरिकी टोलीले युद्ध अन्त्यका लागि सम्भावित समाधानका केही प्रस्ताव प्रस्तुत गरेको बताएका छन्।

ट्रम्प प्रशासनले रूस र युक्रेनलाई पुनः प्रत्यक्ष वार्ताको टेबलमा ल्याउने प्रयास तीव्र पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *