Skip to main content

Epost Nepal

Breaking News 2

गोलबजारमा ७३ लाखभन्दा बढी राजस्व छुट दिएको आरोपमा ६ जनाविरुद्ध मुद्दा

गोलबजारमा ७३ लाखभन्दा बढी राजस्व छुट दिएको आरोपमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका अनुसार उनीहरूमाथि ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा व्यक्तिलाई रकम दिई हिनामिना गरेको, सम्झौताबिनै अग्रिम राजस्व असुल गरेको र संकलन गर्नुपर्ने बाँकी राजस्व रकम हिनामिना गरेको लगायतका आरोप छन्। आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाको वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार…
Read More
सरकारी कर्मचारीलाई पदअनुसार सवारी कर्जा, इन्धन र मर्मत खर्च

सरकारी कर्मचारीलाई पदअनुसार सवारी कर्जा, इन्धन र मर्मत खर्च

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्याजसमेत आफैँले व्यहोर्ने तयारी गरेको छ। यसका लागि सरकारले ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ तयार गरिरहेको छ। प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपांग्रे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन्। त्यस्तै, सहसचिव वा ११औँ तहका कर्मचारीका लागि ५० लाख, उपसचिव वा नवौँ–दशौँ तहका कर्मचारीका लागि ४० लाख रुपैयाँसम्म ऋणको व्यवस्था गर्न लागिएको छ। शाखा अधिकृत वा छैटौँदेखि आठौँ तहसम्मका कर्मचारीले दुईपांग्रे सवारीसाधन खरिद गर्न चार लाख रुपैयाँसम्म ऋण पाउनेछन्। राजपत्र अनंकित तथा सहायकस्तरका कर्मचारीका लागि…
Read More
सात बन्द उद्योगको मूल्यांकन हुँदै, पाँचवटाको प्रतिवेदन प्राप्त

सात बन्द उद्योगको मूल्यांकन हुँदै, पाँचवटाको प्रतिवेदन प्राप्त

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भएको छ। बाँकी दुई उद्योगको मूल्यांकन कार्य भने जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयमा पठाएको लिखित प्रश्नको जवाफमा बजेट वक्तव्यमा उल्लेख भएअनुसार सातवटा प्रतिष्ठानको सम्पत्ति तथा दायित्व मूल्यांकनको काम भइरहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पाँचवटा उद्योगको डीडीए प्रतिवेदन प्राप्त भइसकेको छ भने बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको मूल्यांकन कार्य बाँकी छ। मूल्यांकन प्रतिवेदन प्राप्त भएपछि त्यसको अध्ययन गरी सार्वजनिक–निजी साझेदारीको उपयुक्त मोडेल छनोट गरेर लगानी व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ। सरकारले…
Read More
गृहमन्त्री सुधन गुरुङ नयाँदिल्ली जाँदै

गृहमन्त्री सुधन गुरुङ नयाँदिल्ली जाँदै

२६ असोज, काठमाडौं — गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका छन्। गुरुङ दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्। बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक मंगलबार भारतको नयाँदिल्लीमा हुँदैछ। उक्त बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत गएका हुन्।
Read More
मलेसिया प्रकरण : वैदेशिक रोजगार व्यवसायी संघमा चर्कियो विवाद, छुट्टै संघ खोल्ने तयारी

मलेसिया प्रकरण : वैदेशिक रोजगार व्यवसायी संघमा चर्कियो विवाद, छुट्टै संघ खोल्ने तयारी

२२ असोज, काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघ विभाजनको सँघारमा पुगेको छ। मलेसियाले २७५ म्यानपावर व्यवसायीलाई ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) मा सूचीकृत गरेपछि उत्पन्न विवादले संघभित्र विभाजनको अवस्था सिर्जना भएको हो। उक्त सूचीमा परेका म्यानपावरमाथि संघले कारबाही गर्दै निलम्बन गरेको छ। वैदेशिक रोजगार विभागले समेत उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ भने उनीहरूको पूर्वस्वीकृति रोकिएको छ। एफडब्लूसीएमएसको सूचीमा परेका २५ म्यानपावरलाई संघले यसअघि नै निलम्बन गरेको थियो। त्यसपछि थप २५० म्यानपावरलाई समेत निलम्बन गर्दै स्पष्टीकरण मागिएको थियो। कारबाहीमा परेका व्यवसायीहरूले छुट्टै संघ खोल्ने तयारी गरेका छन्। एक म्यानपावर व्यवसायीका अनुसार संघले कारबाही गर्दै निष्कासन गरेपछि व्यवसायीको हकहितका लागि…
Read More
गगनको राजनीतिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरिँदै

गगनको राजनीतिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरिँदै

१९ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए। उक्त प्रतिवेदन आजैदेखि सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनअघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवाको सहभागिता तथा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालगायत विषय समेटिएका छन्। सहमहामन्त्री कर्णबहादुर बुढाका अनुसार खाना खानका लागि केन्द्रीय समिति बैठक अहिले स्थगित गरिएको छ। खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुने…
Read More
कांग्रेस महाधिवेशन उद्घाटनका लागि खुलामञ्च तयार

कांग्रेस महाधिवेशन उद्घाटनका लागि खुलामञ्च तयार

१८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनका लागि काठमाडौंको खुलामञ्च सजाइएको छ भने प्रतिनिधिहरू आउने क्रम जारी छ। उम्मेदवारी घोषणा गरेका नेताका समर्थक तथा प्रतिनिधिहरूले आफ्नो पक्षमा मत मागिरहेका छन्। महाधिवेशनको उद्घाटन सत्र दिउँसो २ बजे तय गरिएको छ। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख तथा विभिन्न देशका प्रतिनिधिहरू खुलामञ्च पुग्दैछन्। महाधिवेशन व्यवस्थापनका लागि ठूलो संख्यामा स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएको छ।
Read More
पर्यटक आगमनमा सुधार, चीन र जापानबाट बढे; युरोप र अमेरिकाबाट घटे

पर्यटक आगमनमा सुधार, चीन र जापानबाट बढे; युरोप र अमेरिकाबाट घटे

१५ असोज, काठमाडौं — पछिल्लो दुई महिनादेखि नेपालले लगातार प्राकृतिक विपद्को सामना गरिरहेको भए पनि पर्यटक आगमनमा भने सुधार देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २ सय ४८ पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२५ को सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो। क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या २३.९ प्रतिशतले बढेको छ। गत वर्ष सेप्टेम्बरमा यस क्षेत्रबाट २४ हजार २ सय ८५ पर्यटक नेपाल आएकोमा यस वर्ष ३० हजार ८५ पुगेको छ। तथ्यांकले सार्कसहित अन्य एसियाली मुलुकबाट पर्यटक आगमन बढेको देखाएको छ। तर, अमेरिका र युरोपबाट आउने पर्यटकको संख्या…
Read More
जलवायु संकट र भोटेकोशी बाढीप्रति विश्व समुदाय गम्भीर : खनाल

जलवायु संकट र भोटेकोशी बाढीप्रति विश्व समुदाय गम्भीर : खनाल

१४ असोज, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र जलवायु संकटविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्न गहिरो चासो देखाएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताएका हुन्। महासभाका क्रममा भएका साइडलाइन तथा द्विपक्षीय भेटवार्ताहरूमा भोटेकोशी बाढीले पुर्‍याएको क्षतिबारे विश्व समुदायले गम्भीर चासो र ऐक्यबद्धता प्रकट गरेको उनले जानकारी दिए। ‘भेटघाटको क्रममा भोटेकोशी बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको चासो र नेपालमा परेको दुःखप्रति सबैले ऐक्यबद्धता जनाउनुभएको थियो,’ मन्त्री खनालले भने, ‘नेपालमा परेको अप्ठ्यारोमा हामीले कसरी सहयोग गर्न सक्छौं भनेर मेरा सबैखाले औपचारिक र अनौपचारिक…
Read More
१५ औं महाधिवेशनको मिति पुनः तय गर्ने तयारीमा कांग्रेस

१५ औं महाधिवेशनको मिति पुनः तय गर्ने तयारीमा कांग्रेस

१३ असोज, काठमाडौं — नेपाली कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज तय गर्ने तयारी गरेको छ। केन्द्रीय कार्यालयको टिमको अनौपचारिक बैठक बसेर महाधिवेशनको नयाँ मिति तय गरिने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्। ती पदाधिकारीले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै महाधिवेशनको नयाँ मितिबारे छलफल भइरहेको र केन्द्रीय कार्यालयको टिमको बैठकबाट आजै मिति टुंगो लगाउने बताए। कांग्रेसले यसअघि १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो। महाधिवेशनका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तोसमेत पठाइसकिएको छ। तर, असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षासँगै आएको बाढीपहिरोका कारण तल्लो तहका अधिवेशनहरु प्रभावित भएपछि महाधिवेशन केही दिन पछि…
Read More