१८ भदौ, काठमाडौं — नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन्। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्देल टनेलमा भइरहेको खोज तथा उद्धार कार्यको अनुगमन गर्न बिहीबार उक्त क्षेत्रमा पुगेका हुन्। उनले टनेलका साथै अन्य प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन्। साथै खोज तथा उद्धार कार्यमा संलग्न सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ उद्धार कार्य अघि बढाउन निर्देशन दिएका छन्।
१७ भदौ, काठमाडौं — रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको ६ करोड ७५ लाख रुपैयाँमा थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो। यससँगै बाढी प्रभावित स्थानीय तहलाई उपलब्ध गराइने कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ। निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई कुल ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई…
१६ भदौ, काठमाडौं — प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संसदीय क्यालेन्डर प्रभावित भएको छ। क्यालेन्डरअनुसार प्रतिनिधिसभाको बैठक सोमबार र मंगलबार बस्नुपर्ने थियो। तर, बैठक अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन। भदौ १० गते संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको थियो। संसदीय क्यालेन्डरअनुसार सोमबार बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने थियो। त्यसैगरी, शून्य समय सञ्चालन गर्ने र केही वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची पनि थियो। त्यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका…
१५ भदौ, काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पत्ता लाग्न नसकेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढीमा बेपत्ता भएका व्यक्तिको वास्तविक संख्या निर्धारण गर्न कठिन भइरहेको बताइन्। उनका अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन भइरहेको छ। सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्। तर खोज तथा उद्धार कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने महतले बताइन्। ‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर…
१४ भदौ, काठमाडौं — भारतले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि थप सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशंकरले नेपालको राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी–उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली नेपाल आइपुगेको छ । त्यस्तै, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ ।…
११ भदौ, काठमाडौं — रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालले ‘इमर्जेन्सी मोड’ मा सेवा दिइरहेको छ । अस्पतालले घाइतेहरूलाई प्राथमिक उपचार गरिरहेको छ भने गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइरहेको छ । चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई उपचारका लागि अस्पतालमै ल्याउने गरिएको छ । बाढीले नुवाकोटका त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको छ । सडक तथा पुल बगाएपछि प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने बाटोसमेत प्रभावित भएको डा. परियारले बताए । ढुंगे…
१० भदौ, काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् । समाचार एजेन्सी ग्लोबल टाइम्सले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै सीले बाढीपहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि आवश्यक सबै प्रयास गर्न निर्देशन दिएको जनाएको छ ।
९ भदौ, काठमाडौं — काठमाडौंको बानेश्वरमा एक पुरुषले ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेका छन् । मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजिरहेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् । महिला प्रहरी जवानले बाटो काट्न रोक्दै आकाशे पुल प्रयोग गर्न आग्रह गरेपछि कठायतले उनीमाथि हातपात गरेको…
४ भदौ, काठमाडौं — बागमती प्रदेशमा आज गठन हुने नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट गर्ने सहमति अनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो । नेकपाबाट मन्त्री बन्नेमा सिन्धुपाल्चोकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका सरल सहयात्रीको नाम टुंगिएको नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार भागबण्डामा नेकपाले पाउने अर्को एक मन्त्रालयमा कसलाई पठाउने भन्ने विषय भने औपचारिक रूपमा टुंगिएको छैन । नेकपाबाट अर्का…
३ भदौ, काठमाडौं — नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। कांग्रेससँगको सहकार्य टुटेपछि अहिले कोशी प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार कांग्रेसले अब प्रदेशसभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ।