Skip to main content

Epost Nepal

epostnp

291 Posts
स्थानीय निर्वाचनको तयारीमा जुट्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

स्थानीय निर्वाचनको तयारीमा जुट्न एमाले उपाध्यक्ष पौडेलको आग्रह

१० कात्तिक, काठमाडौं — नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्ने बताएका छन्। मंसिर २ र ३ गते आयोजना हुन लागेको राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार बसेको बैठकमा बोल्दै पौडेलले एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्नेमा जोड दिएका हुन्। राष्ट्रिय भेलामार्फत पार्टीका नेता तथा कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउँदै राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उनले बताए। “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उपाध्यक्ष पौडेलले भने। बैठकमा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालित हुन आग्रह गरे। उनले…
Read More
गोलबजारमा ७३ लाखभन्दा बढी राजस्व छुट दिएको आरोपमा ६ जनाविरुद्ध मुद्दा

गोलबजारमा ७३ लाखभन्दा बढी राजस्व छुट दिएको आरोपमा ६ जनाविरुद्ध मुद्दा

१० कात्तिक, काठमाडौं — सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका अनुसार उनीहरूमाथि ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा व्यक्तिलाई रकम दिई हिनामिना गरेको, सम्झौताबिनै अग्रिम राजस्व असुल गरेको र संकलन गर्नुपर्ने बाँकी राजस्व रकम हिनामिना गरेको लगायतका आरोप छन्। आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाको वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार…
Read More
चितवनको इनिङ्समा मलान चम्किए, विराटनगरलाई १५८ रनको लक्ष्य

चितवनको इनिङ्समा मलान चम्किए, विराटनगरलाई १५८ रनको लक्ष्य

१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो। चितवनका लागि मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै पाँच छक्का र पाँच चौका प्रहार गरे। उनको अर्धशतक यस संस्करणको एनपीएलमा बनेको पहिलो अर्धशतक हो। मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए। विराटनगरका चरिथ असलंकाले चितवनको पहिलो विकेट लिएका थिए। त्यसपछि…
Read More
सरकारी कर्मचारीलाई पदअनुसार सवारी कर्जा, इन्धन र मर्मत खर्च

सरकारी कर्मचारीलाई पदअनुसार सवारी कर्जा, इन्धन र मर्मत खर्च

९ कात्तिक, काठमाडौं — सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र त्यसको ब्याजसमेत आफैँले व्यहोर्ने तयारी गरेको छ। यसका लागि सरकारले ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ तयार गरिरहेको छ। प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपांग्रे सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन्। त्यस्तै, सहसचिव वा ११औँ तहका कर्मचारीका लागि ५० लाख, उपसचिव वा नवौँ–दशौँ तहका कर्मचारीका लागि ४० लाख रुपैयाँसम्म ऋणको व्यवस्था गर्न लागिएको छ। शाखा अधिकृत वा छैटौँदेखि आठौँ तहसम्मका कर्मचारीले दुईपांग्रे सवारीसाधन खरिद गर्न चार लाख रुपैयाँसम्म ऋण पाउनेछन्। राजपत्र अनंकित तथा सहायकस्तरका कर्मचारीका लागि…
Read More
नेपाली क्रिकेटको उत्सव एनपीएल सुरु हुँदै, प्रधानमन्त्रीले दिए शुभकामना

नेपाली क्रिकेटको उत्सव एनपीएल सुरु हुँदै, प्रधानमन्त्रीले दिए शुभकामना

९ कात्तिक, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गरेका छन्। एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्। साथै, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि प्रतियोगिताका लागि शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा अघि बढेको बताएका छन्। उनले भनेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ।…
Read More
बुचिचको १४ वर्षे शासन अन्त्य, सर्बियामा विद्यार्थी आन्दोलनको जित

बुचिचको १४ वर्षे शासन अन्त्य, सर्बियामा विद्यार्थी आन्दोलनको जित

कात्तिक, काठमाडौं — सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्वराष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन अन्त्य भएको छ। संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिचले आफ्नो पार्टीको हार स्वीकार गरेका छन्। प्रारम्भिक मतपरिणामअनुसार २५० सदस्यीय सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा बढी सिट जितेको छ। बुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) नेतृत्वको गठबन्धन भने १०५ सिटमा सीमित भएको छ। निर्वाचनमा करिब ७० प्रतिशत मतदाताले मतदान गरेका थिए। यो सन् २००० मा युगोस्लाभियाको विघटनपछि सर्बियामा देखिएको सबैभन्दा उच्च मतदाता सहभागिता हो। निर्वाचन परिणाम सार्वजनिक भएपछि राजधानी बेलग्रेड, नोभी सादलगायत प्रमुख सहरमा हजारौँ युवा तथा नागरिकले विजय उत्सव मनाएका छन्।…
Read More
सात बन्द उद्योगको मूल्यांकन हुँदै, पाँचवटाको प्रतिवेदन प्राप्त

सात बन्द उद्योगको मूल्यांकन हुँदै, पाँचवटाको प्रतिवेदन प्राप्त

२९ असोज, काठमाडौं — लामो समयदेखि बन्द रहेका सात सरकारी उद्योगमध्ये पाँचवटाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तयार भएको छ। बाँकी दुई उद्योगको मूल्यांकन कार्य भने जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयमा पठाएको लिखित प्रश्नको जवाफमा बजेट वक्तव्यमा उल्लेख भएअनुसार सातवटा प्रतिष्ठानको सम्पत्ति तथा दायित्व मूल्यांकनको काम भइरहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पाँचवटा उद्योगको डीडीए प्रतिवेदन प्राप्त भइसकेको छ भने बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको मूल्यांकन कार्य बाँकी छ। मूल्यांकन प्रतिवेदन प्राप्त भएपछि त्यसको अध्ययन गरी सार्वजनिक–निजी साझेदारीको उपयुक्त मोडेल छनोट गरेर लगानी व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ। सरकारले…
Read More
निर्माण क्षेत्रमा डिजिटल रूपान्तरणका लागि शिलाक्ष्य र फोरफ्रन्टबीच सहकार्य

निर्माण क्षेत्रमा डिजिटल रूपान्तरणका लागि शिलाक्ष्य र फोरफ्रन्टबीच सहकार्य

२९ असोज, काठमाडौं — नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो र विपद् प्रतिरोधी बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. र फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार दुवै कम्पनीले डिजिटल इन्जिनियरिङ, नवीन प्रविधि, अनुसन्धान र दिगो निर्माण अभ्यासलाई प्रवर्द्धन गर्न सहकार्य गर्नेछन्। निर्माण क्षेत्रमा प्रविधि र नवप्रवर्तनको प्रयोग बढाउनुका साथै ज्ञान र अनुभव आदानप्रदानमार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई नेपाली कम्पनीबीच यो सहकार्य गरिएको हो। समझदारीपत्रमा शिलाक्ष्य गृह निर्माणका तर्फबाट आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका तर्फबाट महेश कार्की र सुधीर थापाले हस्ताक्षर गरेका छन्। सहकार्यअन्तर्गत भवन सूचना मोडलिङ (BIM), भर्चुअल रियालिटी (VR), डिजिटल ट्विन, LiDAR स्क्यानिङ तथा…
Read More
कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामाले पाए ३२४५ मत

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामाले पाए ३२४५ मत

२८ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजाति सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्। आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यका ८ पदका लागि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। त्यस्तै, खुलातर्फ केन्द्रीय सदस्यका १२ पदका लागि ४१ जना उम्मेदवार मैदानमा रहेका थिए। आदिवासी जनजाति महिलातर्फ गीता गुरुङले २ हजार ८५९, डा. गंगालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२,…
Read More
चीनसँगको सम्बन्धमा व्यावहारिक लाभ र राष्ट्रिय हितलाई प्राथमिकता दिने शर्माको योजना

चीनसँगको सम्बन्धमा व्यावहारिक लाभ र राष्ट्रिय हितलाई प्राथमिकता दिने शर्माको योजना

२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावहारिक लाभ प्राप्त गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार सुरु भएको सुनुवाइअघि शर्माले आफ्ना प्राथमिकता र कार्ययोजना प्रस्तुत गरेका हुन्। उनले दुई सरकारबीच आपसी विश्वास कायम राख्दै नेपालको राष्ट्रिय हितलाई निष्ठापूर्वक प्रस्तुत गर्ने बताएका छन्। शर्माले चीनको परराष्ट्र मन्त्रालय, कम्युनिस्ट पार्टी, राज्य परिषद्, राष्ट्रिय जनकंग्रेस, प्रान्तीय सरकार, विश्वविद्यालय तथा थिंक ट्यांकसँग नियमित सम्पर्क र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, नेपाली नियोगलाई सक्षम र सम्मानित बनाउने, निरन्तर संवाद तथा फलोअपमार्फत गलत बुझाइ हटाउने र…
Read More