Skip to main content

Epost Nepal

विज्ञ टोलीसहित रसुवाको बाढी प्रभावित क्षेत्रमा गगन थापा

१९ भदौ, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन्।

उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन्।

थापा विज्ञ टोलीसहित रसुवाको नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेको उनको सचिवालयले जनाएको छ।

यसअघि उनी भदौ १५ गते बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए।

सभापति थापाले बिहीबार पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्थाका आधारमा विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिने बताएका थिए।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *