१० कात्तिक, काठमाडौं — ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो। चितवनका लागि मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै पाँच छक्का र पाँच चौका प्रहार गरे। उनको अर्धशतक यस संस्करणको एनपीएलमा बनेको पहिलो अर्धशतक हो। मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए। विराटनगरका चरिथ असलंकाले चितवनको पहिलो विकेट लिएका थिए। त्यसपछि…
२६ असोज, काठमाडौं — चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले दुई देशबीचको राजनीतिक विश्वास सुदृढ गर्दै नेपालले व्यावहारिक लाभ प्राप्त गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार सुरु भएको सुनुवाइअघि शर्माले आफ्ना प्राथमिकता र कार्ययोजना प्रस्तुत गरेका हुन्। उनले दुई सरकारबीच आपसी विश्वास कायम राख्दै नेपालको राष्ट्रिय हितलाई निष्ठापूर्वक प्रस्तुत गर्ने बताएका छन्। शर्माले चीनको परराष्ट्र मन्त्रालय, कम्युनिस्ट पार्टी, राज्य परिषद्, राष्ट्रिय जनकंग्रेस, प्रान्तीय सरकार, विश्वविद्यालय तथा थिंक ट्यांकसँग नियमित सम्पर्क र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, नेपाली नियोगलाई सक्षम र सम्मानित बनाउने, निरन्तर संवाद तथा फलोअपमार्फत गलत बुझाइ हटाउने र…
२२ असोज, काठमाडौं — नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो १ बजेसम्मका लागि सारिएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले निर्वाचनको तयारी पूरा नभएकाले मतदानको समय दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए। यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर वर्षा र केही प्राविधिक कारणले मतदान बिहान १० बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो। तयारी पूरा नभएपछि पुनः समय सारिएको हो। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिको…
१९ असोज, काठमाडौं — प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद्को बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्नेलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले जनाएको छ। हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको न्याय परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।
१४ असोज, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको बताएका छन्। उनका अनुसार सरकारले कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ। बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्। छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्नेछ।’ छलफलका क्रममा रासायनिक मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई सरकारले आवश्यक सहुलियत दिने तयारी गरेको विषयमा पनि प्रधानमन्त्रीले जानकारी गराएका थिए। वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल…
१३ असोज, काठमाडौं — सरकारले एकैपटक ८५ वटा ऐन संशोधन गर्ने गरी ल्याइएको विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएको छ। प्रतिनिधिसभाको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सरकारले यसअघि अध्यादेशमार्फत प्रचलित ऐन संशोधन गर्नुको कारण र अहिले फेरि साविककै कानुनी व्यवस्था कायम गर्न विधेयक ल्याउनुको औचित्यमाथि प्रश्न उठाएका थिए। सरकारले भने अध्यादेश निष्क्रिय भएपछि त्यसले परिवर्तन गरेका कानुनी व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले विधेयक ल्याइएको स्पष्ट पारेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ साल वैशाख १९ गते जारी भएको थियो। उक्त अध्यादेशमार्फत ११० वटा प्रचलित ऐनमा संशोधन गरिएको थियो भने त्यसकै आधारमा १ हजार ५३४ जना सार्वजनिक पदाधिकारी पदमुक्त…
१२ असोज, काठमाडौं — लगातार चार दिनदेखि भइरहेको वर्षा रोकिएको छ। पछिल्लो १२ घण्टामा केही स्थानमा छिटपुटदेखि हल्का वर्षा मात्र भएको छ। सोमबार बिहान काठमाडौंलगायतका केही भूभागमा हुस्सु लागेको छ। अब ठूलो वर्षा हुने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। उनका अनुसार चार दिनसम्म ठूलो वर्षा गराउने प्रणाली अहिले भारतको उत्तर प्रदेश आसपास रहे पनि त्यसको प्रभाव कमजोर भइसकेको छ। ‘त्यस्तो असर गर्ने देखिँदैन। पश्चिमतिर चाहिँ अलि–अलि वर्षा हुन्छ। पहाडी भूभागमा पनि छ। तर अब ठूलो पानी पर्ने सम्भावना चाहिँ छैन,’ उनले भनिन्। महाशाखाले जारी गरेको बुलेटिनअनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान…
११ असोज, काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाइएको बताएका थिए। तर उनले ‘सुरक्षित ठाउँ’ कहाँ हो भन्नेबारे भने खुलाएका थिएनन्। गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरेको थियो। जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको थिएन। गेटमा करिब ४५ मिनेट कुरेपछि पनि भेट्न नपाएपछि आयोगको टोली फर्किएको थियो। सरकारले जबरालाई पक्राउ गर्नुपर्नाको कारण भने सार्वजनिक गरेको…
९ असोज, काठमाडौं — अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार लगातारको वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको हो। पुरानो सडकको ग्याबियन वाल केही तल खसेपछि कृष्णभिरमा निर्माण गरिएको नयाँ ट्र्याकसमेत जोखिममा परेको छ। नयाँ ट्र्याक खोलिएको स्थानभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएकाले त्यसको असर नयाँ ट्र्याकमा पर्न सक्ने डीएसपी दाहालले बताए। सडक विभागले पनि कृष्णभिरमा पृथ्वी राजमार्गको नदीतर्फ रहेको ग्याबियन वाल केही तल झरेको जनाएको छ। विभागका अनुसार हाल सञ्चालनमा रहेको सडकको माथिल्लो स्लोपमा भने कुनै समस्या देखिएको छैन। सडकको…
८ असोज, काठमाडौं — नेकपा एमालेले ७ जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो। अब उनीहरूको मनोनयन केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ। यस्तै, आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।