Skip to main content

Epost Nepal

epostnp

224 Posts
पत्रकार श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा पुग्यो प्रहरी टोली

पत्रकार श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा पुग्यो प्रहरी टोली

२८ साउन, काठमाडौं — पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको छ। आज बिहान प्रहरीको टोली कार्यालयमा पुगेर खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण जाँच गर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो। प्रहरी टोली बिहान ७ बजे नै कार्यालय पुगेको थियो। चार–पाँच जना प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयभित्र प्रवेश गरेका प्रहरीले कागजपत्र तथा विभिन्न इलेक्ट्रोनिक उपकरण संकलन गरेको एक पत्रकारले बताएका छन्। पत्रकार श्रेष्ठलाई प्रहरीले गएराति पक्राउ गरेको थियो। उनको पक्राउको विरोध गर्दै नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने…
Read More
प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन एर्दोगानको निम्तो

प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन एर्दोगानको निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्। उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्। ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ सहसचिव ढकालले भने, ‘टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।’ परराष्ट्र मन्त्रालयमा प्राप्त उक्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले जानकारी दिए। तर, सम्मेलनमा…
Read More
ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षलेद्वारा  सरकारको ध्यानाकर्षण

ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षलेद्वारा सरकारको ध्यानाकर्षण

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यासको सहज आपूर्ति र बिक्री–वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्। बैठकको शून्य तथा विशेष समयमा राष्ट्रिय सभा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको विषय उठाएका थिए। जनस्तरबाट समेत ग्यास अभावबारे व्यापक गुनासो आइरहेको भन्दै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले…
Read More
एक करोड ८० लाख ग्राहक भएको एनसेल बन्द गराउनेतिर सरकार?

एक करोड ८० लाख ग्राहक भएको एनसेल बन्द गराउनेतिर सरकार?

२७  साउन, काठमाडौं — नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्मार्ट टेलिकम र एनसेलविरुद्ध कारबाही अघि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएपछि सरकारको कदममाथि प्रश्न उठेको छ। गत शुक्रबार सीआईबीले तीनवटै कम्पनीविरुद्ध कडा कारबाही गर्न सिफारिस गर्दै फाइल पठाएको बताइएको छ। एक विशेष स्रोतका अनुसार सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलहरू नै आश्चर्यमा परेका थिए। व्यवहारिक मात्र नभई कानुनी आधारसमेत नमिलेको भन्दै मुद्दा कसरी अघि बढाउने भन्ने विषयमा उनीहरूले अध्ययन गरिरहेका बेला प्रधानमन्त्रीको टोलीको निर्देशनमा ती वकिललाई हटाएर नयाँ वकिललाई फाइल अध्ययन गर्न दिइएको स्रोतको दाबी छ। यस विषयमा अर्थमन्त्रीले मंगलबार महान्यायाधिवक्तालाई फोन गरी ठूलो बैंक…
Read More
५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डसहित नाइमा मोबिलिटी एक्स्पो सुरु

५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डसहित नाइमा मोबिलिटी एक्स्पो सुरु

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि सुरु भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो। साउन ३१ गतेसम्म चल्ने एक्स्पो गत वर्षको तुलनामा अझ भव्य हुने आयोजकले जनाएको छ। एक्स्पोका संयोजक गौरव शारडाका अनुसार चीनका राष्ट्रपतिले चढ्ने लक्जरी ब्रान्ड ‘हङसी’ पहिलोपटक नेपाली मञ्चमा प्रस्तुत हुँदैछ। साथै, दर्जनौँ नयाँ विद्युतीय तथा हाइब्रिड सवारी सार्वजनिक हुनेछन्, जसले भविष्यको नेपाली सडकको स्वरूपबारे झलक दिनेछ। साना ईभीदेखि प्रिमियम एसयूभी, स्मार्ट स्कुटरदेखि सिटी बससम्मका विभिन्न सवारी एउटै छानामुनि प्रदर्शनमा राखिएका छन्। नाइमाका अनुसार भृकुटीमण्डप…
Read More
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट कुराकानी गरेका थिए। भेटपछि सभामुख अर्याल सिंहदरबारबाट बाहिरिएका छन्। आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
Read More
सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनामा क्षति

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनामा क्षति

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। पहिरोमा परी विद्युत्गृहमा कार्यरत अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका छन्। त्यस्तै, गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोली परिचालन गरिएको छ। घाइते विकको उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिएको…
Read More
प्रधानमन्त्रीलाई घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ : कांग्रेस

प्रधानमन्त्रीलाई घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ : कांग्रेस

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ। कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै संसद्मा उठिरहेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै माग गरिएको बताइन्। यसबाट सभामुख र प्रधानमन्त्री पदको गरिमा कायम राख्न खोजिएको उनको भनाइ थियो। उनले सभामुखसँग आग्रह गर्दै भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं। हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं। हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं।’ काउचाले प्रधानमन्त्री शाह एक्लै नरहेको भन्दै राष्ट्रिय हितका विषयमा सरकार अघि…
Read More
प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार मध्याह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेट भएको हो। प्रधानमन्त्री शाहलाई भेट्न भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको साझा हितका क्षेत्रमा सहकार्य…
Read More
‘सरकार लिकबाट बाहिरिए पुनः लिकमै ल्याउँछौँ’ : लामिछाने

‘सरकार लिकबाट बाहिरिए पुनः लिकमै ल्याउँछौँ’ : लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलले सरकारलाई सही बाटोमा ल्याउने क्षमता राख्ने बताएका छन्। नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार बोल्दै लामिछानेले सरकार आफ्नो बाटोबाट बाहिरिए पुनः सही दिशामा ल्याउने बताए। उनले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ। बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ।’ लामिछानेले सरकारको यात्रामा कहिलेकाहीँ राजनीतिक उतारचढाव आउन सक्ने भए पनि त्यसलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताए। जहाज बादलभित्र प्रवेश गर्दा…
Read More