Skip to main content

Epost Nepal

एसियन गेम्स : महिला कबड्डीमा नेपाललाई पदक निश्चित

८ असोज, काठमाडौं — २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।

नेपालले पहिलो हाफमा १९–१३ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि १५–१२ ले अघि रहँदै नेपालले खेल ३४–२५ ले जितेको हो।

यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह ‘बी’ बाट नेपाल र चाइनिज ताइपेइ सेमिफाइनलमा पुगेका हुन्।

सेमिफाइनलमा पुगेसँगै महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ। अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ।

१९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *