Skip to main content

Epost Nepal

खेलकुद

नेपाली क्रिकेटको उत्सव एनपीएल सुरु हुँदै, प्रधानमन्त्रीले दिए शुभकामना

नेपाली क्रिकेटको उत्सव एनपीएल सुरु हुँदै, प्रधानमन्त्रीले दिए शुभकामना

९ कात्तिक, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गरेका छन्। एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्। साथै, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि प्रतियोगिताका लागि शुभकामना दिएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा अघि बढेको बताएका छन्। उनले भनेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ।…
Read More
एसियन गेम्स : महिला कबड्डीमा नेपाललाई पदक निश्चित

एसियन गेम्स : महिला कबड्डीमा नेपाललाई पदक निश्चित

८ असोज, काठमाडौं — २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले पहिलो हाफमा १९–१३ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि १५–१२ ले अघि रहँदै नेपालले खेल ३४–२५ ले जितेको हो। यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह ‘बी’ बाट नेपाल र चाइनिज ताइपेइ सेमिफाइनलमा पुगेका हुन्। सेमिफाइनलमा पुगेसँगै महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ। अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ। १९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी…
Read More
विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेका छन्। आइतबार बिहान तेस्रो स्थानका लागि इंग्ल्याण्डविरुद्ध भएको खेलमा एमबाप्पेले दुई गोल गर्दै एक असिस्ट पनि गरे। यस प्रदर्शनसँगै उनले दुवै प्रतिस्पर्धामा मेसीलाई उछिनेका हुन्। हालसम्म एमबाप्पेको नाममा जारी विश्वकपमा १० गोल र ४ असिस्ट पुगेको छ। यता फाइनलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट रहेको छ। गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था बनेको छ। यदि मेसीले दुई गोलभन्दा कम गरे भने एमबाप्पे विश्वकपमा दोस्रो पटक गोल्डेन बुट…
Read More
अतिरिक्त समयमा चम्कियो अर्जेन्टिना, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अतिरिक्त समयमा चम्कियो अर्जेन्टिना, स्विट्जरल्यान्ड ३–१ ले पराजित

२८ असार, काठमाडौं — साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सातौं पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे। खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। स्विट्जरल्यान्डले ६७औं मिनेटमा खेल बराबरीमा ल्यायो। रिकार्डो रोड्रिगेजको असिस्टमा डान एनडोयेले गोल गर्दै टोलीलाई १–१ को अवस्थामा पुर्‍याएका थिए। ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। त्यसपछि स्विट्जरल्यान्ड…
Read More
बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो गोल गरेका उनी नै ६४औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो। १० खेलाडीमा सीमित भए पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक…
Read More
घरेलु समर्थकमाझ मेक्सिकोको शानदार प्रदर्शन, अन्तिम १६ मा प्रवेश

घरेलु समर्थकमाझ मेक्सिकोको शानदार प्रदर्शन, अन्तिम १६ मा प्रवेश

१७ असार, काठमाडौं — सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। बुधबार बिहान मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा भएको खेलमा घरेलु टोली मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रातर्फ अर्को कदम अघि बढाएको हो। मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३१औँ मिनेटमा राउलले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र मेक्सिको २–० ले विजयी बन्यो। बल पोजिसनमा इक्वेडर अघि रहे पनि गोल गर्न भने असफल रह्यो। जुलियन विश्वकपका तीन फरक…
Read More
मोरोक्को प्रि-क्वार्टरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो

मोरोक्को प्रि-क्वार्टरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो

१६ असार, काठमाडौं — मोरोक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेदरल्याण्ड्स फिफा विश्वकपबाट बाहिरिएको छ। पेनाल्टीमा मोरोक्कोले नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गर्दै अन्तिम १६ अर्थात् प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो। नेदरल्याण्ड्सका जस्टिन क्लुभर्ट, क्विन्टन टिम्सर र क्राइसेन्सको समरभिल पेनाल्टीमा गोल गर्न असफल रहे। निर्धारित ९० मिनेटको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७१औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। तर मोरोक्कोका इस्सा डियोपले ९०औँ मिनेटमा बराबरी गोल गर्दै खेल १-१ को अवस्थामा पुर्‍याए। त्यसपछि अतिरिक्त ३० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै मोरोक्कोले नेदरल्याण्ड्सलाई स्तब्ध पार्यो…
Read More
समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

१४ असार, काठमाडौं — फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेल सम्पन्न भएका हुन्। समूह चरणमा मेसीसँगै क्यानाडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले पनि ह्याट्रिक गरेका छन्। मेसीले समूह जे अन्तर्गतको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। जोर्डनविरुद्धको तेस्रो खेलमा भने बेन्चबाट मैदान प्रवेश गरेका मेसीले दोस्रो हाफमा गोल गरे। यस विश्वकपमा उनले ६ गोल…
Read More
उत्कृष्ट बलिङसँगै लुम्बिनी लायन्स एनपीएल फाइनलमा प्रवेश

उत्कृष्ट बलिङसँगै लुम्बिनी लायन्स एनपीएल फाइनलमा प्रवेश

२५ मंसिर, काठमाडौं — उत्कृष्ट बलिङ प्रदर्शन सहित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको हो। टसपछि ब्याटिङ आमन्त्रण पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १३४ रन बनायो। जवाफमा आएको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटिँदै पराजित भयो। लगातार दोस्रो खेलमा विराटनगर १ सय रनमुनि अलआउट भएको हो। लुम्बिनीले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। लगातार पाँच खेलमा जित दर्ता गरेको लुम्बिनी इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गरेर क्वालिफायर–२ पुगेको थियो, जबकि विराटनगर क्वालिफायर–१…
Read More
७७ रनको फराकिलो जितसँगै सुदूरपश्चिम फेरि फाइनलमा

७७ रनको फराकिलो जितसँगै सुदूरपश्चिम फेरि फाइनलमा

२३ मंसिर, काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न क्वालिफायर–१ मा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो। गत सिजन पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई हराएर फाइनल पुगेको थियो । पराजित विराटनगरले भने अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स बुधबार खेल्दैछन् । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । यससँगै सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग बेहोरेको एक मात्र हारको बदला पनि लिएको छ । विराटनगरका फाफ…
Read More