Skip to main content

Epost Nepal

ओलीको राजनीतिक प्रतिवेदनमाथि आजदेखि धारणा राखिँदै

६ असोज, काठमाडौं — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी छ।

सोमबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो। सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा राख्नेछन्।

बैठक हलभित्र मोबाइल फोन चलाउन रोक लगाइएको छ। अध्यक्ष ओलीले बैठकमा सहभागीहरूलाई मोबाइल बाहिरै राख्न र नचलाउन आग्रह गरेका छन्।

बैठकमा अडियो तथा भिडियो रेकर्ड गर्नसमेत नपाइने अध्यक्ष ओलीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *