३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा सरकारको कामकारबाहीबारे प्रश्न उठाएका छन्। सांसदहरूले राखेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले बैठकमै जवाफ दिएका छन्। बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेको आह्वानमा सांसद तथा मन्त्रीहरूको उपस्थितिमा बैठक बसेको हो। बैठकबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सांसदहरूले आफ्ना क्षेत्रका समस्या तथा आम जनताबाट आएका गुनासा बैठकमा राखेको बताए। उनका अनुसार सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले पनि बैठकमै जवाफ दिएका थिए। संसदीय दलको कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पराजुलीले भने, ‘माननीय मन्त्रीज्यूले सबै विषयमा यी लगायत सबै…
३ भदौ, काठमाडौं — नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। कांग्रेससँगको सहकार्य टुटेपछि अहिले कोशी प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार कांग्रेसले अब प्रदेशसभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ।
३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरिरहेका छन्। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक जारी छ। संसदीय दलको बैठकमा रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह भने सहभागी छैनन्। रास्वपाको बैठक जारी रहेकाले दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन। आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, युवा,…
२ भदौ, काठमाडौं — नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं महानगरपालिका–१५ स्थित ‘नेवाः मंका छेँ’ मा राखिएको छ। ९३ वर्षीय श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। पछिल्लो समय अस्वस्थ रहेका श्रेष्ठको निधन घरमै भएको नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लले जानकारी दिए। श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा योगदान पुर्याएका छन्। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’ को उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषा तथा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका श्रेष्ठको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति…
२ भदौ, काठमाडौं — साउन महिनामा वैदेशिक रोजगारीमा जान ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृतिसमेत गरी ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन्। साउनमा पहिलोपटक श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६ सय ९३ रहेको छ भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, १२ हजार ४ सय ४२ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका…
१ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक भदौ ५ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ। बैठकमा केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरी प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गराउने तयारी गरिएको छ। रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गरिने तयारी छ। केन्द्रीय समिति बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ। यसअघि साउन १३ गते बसेको रास्वपा…
१ भदौ, काठमाडौं — नेपाली कांग्रेसको संस्थापनइतर पक्षको तीनदिने भेला/सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ। साउन २९ गतेदेखि सुरु भएको भेला आज सम्पन्न भएको हो। भेलाले विभिन्न पाँचवटा निर्णय गरेको छ। धर्मसम्बन्धी निर्णयमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गरिएको छ। साथै, नेपालमा कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सुनिश्चितता गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। निर्णयमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक…
१ भदौ, काठमाडौं — चिनीको सहज आपूर्तिबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक छलफल नै नगरी स्थगित भएको छ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनीको आपूर्ति सहज बनाउने विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक बोलाएको थियो। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी र मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको थियो। समितिका सदस्यसँगै चिनीको सहज आपूर्तिसँग सम्बन्धित सरोकारवालाहरूलाई पनि बैठकमा बोलाइएको थियो। तर, ‘विशेष कारणवश’ बैठक स्थगित भएको जानकारी समिति सचिवालयले दिएको छ। पछिल्लो समय बजारमा चिनीको मूल्य बढेको छ। मूल्यवृद्धिको विषयलाई लिएर उद्योगी र व्यापारीबीच आरोप–प्रत्यारोप चलिरहेको छ। यसको प्रत्यक्ष असर…
२८ साउन, काठमाडौं — पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका उनका वकिलहरूलाई प्रहरीले भेट्न दिएको छैन। अधिवक्ता टिकाराम भट्टराईसहितका वकिल श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नमिल्ने भन्दै उनीहरूलाई फर्काएको हो। प्रहरीले श्रेष्ठकी श्रीमती तथा उनी निकट पत्रकारसम्बन्धी संघ–संगठनका प्रतिनिधिलाई समेत भेट्न दिएको छैन। आज प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेललगायत श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नदिएको प्रेस सेन्टरका महासचिव घर्तीले बताए। ‘प्रहरीले किशोर श्रेष्ठका वकिल र श्रीमतीलाई समेत भेट्न दिएको छैन, हामीलाई पनि…
२८ साउन, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतको सम्मान गर्नुपर्ने बताएका छन्। सिंगापुरमा उपचार गराएर आजै स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तन सहज नहुने आफूले राम्रोसँग बुझेको बताएका छन्। उनले सरकारले आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा अघि बढे त्यसले मुलुकको हित नगर्ने बताएका हुन्। ‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्। देउवाले सरकार आफ्नो जिम्मेवारीबाट विमुख भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा लागे…