१३ असोज, काठमाडौं — सरकारले एकैपटक ८५ वटा ऐन संशोधन गर्ने गरी ल्याइएको विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएको छ। प्रतिनिधिसभाको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सरकारले यसअघि अध्यादेशमार्फत प्रचलित ऐन संशोधन गर्नुको कारण र अहिले फेरि साविककै कानुनी व्यवस्था कायम गर्न विधेयक ल्याउनुको औचित्यमाथि प्रश्न उठाएका थिए। सरकारले भने अध्यादेश निष्क्रिय भएपछि त्यसले परिवर्तन गरेका कानुनी व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले विधेयक ल्याइएको स्पष्ट पारेको छ। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ साल वैशाख १९ गते जारी भएको थियो। उक्त अध्यादेशमार्फत ११० वटा प्रचलित ऐनमा संशोधन गरिएको थियो भने त्यसकै आधारमा १ हजार ५३४ जना सार्वजनिक पदाधिकारी पदमुक्त…
१३ असोज, काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेर बयान दिएका छन्। आइतबार अनुगमनका लागि पुगेका आयोगका पदाधिकारीलाई कार्यालयमा प्रवेश गर्न नदिइएको घटनाबारे एसएसपी खड्काले आयोगमा पुगेर बयान दिएका हुन्। आयोगले उनीसँग करिब एक घण्टा सोधपुछ गरेको थियो। खड्कालाई सोधपुछका लागि उपस्थित गराइदिन आयोगले सोमबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो। आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले खड्का बयान दिएर फर्किसकेको जानकारी दिए। उनले भने, ‘उहाँ बयान दिएर फर्किसक्नुभएको छ। छानबिनको प्रक्रियामा रहेकाले के भन्नुभयो भन्ने जानकारी भएन।’ उनका अनुसार घटनाका विषयमा अन्य कसलाई बोलाउने भन्ने निर्णय भने भइसकेको छैन। यसैबीच, आइतबार बिहान…
१३ असोज, काठमाडौं — नेपाली कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज तय गर्ने तयारी गरेको छ। केन्द्रीय कार्यालयको टिमको अनौपचारिक बैठक बसेर महाधिवेशनको नयाँ मिति तय गरिने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्। ती पदाधिकारीले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै महाधिवेशनको नयाँ मितिबारे छलफल भइरहेको र केन्द्रीय कार्यालयको टिमको बैठकबाट आजै मिति टुंगो लगाउने बताए। कांग्रेसले यसअघि १५ औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो। महाधिवेशनका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तोसमेत पठाइसकिएको छ। तर, असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षासँगै आएको बाढीपहिरोका कारण तल्लो तहका अधिवेशनहरु प्रभावित भएपछि महाधिवेशन केही दिन पछि…
१२ असोज, काठमाडौं — लगातार चार दिनदेखि भइरहेको वर्षा रोकिएको छ। पछिल्लो १२ घण्टामा केही स्थानमा छिटपुटदेखि हल्का वर्षा मात्र भएको छ। सोमबार बिहान काठमाडौंलगायतका केही भूभागमा हुस्सु लागेको छ। अब ठूलो वर्षा हुने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। उनका अनुसार चार दिनसम्म ठूलो वर्षा गराउने प्रणाली अहिले भारतको उत्तर प्रदेश आसपास रहे पनि त्यसको प्रभाव कमजोर भइसकेको छ। ‘त्यस्तो असर गर्ने देखिँदैन। पश्चिमतिर चाहिँ अलि–अलि वर्षा हुन्छ। पहाडी भूभागमा पनि छ। तर अब ठूलो पानी पर्ने सम्भावना चाहिँ छैन,’ उनले भनिन्। महाशाखाले जारी गरेको बुलेटिनअनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान…
१२ असोज, काठमाडौं — कालीगण्डकी नदीमा पानीको बहाव घटेपछि स्याङ्जाको बेल्टारीमा रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ। कालीगण्डकी गाउँपालिका–५ बेल्टारीमा रहेको आयोजनाले लगातार चार दिनसम्म परेको वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि विद्युत् उत्पादन बन्द गरेको थियो। कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन उत्पादन रोकिएको थियो। अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरी उत्पादन सुरु गर्न लागिएको उनले बताए। बाढीपछि आयोजनाको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले अब विद्युत् उत्पादन सुरु गर्न सकिने…
१२ असोज, काठमाडौं — ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ। ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार सोवितकुमार थापाको साढे दुई तले घर सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको हो। घर जोखिममा रहेको भन्दै घरधनीलाई अघिल्लो दिन नै घर खाली गर्न आग्रह गरिएकाले घटनामा मानवीय क्षति नभएको उनले बताए। उक्त घरमा थापासहित तीन जनाको परिवार बस्दै आएको थियो। अविरल वर्षाका कारण जमिन गलेपछि भिरालो सतहमा निर्माण गरिएको घर ढलेको प्रहरी प्रवक्ता मिश्रले बताए। घर ढलेपछि घरमुनि रहेको खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ।
११ असोज, काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ। शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाइएको बताएका थिए। तर उनले ‘सुरक्षित ठाउँ’ कहाँ हो भन्नेबारे भने खुलाएका थिएनन्। गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरेको थियो। जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको थिएन। गेटमा करिब ४५ मिनेट कुरेपछि पनि भेट्न नपाएपछि आयोगको टोली फर्किएको थियो। सरकारले जबरालाई पक्राउ गर्नुपर्नाको कारण भने सार्वजनिक गरेको…
११ असोज, काठमाडौं — निरन्तरको वर्षा, हावाहुरी, बाढी र पहिरोका कारण नेपाल टेलिकमको दूरसञ्चार सेवा विभिन्न स्थानमा प्रभावित भएको छ। नेपाल टेलिकमका अनुसार २०८३ असोज ८ गतेदेखि जारी वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको हो। भारी वर्षा र पहिरोका कारण प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भएको तथा अप्टिकल फाइबरमा क्षति पुगेको टेलिकमले जनाएको छ। त्यस्तै, विद्युत् आपूर्तिमा आएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा सञ्चालनमा समस्या देखिएको कम्पनीले जनाएको छ। टेलिकमका अनुसार प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम जारी छन्। सम्भव भएका स्थानमा सेवाको मर्मतकार्यसमेत भइरहेको…
११ असोज, काठमाडौं — कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्। नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। उक्त बस्तीमा करिब ८० घर रहेका थिए। तीमध्ये २५ घर बगेका छन् भने अन्य घरहरू पनि जोखिममा रहेको प्रहरीले जनाएको छ। घटनामा हालसम्म मानवीय क्षति भने भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।
९ असोज, काठमाडौं — अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार लगातारको वर्षाका कारण पुरानो सडकको ग्याबियन वाल भासिएको हो। पुरानो सडकको ग्याबियन वाल केही तल खसेपछि कृष्णभिरमा निर्माण गरिएको नयाँ ट्र्याकसमेत जोखिममा परेको छ। नयाँ ट्र्याक खोलिएको स्थानभन्दा केही तल रहेको पुरानो सडकको ग्याबियन वाल भासिएकाले त्यसको असर नयाँ ट्र्याकमा पर्न सक्ने डीएसपी दाहालले बताए। सडक विभागले पनि कृष्णभिरमा पृथ्वी राजमार्गको नदीतर्फ रहेको ग्याबियन वाल केही तल झरेको जनाएको छ। विभागका अनुसार हाल सञ्चालनमा रहेको सडकको माथिल्लो स्लोपमा भने कुनै समस्या देखिएको छैन। सडकको…