८ असोज, काठमाडौं — ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीमा परी करिब १० घर जलेका छन्।
आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
दोभानमा करिब ५० घरधुरी रहेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। आगो निभाउन दमकलसमेत प्रयोग गरिएको उनले बताए।