९ असोज, काठमाडौं — नेपालजस्तो हिमाली मुलुकबाट आफू मानवताका लागि निकट भविष्यमा आउन सक्ने गम्भीर संकटको चेतावनी लिएर आएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। उनले विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका आकांक्षाबारे बोल्नुपर्ने अवस्थामा भयावह मृत्यु र विनाशबारे कुरा गर्नुपरेको बताए। घर फर्किने आशामा आफ्ना प्रियजनलाई कुरिरहेका परिवार, बाढी, हिलो र ढुंगाको भेलमा बेपत्ता मानिसको खोजी गरिरहेका समुदाय तथा केही मिनेटमै बगेर गएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनको अवस्था उनले स्मरण गरे। यस्ता विपद्का कारण दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको नेपालको प्रगतिमा समेत गम्भीर असर परेको उनको भनाइ थियो। करिब चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको…
८ असोज, काठमाडौं — नेकपा एमालेले ७ जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो। अब उनीहरूको मनोनयन केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ। यस्तै, आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।
८ असोज, काठमाडौं — ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीमा परी करिब १० घर जलेका छन्। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। दोभानमा करिब ५० घरधुरी रहेको बताइएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। आगो निभाउन दमकलसमेत प्रयोग गरिएको उनले बताए।
८ असोज, काठमाडौं — २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले पहिलो हाफमा १९–१३ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि १५–१२ ले अघि रहँदै नेपालले खेल ३४–२५ ले जितेको हो। यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह ‘बी’ बाट नेपाल र चाइनिज ताइपेइ सेमिफाइनलमा पुगेका हुन्। सेमिफाइनलमा पुगेसँगै महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ। अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ। १९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी…
६ असोज, काठमाडौं — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी छ। सोमबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो। सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा राख्नेछन्। बैठक हलभित्र मोबाइल फोन चलाउन रोक लगाइएको छ। अध्यक्ष ओलीले बैठकमा सहभागीहरूलाई मोबाइल बाहिरै राख्न र नचलाउन आग्रह गरेका छन्। बैठकमा अडियो तथा भिडियो रेकर्ड गर्नसमेत नपाइने अध्यक्ष ओलीले बताएका छन्।
६ असोज, काठमाडौं — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहसँग प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहनेछन्। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः१५ बजेको कतार एयरवेजको उडानमार्फत अमेरिका प्रस्थान गर्नेछन्। उनले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहनेछ। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह असोज…
६ असोज, काठमाडौं — त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरी स्रोतका अनुसार कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको हो। अस्पतालका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको निष्कर्ष निकालिएको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ। घटनाबारे थप छानबिन गर्न समिति गठन भइसकेको छ।
२६ भदौ, काठमाडौं — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पहिरो खसेपछि कृत्रिम ताल बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार शुक्रबार बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसभन्दा करिब १०० मिटर तल पर्ने हुंगा खोलामा पहिरो खसेको हो। पहिरो खसेपछि खोलामा पानी जमेर १०० मिटरभन्दा लामो ताल बनेको उनले जानकारी दिए। तालको गहिराइ भने यकिन हुन सकेको छैन। प्रारम्भिक अनुमानमा गहिराइ ४० देखि ५० मिटरसम्म हुन सक्ने बताइएको छ। उनका अनुसार पहिरो एकपटक खसेपछि अहिले रोकिएको छ। उक्त क्षेत्र सदरमुकामबाट निकै टाढा रहेकाले नदी तटीय क्षेत्र र आसपासका बस्तीमा सतर्कता अपनाउन भनिएको छ। सम्भावित जोखिमलाई…
२६ भदौ, काठमाडौं — भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। आगलागीमा शरीर जलेका कारण मृतकको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा आगलागी भएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेको छ।
२५ भदौ, काठमाडौं — स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच युद्ध सुरु भएयताकै ठूलो समुद्री आक्रमणको शृंखला भएको छ। अमेरिका र इरान दुवैले एकअर्काका पानीजहाज तथा तेल ट्यांकरलाई निशाना बनाएपछि हर्मुजमा तनाव बढेको रोयटर्सले जनाएको छ। अमेरिकाले इरानका पाँच वटा तेल ट्यांकरमाथि आक्रमण गरेको छ भने इरानले पछिल्लो एक सातामा अमेरिका तथा अन्य देशका १० वटा तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ। आक्रमणका क्रममा कम्तीमा एक चालक दलका सदस्यको मृत्यु भएको र अर्का एक जना बेपत्ता छन्। तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। हर्मुज हुँदै हुने तेलको प्रवाह पनि दैनिक २० लाख ब्यारेलसम्म…