२५ भदौ, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितहरूको पुनर्स्थापनाको काम गरिरहेको छ। ‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन तथा आवश्यक निर्णय गर्न बैठक बोलाउनुभएको हो,’ सचिवालयले जनाएको छ।
२४ भदौ, काठमाडौं — कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुनः पुरानै अवस्थामा फर्किएको छ। मंगलबार साँझ खोलाको बहाव घटेपछि कतै खोला थुनिएको हुन सक्ने आशंकामा गएराति उच्च सतर्कता अपनाइएको थियो। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले अहिले खोलाको बहाव पूर्ववत् रूपमा बगिरहेको र तत्काल कुनै जोखिम नरहेको जानकारी दिएका छन्। ‘हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिरोका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो। हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल गरेका थियौँ। कतै पहिरो गएको कारणले हो कि भनेर माथिल्लो क्षेत्रमा बुझ्न भनेका छौँ। तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा…
२४ भदौ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौ २४ गतेलाई कहाली लाग्दो विध्वंस भएको दिनका रूपमा स्मरण गरेका छन्। भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो।’ गत वर्ष भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। भदौ २४ गते सरकारी तथा निजी सम्पत्तिमाथि व्यापक तोडफोड र आगजनी भएको थियो। एमाले अध्यक्ष ओलीले उक्त घटनालाई विध्वंसका रूपमा उल्लेख गरेका छन्। दुःखद घटनाको एक वर्ष पूरा भएको उल्लेख गर्दै उनले गत वर्ष भदौ २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा…
२४ भदौ, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको भदौ २४ गते मुलुकभर भएको विध्वंसमा संलग्न व्यक्तिमाथि एक वर्ष बितिसक्दा पनि कारबाही नभएको बताएका छन्। भदौ २४ गतेको घटनाको स्मरणमा भिडियो सन्देश जारी गर्दै प्रचण्डले केही घण्टामै भएको विध्वंस रहस्यमयी रहेको र यस विषयमा गहिरो अनुसन्धान आवश्यक रहेको बताएका हुन्। ‘यसले के माग गर्छ भने गहिरो अध्ययन–अनुसन्धान गरेर यो विध्वंस मच्चाउने तत्व को हुन्? वास्तविक दोषी को छन्? यसको सत्य–तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु,’ उनले भने। तर, गएको एक वर्षमा यस विषयमा आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि…
२३ भदौ, काठमाडौं — बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप र आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनलाई तीव्रता दिएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका लागि हैजाविरुद्धको ८० हजार ५ सय २३ डोज खोप अर्थात् २३ बक्स पठाएको छ। साथै १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पनि पठाइएको छ। रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ। त्यहाँ बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। बाढीका कारण खानेपानी र सरसफाइ प्रणाली प्रभावित भएपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण…
२३ भदौ, काठमाडौं — ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले बाढीपीडितका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि केन्द्रले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेकी थिइन्। यसैबीच, ब्रह्माकुमारी नेपालले भदौ २० गते शनिबार भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो। ललितपुरको सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय स्विमिङ कम्प्लेक्सको हलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी तपस्वी, प्रजापिता ब्रह्माकुमारी तथा ब्रह्माकुमार सहभागी थिए। कार्यक्रममा सहभागीहरूले ‘ॐ’ ध्वनिसहित योग–तपस्या, मौनधारण तथा दीप प्रज्वलन गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली…
२३ भदौ, काठमाडौं — ६ जना नागरिक फसेको २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा विदेशी उद्धारकर्मीसहितको टोलीले उद्धार कार्य जारी राखेको छ। चिलिमे जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार भौगोलिक अवस्था, स्थान र मौसमका कारण उद्धार कार्यमा निकै कठिनाइ भइरहेको छ। उद्धार कार्यमा सहभागी अर्का एक अधिकारीका अनुसार सुरुङ रहेको स्थानसम्म पुग्न र त्यहाँबाट फर्किन नै समस्या हुने भएकाले उद्धार कार्यलाई छिटो अघि बढाउन कठिनाइ भइरहेको छ। आयोजनामा ६ जना नागरिक फसेको बताइएको छ। त्यहाँ रहेका ७१ जना भने सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका थिए। “११ बजेभन्दा अघि जान सकिँदैन, २ बजे निस्कनुपर्ने अवस्था छ,” आयोजनाका प्रबन्ध…
२२ भदौ, काठमाडौं — भदौ १० गतेको रसुवा बाढीका क्रममा विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिएको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवाशजंग थापाले यसबारे जानकारी दिएका हुन्। ‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन, त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौं।’ उनले जलविद्युत आयोजनासँग सम्बन्धित अन्य व्यक्तिहरू भने बाहिरी क्षेत्रमा परेको हुन सक्ने अनुमान रहेको पनि बताए। सहायक रथी थापाका अनुसार जलविद्युत आयोजनाका सुरुङमा भएको क्षतिको अवस्था हेर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको…
२२ भदौ, काठमाडौं — बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ। सोमबार नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ अर्थात् १७.२४ करोड रुपैयाँको बोली लगाउँदै प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो। कम्पनीले सोमबार जारी गरेको आधिकारिक विज्ञप्तिमा एनपीएलको प्रसारण अधिकार प्राप्त गर्नु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ। विज्ञप्तिअनुसार हिमालय स्पोर्ट्सले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी रहेको छ। यो रकम यस वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा पनि झण्डै साढे दुई गुणा…
२२ भदौ, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। उनको सम्बोधन नेपाल टेलिभिजनमार्फत प्रसारण हुनेछ। राष्ट्रपति पौडेल आजै बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर अवस्थाको अवलोकन गरेका थिए। त्यहाँ उनले भएको क्षति, मानवीय संकटलगायत विषयमा नेपाली सेना तथा अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए। भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनामा परी हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भइसकेको छ…