२५ भदौ, काठमाडौं — स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच युद्ध सुरु भएयताकै ठूलो समुद्री आक्रमणको शृंखला भएको छ। अमेरिका र इरान दुवैले एकअर्काका पानीजहाज तथा तेल ट्यांकरलाई निशाना बनाएपछि हर्मुजमा तनाव बढेको रोयटर्सले जनाएको छ। अमेरिकाले इरानका पाँच वटा तेल ट्यांकरमाथि आक्रमण गरेको छ भने इरानले पछिल्लो एक सातामा अमेरिका तथा अन्य देशका १० वटा तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ। आक्रमणका क्रममा कम्तीमा एक चालक दलका सदस्यको मृत्यु भएको र अर्का एक जना बेपत्ता छन्। तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। हर्मुज हुँदै हुने तेलको प्रवाह पनि दैनिक २० लाख ब्यारेलसम्म…
९ भदौ, काठमाडौं — सरकारले साउन र भदौमा तीन छुट्टाछुट्टै लघुवित्त पीडित समूहसँग सम्झौता गरेको छ । आमरण अनशन, धर्नालगायतका आन्दोलन गरेपछि सरकारले तीनै समूहसँग छुट्टाछुट्टै सम्झौता गरेको हो । सरकारले साउन १५, साउन २८ र भदौ ६ गते लघुवित्त पीडितसँग सम्झौता गरेको छ । पीडितले कर्जा मिनाहलाई मुख्य माग बनाए पनि सरकारले त्यस विषयमा अध्ययन गरी उपयुक्त र कार्यान्वयन गर्न सकिने विकल्प अघि बढाउने सहमति गरेको छ । त्यसैगरी कर्जा पुनर्तालिकीकरण, कालोसूची, धितो लिलामी र ऋणी पुनर्स्थापनालगायत विषयमा पनि सरकारले तीनै समूहलाई समान प्रकृतिको समाधानको आश्वासन दिएको छ । तर, तीन समूहमा दुर्गा प्रसाईं समर्थित समूहले भने सरकारसँगको सम्झौतामा…
१ भदौ, काठमाडौं — चिनीको सहज आपूर्तिबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक छलफल नै नगरी स्थगित भएको छ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनीको आपूर्ति सहज बनाउने विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक बोलाएको थियो। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी र मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको थियो। समितिका सदस्यसँगै चिनीको सहज आपूर्तिसँग सम्बन्धित सरोकारवालाहरूलाई पनि बैठकमा बोलाइएको थियो। तर, ‘विशेष कारणवश’ बैठक स्थगित भएको जानकारी समिति सचिवालयले दिएको छ। पछिल्लो समय बजारमा चिनीको मूल्य बढेको छ। मूल्यवृद्धिको विषयलाई लिएर उद्योगी र व्यापारीबीच आरोप–प्रत्यारोप चलिरहेको छ। यसको प्रत्यक्ष असर…
२७ साउन, काठमाडौं — नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्मार्ट टेलिकम र एनसेलविरुद्ध कारबाही अघि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएपछि सरकारको कदममाथि प्रश्न उठेको छ। गत शुक्रबार सीआईबीले तीनवटै कम्पनीविरुद्ध कडा कारबाही गर्न सिफारिस गर्दै फाइल पठाएको बताइएको छ। एक विशेष स्रोतका अनुसार सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलहरू नै आश्चर्यमा परेका थिए। व्यवहारिक मात्र नभई कानुनी आधारसमेत नमिलेको भन्दै मुद्दा कसरी अघि बढाउने भन्ने विषयमा उनीहरूले अध्ययन गरिरहेका बेला प्रधानमन्त्रीको टोलीको निर्देशनमा ती वकिललाई हटाएर नयाँ वकिललाई फाइल अध्ययन गर्न दिइएको स्रोतको दाबी छ। यस विषयमा अर्थमन्त्रीले मंगलबार महान्यायाधिवक्तालाई फोन गरी ठूलो बैंक…
२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपोको निगरानी तथा अनुगमनका लागि प्रहरी परिचालन गरिएको हो। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी थिइन्। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभाव देखाएर उपभोक्तालाई दुःख दिने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री यादवको आग्रहपछि गृहमन्त्री…
३१ असार, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाएको बताएका छन्। साथै, होटल व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका चिन्ताहरू क्रमशः समाधान हुने विश्वास पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे। प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न सुझाव दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको…
१८ असार, काठमाडौं — पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ८१३ सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०५ जना, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने ११९ जना तथा तीव्र गतिमा सवारी चलाउने ११५ जनालाई कारबाही गरिएको हो। त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक…
१६ असार, काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लंघन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको छ। यस्तै, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लंघन गर्ने ५६ जना, एकतर्फी सडकमा…
१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको अनुमतिपछि अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनमा पेस गरेका हुन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ अनुसार विधेयक प्रस्तुत गर्न अनुमति मागिएको प्रस्तावमा कुनै पनि सांसदले विरोधको सूचना नदिएपछि सभामुखले विधेयक पेस गर्न अनुमति दिएका थिए। विधेयकको आवश्यकताबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा मार्केट म्यानुपुलेसनजस्ता अपराध नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए। उनले मुद्रा, बैंकिङ,…
१८ पुस, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिंकर विदेश पठाइएको हो। गत आर्थिक वर्षको समान अवधिमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। यस वर्षको पाँच महिनामा क्लिकंर निर्यात २९ करोड ९७ लाख रुपैयाँको र सिमेन्ट ८९ करोड ६६ लाख रुपैयाँको भएको विभागले जनाएको छ। सम्पूर्ण गत आर्थिक वर्षमा नेपालले २ अर्ब ९१ करोड रुपैयाँ बराबरको सिमेन्ट…