Skip to main content

Epost Nepal

बाढीपीडितको राहत र पुनर्स्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बस्दै

२५ भदौ, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितहरूको पुनर्स्थापनाको काम गरिरहेको छ।

‘सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन तथा आवश्यक निर्णय गर्न बैठक बोलाउनुभएको हो,’ सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *