Skip to main content

Epost Nepal

समाचार

रोशीले सडक कटान गरेपछि बीपी राजमार्ग ठप्प

रोशीले सडक कटान गरेपछि बीपी राजमार्ग ठप्प

९ असोज, काठमाडौं — अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेल चोकमा सवारीसाधन ‘होल्ड’ गरिएको छ। वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध भएपछि काठमाडौं हुँदै धुलिखेलबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमै रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए। उनका अनुसार नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको छ। अहिले पनि वर्षा जारी रहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको…
Read More
राष्ट्रसंघमा प्रधानमन्त्री शाह : ‘जलवायु न्याय पैसाको विषय मात्र होइन’

राष्ट्रसंघमा प्रधानमन्त्री शाह : ‘जलवायु न्याय पैसाको विषय मात्र होइन’

९ असोज, काठमाडौं — नेपालजस्तो हिमाली मुलुकबाट आफू मानवताका लागि निकट भविष्यमा आउन सक्ने गम्भीर संकटको चेतावनी लिएर आएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। उनले विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका आकांक्षाबारे बोल्नुपर्ने अवस्थामा भयावह मृत्यु र विनाशबारे कुरा गर्नुपरेको बताए। घर फर्किने आशामा आफ्ना प्रियजनलाई कुरिरहेका परिवार, बाढी, हिलो र ढुंगाको भेलमा बेपत्ता मानिसको खोजी गरिरहेका समुदाय तथा केही मिनेटमै बगेर गएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनको अवस्था उनले स्मरण गरे। यस्ता विपद्का कारण दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको नेपालको प्रगतिमा समेत गम्भीर असर परेको उनको भनाइ थियो। करिब चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको…
Read More
एमालेले ७ नेतालाई स्थायी कमिटीमा मनोनीत गर्‍यो

एमालेले ७ नेतालाई स्थायी कमिटीमा मनोनीत गर्‍यो

८ असोज, काठमाडौं — नेकपा एमालेले ७ जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो। अब उनीहरूको मनोनयन केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ। यस्तै, आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।
Read More
ताप्लेजुङको दोभानमा आगलागी, १० घरमा क्षति

ताप्लेजुङको दोभानमा आगलागी, १० घरमा क्षति

८ असोज, काठमाडौं — ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीमा परी करिब १० घर जलेका छन्। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। दोभानमा करिब ५० घरधुरी रहेको बताइएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। आगो निभाउन दमकलसमेत प्रयोग गरिएको उनले बताए।
Read More
एसियन गेम्स : महिला कबड्डीमा नेपाललाई पदक निश्चित

एसियन गेम्स : महिला कबड्डीमा नेपाललाई पदक निश्चित

८ असोज, काठमाडौं — २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले पहिलो हाफमा १९–१३ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि १५–१२ ले अघि रहँदै नेपालले खेल ३४–२५ ले जितेको हो। यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह ‘बी’ बाट नेपाल र चाइनिज ताइपेइ सेमिफाइनलमा पुगेका हुन्। सेमिफाइनलमा पुगेसँगै महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ। अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ। १९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी…
Read More
ओलीको राजनीतिक प्रतिवेदनमाथि आजदेखि धारणा राखिँदै

ओलीको राजनीतिक प्रतिवेदनमाथि आजदेखि धारणा राखिँदै

६ असोज, काठमाडौं — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी छ। सोमबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो। सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा राख्नेछन्। बैठक हलभित्र मोबाइल फोन चलाउन रोक लगाइएको छ। अध्यक्ष ओलीले बैठकमा सहभागीहरूलाई मोबाइल बाहिरै राख्न र नचलाउन आग्रह गरेका छन्। बैठकमा अडियो तथा भिडियो रेकर्ड गर्नसमेत नपाइने अध्यक्ष ओलीले बताएका छन्।
Read More
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाँदै

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाँदै

६ असोज, काठमाडौं — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहसँग प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहनेछन्। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः१५ बजेको कतार एयरवेजको उडानमार्फत अमेरिका प्रस्थान गर्नेछन्। उनले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहनेछ। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह असोज…
Read More
त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु

६ असोज, काठमाडौं — त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरी स्रोतका अनुसार कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको हो। अस्पतालका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको निष्कर्ष निकालिएको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ। घटनाबारे थप छानबिन गर्न समिति गठन भइसकेको छ।
Read More
हुंगा खोलामा पहिरो खस्दा १०० मिटरभन्दा लामो ताल बन्यो

हुंगा खोलामा पहिरो खस्दा १०० मिटरभन्दा लामो ताल बन्यो

२६ भदौ, काठमाडौं — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पहिरो खसेपछि कृत्रिम ताल बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार शुक्रबार बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसभन्दा करिब १०० मिटर तल पर्ने हुंगा खोलामा पहिरो खसेको हो। पहिरो खसेपछि खोलामा पानी जमेर १०० मिटरभन्दा लामो ताल बनेको उनले जानकारी दिए। तालको गहिराइ भने यकिन हुन सकेको छैन। प्रारम्भिक अनुमानमा गहिराइ ४० देखि ५० मिटरसम्म हुन सक्ने बताइएको छ। उनका अनुसार पहिरो एकपटक खसेपछि अहिले रोकिएको छ। उक्त क्षेत्र सदरमुकामबाट निकै टाढा रहेकाले नदी तटीय क्षेत्र र आसपासका बस्तीमा सतर्कता अपनाउन भनिएको छ। सम्भावित जोखिमलाई…
Read More
भरतपुरमा कारमा आगलागी, चालकको मृत्यु

भरतपुरमा कारमा आगलागी, चालकको मृत्यु

२६ भदौ, काठमाडौं — भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। आगलागीमा शरीर जलेका कारण मृतकको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा आगलागी भएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेको छ।
Read More