Skip to main content

Epost Nepal

प्रमुख समाचार

ग्यास अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति जारी

ग्यास अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति जारी

२१ भदौ, काठमाडौं — पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भए पनि वैकल्पिक बाटो प्रयोग गरेर पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको नेपाल आयल निगमले जनाएको छ। सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तराईका विभिन्न उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइएको निगमले जनाएको हो। निगमको तथ्यांकअनुसार १८ देखि २० भदौसम्म कुल ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ। जसमध्ये १८ भदौमा २४ हजार ४ सय ९४, १९ भदौमा ३४ हजार १ सय ३४ र २० भदौमा २९ हजार…
Read More
नेपाललाई कोरियाको आश्वासन : पुनर्निर्माणमा सहयोग र अन्तर्राष्ट्रिय मञ्चमा समर्थन

नेपाललाई कोरियाको आश्वासन : पुनर्निर्माणमा सहयोग र अन्तर्राष्ट्रिय मञ्चमा समर्थन

२१ भदौ, काठमाडौं — दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका थिए। उनले विपद् प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माण नेपाल सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गरे। जवाफमा कोरियाली परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन दक्षिण कोरिया पूर्ण रूपमा तयार रहेको बताएका…
Read More
मस्कोमा अमेरिकी टोली र पुटिनबीच युद्ध अन्त्यबारे लामो छलफल

मस्कोमा अमेरिकी टोली र पुटिनबीच युद्ध अन्त्यबारे लामो छलफल

२१ भदौ, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्यारेड कुश्नरले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरेका छन्। मस्कोस्थित क्रेमलिनमा शनिबार भएको भेटमा युद्ध अन्त्यका लागि अमेरिकी प्रस्ताव र सम्भावित समाधानका विषयमा छलफल भएको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। अमेरिकी टोली आइतबार युक्रेनको राजधानी किभ जाने तयारीमा छ। उनीहरूको भ्रमणलाई सहज बनाउन रूस र युक्रेन छोटो समयका लागि हवाई आक्रमण रोक्न सहमत भएको पनि एक्सियसले जनाएको छ। पुटिनले रूस–युक्रेनबीच मध्यस्थताका लागि भइरहेको अमेरिकी प्रयासप्रति विश्वास रहेको बताएका छन्। उनले वार्ताको सुरक्षा सुनिश्चित गर्न रुसले आवश्यक प्रयास गर्ने प्रतिबद्धता…
Read More
एनसेलका सीईओ फोलेको राजीनामा, डिल्लीराम श्रेष्ठलाई अन्तरिम जिम्मेवारी

एनसेलका सीईओ फोलेको राजीनामा, डिल्लीराम श्रेष्ठलाई अन्तरिम जिम्मेवारी

१९ भदौ, काठमाडौं — नेपालमा विदेशी लगानीका लागि अनुकूल वातावरण नरहेको र काम गर्न सक्ने अवस्था नभएको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। फोलेको राजीनामापछि एनसेल सञ्चालक समितिले कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ। यसबारे नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी गराइएको छ। एनसेलले प्राधिकरणलाई पठाएको पत्रअनुसार भदौ ९ गतेदेखि फोलेको राजीनामा स्वीकृत भएको हो। नयाँ सीईओ नियुक्त नभएसम्म श्रेष्ठलाई कम्पनीको ‘लिमिट्स अफ अथोरिटी’ अन्तर्गत प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकार प्रयोग गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ। स्मार्टसेलको सम्पत्ति लिलामी प्रकरणमा सरकारले केन्द्रीय अनुसन्धान…
Read More
त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईजनामध्ये एकको अवस्था जटिल

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईजनामध्ये एकको अवस्था जटिल

१९ भदौ, काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका दुई जनामध्ये एकजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने अर्का एकजनाको अवस्था जटिल रहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबिर महर्जन हुन्। ‘जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कबिर महर्जन हुनुहुन्छ। उहाँलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ,’ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। उनको अवस्था स्थिर रहे पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित…
Read More
विज्ञ टोलीसहित रसुवाको बाढी प्रभावित क्षेत्रमा गगन थापा

विज्ञ टोलीसहित रसुवाको बाढी प्रभावित क्षेत्रमा गगन थापा

१९ भदौ, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन्। उनी शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन्। थापा विज्ञ टोलीसहित रसुवाको नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेको उनको सचिवालयले जनाएको छ। यसअघि उनी भदौ १५ गते बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए। सभापति थापाले बिहीबार पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्थाका आधारमा विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिने बताएका थिए। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
Read More
आश्चर्यजनक उद्धार : १० दिनपछि सुरुङबाट दुई जना जीवित निकालिए

आश्चर्यजनक उद्धार : १० दिनपछि सुरुङबाट दुई जना जीवित निकालिए

१९ भदौ, काठमाडौं — भोटेकोशीको बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १०औँ दिनमा जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन्। घटनास्थलमै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली ३ ‘ए’ को सुरुङबाट सञ्जय साह र कबिर महर्जनको उद्धार गरिएको जानकारी दिएका छन्। काठमाडौंका कबिर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट खटिएका थिए। सप्तरीका सञ्जय साह त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सञ्चालनका क्रममा सिफ्ट ड्युटीमा थिए। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार उनीहरूलाई पहुँच सुरुङको आधाआधी भागमा फेला पारिएको थियो।…
Read More
लाङटाङ हाइड्रोको सुरुङमा उद्धार जारी : दुई शव फेला

लाङटाङ हाइड्रोको सुरुङमा उद्धार जारी : दुई शव फेला

१८ भदौ, काठमाडौं — रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ। खोज तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट दुई जनाको शव निकालेको हो। आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धार टोलीले सुरुङभित्रबाट दुईवटा शव फेला पारी बाहिर निकालेको हो। हाल हाइड्रो–मेकानिकल इन्जिनियरहरूको टोली आयोजनाको सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी खोज तथा उद्धार कार्यमा जुटिरहेको भट्टराईले बताए। २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीले उद्धार तथा खोजी कार्य गरिरहेको छ। बुधबार पनि उद्धार टोली सुरुङभित्र करिब १५०…
Read More
टनेल उद्धार कार्यको अनुगमनमा प्रधानसेनापति सिग्देल

टनेल उद्धार कार्यको अनुगमनमा प्रधानसेनापति सिग्देल

१८ भदौ, काठमाडौं — नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन्। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्देल टनेलमा भइरहेको खोज तथा उद्धार कार्यको अनुगमन गर्न बिहीबार उक्त क्षेत्रमा पुगेका हुन्। उनले टनेलका साथै अन्य प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन्। साथै खोज तथा उद्धार कार्यमा संलग्न सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ उद्धार कार्य अघि बढाउन निर्देशन दिएका छन्।
Read More
रसुवा बाढी : हालसम्म १ हजार २५२ जनाको मृत्यु, ४ हजार २१६ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : हालसम्म १ हजार २५२ जनाको मृत्यु, ४ हजार २१६ जना अझै सम्पर्कविहीन

१८ भदौ, काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ भने ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिनअनुसार हालसम्म विभिन्न जिल्लामा गरी १ हजार २५२ जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ। बाढीमा परी हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, बाढी प्रभावित…
Read More