१८ असार, काठमाडौं — डोल्पामा लेदोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढी घरमा पसेपछि स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विकको मृत्यु भएको हो। आइतबार बिहान करिब ३ बजेतिर आएको बाढीका कारण घरभित्र सुतिरहेकी आनन्दा विक पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए। बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते…
१८ असार, काठमाडौं — प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका क्रममा देखिएको प्राविधिक समस्याका कारण बैठक स्थगित गर्नुपरेको हो। बैठक करिब १७ मिनेटसम्म चलेको थियो। यस अवधिमा केही सांसदहरूले आफ्ना धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएको समस्या देखिएको थियो। अडियो प्रसारण नहुँदा बैठकको आधिकारिक रेकर्डिङमा समेत समस्या उत्पन्न भएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। प्राविधिक समस्या समाधान भएपछि बैठक पुनः सञ्चालन गरिने जानकारी पनि दिइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले प्रतिनिधिसभाबाट पारित भई आएका अध्यादेश प्रतिस्थापन विधेयकलगायत विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाले आर्थिक…
१८ असार, काठमाडौं — मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घको समुद्रसम्बन्धी कानुनअन्तर्गत ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको जानकारी दिए। बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीका कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ। भूमि व्यवस्था मन्त्रालयको प्रस्तावअनुसार ‘कमैया श्रम…
१८ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयास गरेको र आफूविरुद्ध पनि त्यस्तो प्रयास भएको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि राजनीतिक अभिष्ट पूरा गर्न सम्पत्ति शुद्धीकरणको कानुन प्रयोग गरिएको आरोप लगाए। साथै, आफूलाई पनि त्यसैगरी निशाना बनाउने प्रयास भएको उनको भनाइ थियो। सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा यो कानुनको व्यापक दुरुपयोग भएको बताए। उनले भने, ‘व्यापक दुरूपयोग गरिएको थियो। कोही मान्छे मन परेन, कोही मान्छे मन परेन सम्पत्ति शुद्धीकरण लगाइदे। हाम्रै पार्टीका…
१८ असार, काठमाडौं — संसद्मा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेटमा समस्या आएपछि आजको बैठक युट्युबमार्फत प्रत्यक्ष देखाउन सम्भव नभएको हो। प्रतिनिधिसभाको बैठक चार दिनपछि बसेको हो। यसअघि बैठक असार १४ गते बसेको थियो भने त्यसअघि असार ५ गते बसेको थियो। आजको बैठकमा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, चार वटा अध्यादेश प्रतिस्थापन विधेयकलाई अघि बढाउने कार्यक्रम पनि तय गरिएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि…
१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो गोल गरेका उनी नै ६४औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो। १० खेलाडीमा सीमित भए पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक…
१७ असार, काठमाडौं — सरकारले नेपाल–भारतबीच रहेका सीमा सम्बन्धी विवादहरू ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ। सरकारका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार निर्धारण गरिएको नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अझै प्राविधिक रूपमा नक्सांकन हुन बाँकी छ। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले हालै नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तथा भारतको पश्चिम चम्पारणस्थित रामपुर्वा सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा नारायणी नदी किनारमा सिँचाइ तथा जलस्रोत…
१७ असार, काठमाडौं — सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। बुधबार बिहान मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा भएको खेलमा घरेलु टोली मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रातर्फ अर्को कदम अघि बढाएको हो। मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३१औँ मिनेटमा राउलले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र मेक्सिको २–० ले विजयी बन्यो। बल पोजिसनमा इक्वेडर अघि रहे पनि गोल गर्न भने असफल रह्यो। जुलियन विश्वकपका तीन फरक…
१७ असार, काठमाडौं — नेपालभर मनसुनी वायु सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म पुगेको छ। महाशाखाले बुधबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन विस्तार भएको जनाएको छ। यससँगै यस वर्षको मनसुन देशभर पूर्ण रूपमा फैलिएको छ। नेपालमा सामान्यतया जुन १३ तारिखदेखि पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर, यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो। सुरुआतमा कोशी प्रदेशका केही क्षेत्रमा सीमित रहेको मनसुन असार…
१६ असार, काठमाडौं — देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ। महाशाखाले असार १६, १७ र १८ गतेका लागि विशेष मौसम चेतावनी जारी गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित जानकारी लिन आग्रह गरेको छ। आजको मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी,…