Skip to main content

Epost Nepal

समाचार

चार ऐन र एक नियमावली खारेज गर्न विधेयक संसद्मा

चार ऐन र एक नियमावली खारेज गर्न विधेयक संसद्मा

२५ असार, काठमाडौं — सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ संसद्मा प्रस्तुत गरेका छन्। विधेयकको दफा ५ मा ऐन तथा नियमावली खारेज गर्ने र त्यससँग सम्बन्धित बचाउका प्रावधान समावेश गरिएको छ। विधेयकमा निम्न चार वटा ऐन खारेज गर्ने प्रस्ताव गरिएको छः प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३ नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ आय टिकट दस्तुर ऐन, २०१९ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ यससँगै राजस्व चुहावट…
Read More
संसद्को अवरोधबारे सभामुखको नयाँ प्रस्ताव, विपक्षीले मानेनन्

संसद्को अवरोधबारे सभामुखको नयाँ प्रस्ताव, विपक्षीले मानेनन्

२५ असार, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले पछिल्ला ४० दिनदेखि प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै आएका छन्। लगातार एउटै विषयमा सबै विपक्षी सांसदहरूले बोल्दै विरोध गर्दै आएपछि सभामुख अर्यालले बिहीबार विपक्षी दलको तर्फबाट एक जनाले मात्रै धारणा राख्ने र त्यसपछि बैठकको नियमित कार्यसूची अघि बढाउने प्रस्ताव गरेका थिए। सोही प्रस्तावअनुसार सभामुखले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए। तर, विपक्षी दलहरूले एक जनाले मात्रै बोल्ने प्रस्तावमा सहमति जनाएनन्। त्यसपछि सभामुख अर्यालले विरोध गर्ने शैलीमा परिवर्तन…
Read More
एमाले पुनर्गठन सुझाव संकलन कार्यदलको बैठक आज

एमाले पुनर्गठन सुझाव संकलन कार्यदलको बैठक आज

२५ असार, काठमाडौं — नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यदलको बैठक आज बस्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ। गत १० असारमा बसेको सचिवालय बैठकले पार्टी पुनर्गठनका विषयमा कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राजधानी विशेषसहित आठै प्रदेश, जनसंगठन, विभाग, प्रवास कमिटी तथा सल्लाहकारहरूबाट सुझाव संकलन गरिएको छ। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा रहेको कार्यदलले संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने विषयमा आजको बैठकमा छलफल गर्नेछ।
Read More
थ्रीजी सेवा बन्द गर्ने तयारीमा नेपाल टेलिकम र एनसेल

थ्रीजी सेवा बन्द गर्ने तयारीमा नेपाल टेलिकम र एनसेल

काठमाडौं, २४ असार — नेपाल टेलिकम र एनसेलले चरणबद्ध रूपमा थ्रीजी (3G) सेवा बन्द गर्ने तयारी गरेका छन्। दुवै कम्पनीका अनुसार पुरानो प्रविधिलाई हटाएर फोरजी (4G) सेवाको विस्तार गर्ने तथा भविष्यमा फाइभजी (5G) सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्न थ्रीजी सेवा बन्द गर्न लागिएको हो। विश्वभर पनि पुराना मोबाइल प्रविधिलाई क्रमशः विस्थापन गर्दै उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने प्रवृत्ति बढिरहेको छ। थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीहरूले टुजी (2G) र फोरजी (4G) सेवा सञ्चालनमा राख्नेछन् भने भविष्यमा फाइभजी सेवा विस्तारको तयारीसमेत गरिरहेका छन्। दूरसञ्चार क्षेत्रका सरोकारवालाका अनुसार अहिलेको आवश्यकताअनुसार थ्रीजी प्रविधि कम प्रभावकारी बन्दै गएको छ। फोरजीको तुलनामा थ्रीजीले…
Read More
मनसुनी प्रभाव बढ्यो, मधेशदेखि गण्डकीसम्म वर्षाको जोखिम

मनसुनी प्रभाव बढ्यो, मधेशदेखि गण्डकीसम्म वर्षाको जोखिम

२४ असार, काठमाडौं — देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भागमा भने सरदर स्थानकै आसपास रहेको छ। महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र…
Read More
‘कर्णाली नेपालमै हो कि होइन?’ भन्दै सरकारसँग शाहीको प्रश्न

‘कर्णाली नेपालमै हो कि होइन?’ भन्दै सरकारसँग शाहीको प्रश्न

२२ असार, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनाका बेला मन्त्रीको हेलिकप्टर उडिरहेको भए पनि उद्धारमा प्रयोग नभएको भन्दै संसदमा सरकारको आलोचना गरेका छन्। असार १८ गते दैलेखस्थित कर्णाली नदीमा बस खस्दा पाँच जना बेपत्ता भएका थिए। घटनामा कालीकोटका पाचलझरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरुवा भिरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए। यस्तै, कैलालीमा एक महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। ती शव कर्णाली बस दुर्घटनामा बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाग्रस्त बस भने अझै फेला परेको छैन। घटना भएकै समयमा ऊर्जा तथा जलस्रोत मन्त्री…
Read More
एडीबी अध्यक्ष मासातो कान्डा नेपालमा, उच्चस्तरीय भेटवार्ताको तयारी

एडीबी अध्यक्ष मासातो कान्डा नेपालमा, उच्चस्तरीय भेटवार्ताको तयारी

२२ असार, काठमाडौं — एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। आइतबार राति १० बजे काठमाडौं आइपुगेका कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए। अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार र मंगलबार नेपालमा रहने कान्डाले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह बनेपछि विदेशी पाहुनासँग हुने यो पहिलो औपचारिक भेट हुनेछ। संसारकै ठूलो बहुपक्षीय बैंक मानिने एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुखसरहको मर्यादा दिने प्रचलन रहेको छ। गत महिना बंगलादेश भ्रमणका क्रममा पनि एडीबी अध्यक्षलाई त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए। नेपाल भ्रमणका क्रममा कान्डाले…
Read More
पर्सामा ठूलो परिमाणको गाँजा बरामद, भारतीय चालक पक्राउ

पर्सामा ठूलो परिमाणको गाँजा बरामद, भारतीय चालक पक्राउ

२२ असार, काठमाडौं — पर्सा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ को भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गर्दा गाँजा बरामद भएको हो। प्रहरीका अनुसार भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्माले चलाइरहेको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको स्पोर्ट्स कारबाट १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा फेला परेको हो। गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Read More
संविधान संशोधन हचुवाका भरमा नगर्न गगन थापाको चेतावनी

संविधान संशोधन हचुवाका भरमा नगर्न गगन थापाको चेतावनी

२१ असार, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा दिने अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वर्तमान सरकारका सय दिनको समीक्षा गर्न पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारका मन्त्रीहरूबाट बेला–बेला आउने अभिव्यक्तिले अनावश्यक विवाद सिर्जना गर्ने गरेको बताए। थापाले प्रदेशको नामजस्ता संवेदनशील विषयमा पर्याप्त अध्ययन र सन्दर्भ नबुझी मन्त्रीहरूले हल्का ढंगले टिप्पणी गर्ने गरेको आरोप लगाए। उनले भने, “अहिले पनि प्रदेशको नामका विषयमा समस्या र मुद्दाहरू छन्। तर सन्दर्भ नै नबुझी एउटा मन्त्रीले एउटा कुरा बोलिदिन्छ, अर्कोले त्यसमा थपिदिन्छ, अर्कोले खारेज गरिदिन्छ। सरकार सञ्चालन गर्ने दलभित्रकै नेताहरूका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।” सरकार सञ्चालन गर्ने दलका…
Read More
ट्राफिक नियम उल्लंघनविरुद्ध कडाइ, लाखौं राजस्व संकलन

ट्राफिक नियम उल्लंघनविरुद्ध कडाइ, लाखौं राजस्व संकलन

१८ असार, काठमाडौं — पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ८१३ सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०५ जना, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने ११९ जना तथा तीव्र गतिमा सवारी चलाउने ११५ जनालाई कारबाही गरिएको हो। त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक…
Read More