Skip to main content

Epost Nepal

समाचार

घरेलु समर्थकमाझ मेक्सिकोको शानदार प्रदर्शन, अन्तिम १६ मा प्रवेश

घरेलु समर्थकमाझ मेक्सिकोको शानदार प्रदर्शन, अन्तिम १६ मा प्रवेश

१७ असार, काठमाडौं — सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। बुधबार बिहान मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा भएको खेलमा घरेलु टोली मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रातर्फ अर्को कदम अघि बढाएको हो। मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३१औँ मिनेटमा राउलले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र मेक्सिको २–० ले विजयी बन्यो। बल पोजिसनमा इक्वेडर अघि रहे पनि गोल गर्न भने असफल रह्यो। जुलियन विश्वकपका तीन फरक…
Read More
नेपालभर मनसुन सक्रिय, मौसम विभागको सतर्कता अपनाउन आग्रह

नेपालभर मनसुन सक्रिय, मौसम विभागको सतर्कता अपनाउन आग्रह

१७ असार, काठमाडौं — नेपालभर मनसुनी वायु सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म पुगेको छ। महाशाखाले बुधबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन विस्तार भएको जनाएको छ। यससँगै यस वर्षको मनसुन देशभर पूर्ण रूपमा फैलिएको छ। नेपालमा सामान्यतया जुन १३ तारिखदेखि पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर, यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो। सुरुआतमा कोशी प्रदेशका केही क्षेत्रमा सीमित रहेको मनसुन असार…
Read More
तीन दिनको मौसम : कहाँ-कहाँ पर्छ भारी वर्षा?

तीन दिनको मौसम : कहाँ-कहाँ पर्छ भारी वर्षा?

१६ असार, काठमाडौं — देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ। महाशाखाले असार १६, १७ र १८ गतेका लागि विशेष मौसम चेतावनी जारी गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित जानकारी लिन आग्रह गरेको छ। आजको मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी,…
Read More
मोरोक्को प्रि-क्वार्टरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो

मोरोक्को प्रि-क्वार्टरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो

१६ असार, काठमाडौं — मोरोक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेदरल्याण्ड्स फिफा विश्वकपबाट बाहिरिएको छ। पेनाल्टीमा मोरोक्कोले नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गर्दै अन्तिम १६ अर्थात् प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो। नेदरल्याण्ड्सका जस्टिन क्लुभर्ट, क्विन्टन टिम्सर र क्राइसेन्सको समरभिल पेनाल्टीमा गोल गर्न असफल रहे। निर्धारित ९० मिनेटको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७१औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। तर मोरोक्कोका इस्सा डियोपले ९०औँ मिनेटमा बराबरी गोल गर्दै खेल १-१ को अवस्थामा पुर्‍याए। त्यसपछि अतिरिक्त ३० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै मोरोक्कोले नेदरल्याण्ड्सलाई स्तब्ध पार्यो…
Read More
काठमाडौंमा ट्राफिक नियम तोड्नेविरुद्ध कडाइ, २० लाख राजस्व संकलन

काठमाडौंमा ट्राफिक नियम तोड्नेविरुद्ध कडाइ, २० लाख राजस्व संकलन

१६ असार, काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लंघन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको छ। यस्तै, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लंघन गर्ने ५६ जना, एकतर्फी सडकमा…
Read More
युक्रेनको ड्रोन प्रहारले रूसको इन्धन पूर्वाधार प्रभावित

युक्रेनको ड्रोन प्रहारले रूसको इन्धन पूर्वाधार प्रभावित

१५ असार, काठमाडौं — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसमा इन्धन अभावको समस्या देखिएको स्वीकार गरेका छन्। हालैका दिनमा युक्रेनले तीव्र बनाएको ड्रोन आक्रमणका कारण रूसका तेल प्रशोधन केन्द्रहरूमा आगलागी भएपछि धेरै क्षेत्रमा पेट्रोल वितरणमा सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ। सरकारी टेलिभिजनमा आइतबार प्रसारित अन्तर्वार्तामा पुटिनले, “हाम्रा पूर्वाधारमा भएका यी आक्रमणले समस्या सिर्जना गरिरहेका छन्, यो स्पष्ट छ,” भन्दै प्रतिक्रिया दिएको फाइनान्सियल टाइम्सले जनाएको छ। उनले आक्रमणका कारण केही इन्धन अभाव भएको स्वीकार गरे पनि अवस्था गम्भीर नरहेको दाबी गरे। साथै, इन्धन आपूर्ति सहज बनाउन सरकारले काम गरिरहेको पनि उनले बताए। युक्रेनले…
Read More
युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

१५ असार, काठमाडौं — विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समार्फत २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिएका हुन्। गर्मी मौसमको सुरुआतमै देखिएको अभूतपूर्व तातो लहरले युरोपको जनजीवन प्रभावित भएको छ। आइतबार पनि विभिन्न युरोपेली देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। बीबीसीका अनुसार जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको छ भने भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको छ। महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक…
Read More
अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको अनुमतिपछि अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनमा पेस गरेका हुन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ अनुसार विधेयक प्रस्तुत गर्न अनुमति मागिएको प्रस्तावमा कुनै पनि सांसदले विरोधको सूचना नदिएपछि सभामुखले विधेयक पेस गर्न अनुमति दिएका थिए। विधेयकको आवश्यकताबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा मार्केट म्यानुपुलेसनजस्ता अपराध नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए। उनले मुद्रा, बैंकिङ,…
Read More
विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

१४ असार, काठमाडौं — नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती तीव्र रूपमा विस्तार हुँदै गएको छ। सरकारी प्रोत्साहन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागका कारण जिल्लामा कफी खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल दुवै बढ्दै गएका छन्। हाल गुल्मीमा करिब २७० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, गुल्मीको सहयोगमा हालसम्म १५० हेक्टर क्षेत्रमा नयाँ कफी बगान विस्तार गरिएको छ। यसै वर्ष थप ४० हेक्टर क्षेत्रमा कफी खेती विस्तार हुने अनुमान गरिएको छ। जिल्लाभर करिब एक हजार ८०५ कृषक कफी खेतीमा संलग्न छन्। व्यावसायिक कफी खेती विस्तार गर्ने कृषकमध्ये…
Read More
समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

१४ असार, काठमाडौं — फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेल सम्पन्न भएका हुन्। समूह चरणमा मेसीसँगै क्यानाडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले पनि ह्याट्रिक गरेका छन्। मेसीले समूह जे अन्तर्गतको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। जोर्डनविरुद्धको तेस्रो खेलमा भने बेन्चबाट मैदान प्रवेश गरेका मेसीले दोस्रो हाफमा गोल गरे। यस विश्वकपमा उनले ६ गोल…
Read More