Skip to main content

Epost Nepal

चिनीको मूल्य बढेर १२० पुग्यो, संसदीय समितिको बैठक बस्दै नबसी स्थगित

१ भदौ, काठमाडौं — चिनीको सहज आपूर्तिबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक छलफल नै नगरी स्थगित भएको छ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनीको आपूर्ति सहज बनाउने विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक बोलाएको थियो।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी र मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको थियो। समितिका सदस्यसँगै चिनीको सहज आपूर्तिसँग सम्बन्धित सरोकारवालाहरूलाई पनि बैठकमा बोलाइएको थियो।

तर, ‘विशेष कारणवश’ बैठक स्थगित भएको जानकारी समिति सचिवालयले दिएको छ।

पछिल्लो समय बजारमा चिनीको मूल्य बढेको छ। मूल्यवृद्धिको विषयलाई लिएर उद्योगी र व्यापारीबीच आरोप–प्रत्यारोप चलिरहेको छ। यसको प्रत्यक्ष असर भने उपभोक्तामाथि परेको छ।

यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँमा पाइने चिनीको मूल्य अहिले बढेर १२० रुपैयाँसम्म पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *