१८ असार, काठमाडौं — संसद्मा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेटमा समस्या आएपछि आजको बैठक युट्युबमार्फत प्रत्यक्ष देखाउन सम्भव नभएको हो। प्रतिनिधिसभाको बैठक चार दिनपछि बसेको हो। यसअघि बैठक असार १४ गते बसेको थियो भने त्यसअघि असार ५ गते बसेको थियो। आजको बैठकमा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, चार वटा अध्यादेश प्रतिस्थापन विधेयकलाई अघि बढाउने कार्यक्रम पनि तय गरिएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि…
१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो गोल गरेका उनी नै ६४औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो। १० खेलाडीमा सीमित भए पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक…
१७ असार, काठमाडौं — सरकारले नेपाल–भारतबीच रहेका सीमा सम्बन्धी विवादहरू ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ। सरकारका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार निर्धारण गरिएको नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अझै प्राविधिक रूपमा नक्सांकन हुन बाँकी छ। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले हालै नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तथा भारतको पश्चिम चम्पारणस्थित रामपुर्वा सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा नारायणी नदी किनारमा सिँचाइ तथा जलस्रोत…
१७ असार, काठमाडौं — सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। बुधबार बिहान मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा भएको खेलमा घरेलु टोली मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रातर्फ अर्को कदम अघि बढाएको हो। मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३१औँ मिनेटमा राउलले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र मेक्सिको २–० ले विजयी बन्यो। बल पोजिसनमा इक्वेडर अघि रहे पनि गोल गर्न भने असफल रह्यो। जुलियन विश्वकपका तीन फरक…
१७ असार, काठमाडौं — नेपालभर मनसुनी वायु सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म पुगेको छ। महाशाखाले बुधबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन विस्तार भएको जनाएको छ। यससँगै यस वर्षको मनसुन देशभर पूर्ण रूपमा फैलिएको छ। नेपालमा सामान्यतया जुन १३ तारिखदेखि पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर, यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो। सुरुआतमा कोशी प्रदेशका केही क्षेत्रमा सीमित रहेको मनसुन असार…
१६ असार, काठमाडौं — देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ। महाशाखाले असार १६, १७ र १८ गतेका लागि विशेष मौसम चेतावनी जारी गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित जानकारी लिन आग्रह गरेको छ। आजको मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी,…
१६ असार, काठमाडौं — मोरोक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेदरल्याण्ड्स फिफा विश्वकपबाट बाहिरिएको छ। पेनाल्टीमा मोरोक्कोले नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गर्दै अन्तिम १६ अर्थात् प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो। नेदरल्याण्ड्सका जस्टिन क्लुभर्ट, क्विन्टन टिम्सर र क्राइसेन्सको समरभिल पेनाल्टीमा गोल गर्न असफल रहे। निर्धारित ९० मिनेटको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७१औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। तर मोरोक्कोका इस्सा डियोपले ९०औँ मिनेटमा बराबरी गोल गर्दै खेल १-१ को अवस्थामा पुर्याए। त्यसपछि अतिरिक्त ३० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै मोरोक्कोले नेदरल्याण्ड्सलाई स्तब्ध पार्यो…
१६ असार, काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लंघन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको छ। यस्तै, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लंघन गर्ने ५६ जना, एकतर्फी सडकमा…
१५ असार, काठमाडौं — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसमा इन्धन अभावको समस्या देखिएको स्वीकार गरेका छन्। हालैका दिनमा युक्रेनले तीव्र बनाएको ड्रोन आक्रमणका कारण रूसका तेल प्रशोधन केन्द्रहरूमा आगलागी भएपछि धेरै क्षेत्रमा पेट्रोल वितरणमा सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ। सरकारी टेलिभिजनमा आइतबार प्रसारित अन्तर्वार्तामा पुटिनले, “हाम्रा पूर्वाधारमा भएका यी आक्रमणले समस्या सिर्जना गरिरहेका छन्, यो स्पष्ट छ,” भन्दै प्रतिक्रिया दिएको फाइनान्सियल टाइम्सले जनाएको छ। उनले आक्रमणका कारण केही इन्धन अभाव भएको स्वीकार गरे पनि अवस्था गम्भीर नरहेको दाबी गरे। साथै, इन्धन आपूर्ति सहज बनाउन सरकारले काम गरिरहेको पनि उनले बताए। युक्रेनले…
१५ असार, काठमाडौं — विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समार्फत २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिएका हुन्। गर्मी मौसमको सुरुआतमै देखिएको अभूतपूर्व तातो लहरले युरोपको जनजीवन प्रभावित भएको छ। आइतबार पनि विभिन्न युरोपेली देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। बीबीसीका अनुसार जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको छ भने भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको छ। महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक…