Skip to main content

Epost Nepal

epostnp

228 Posts
मनसुनी प्रभाव बढ्यो, मधेशदेखि गण्डकीसम्म वर्षाको जोखिम

मनसुनी प्रभाव बढ्यो, मधेशदेखि गण्डकीसम्म वर्षाको जोखिम

२४ असार, काठमाडौं — देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भागमा भने सरदर स्थानकै आसपास रहेको छ। महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र…
Read More
‘कर्णाली नेपालमै हो कि होइन?’ भन्दै सरकारसँग शाहीको प्रश्न

‘कर्णाली नेपालमै हो कि होइन?’ भन्दै सरकारसँग शाहीको प्रश्न

२२ असार, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनाका बेला मन्त्रीको हेलिकप्टर उडिरहेको भए पनि उद्धारमा प्रयोग नभएको भन्दै संसदमा सरकारको आलोचना गरेका छन्। असार १८ गते दैलेखस्थित कर्णाली नदीमा बस खस्दा पाँच जना बेपत्ता भएका थिए। घटनामा कालीकोटका पाचलझरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरुवा भिरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए। यस्तै, कैलालीमा एक महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। ती शव कर्णाली बस दुर्घटनामा बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाग्रस्त बस भने अझै फेला परेको छैन। घटना भएकै समयमा ऊर्जा तथा जलस्रोत मन्त्री…
Read More
एडीबी अध्यक्ष मासातो कान्डा नेपालमा, उच्चस्तरीय भेटवार्ताको तयारी

एडीबी अध्यक्ष मासातो कान्डा नेपालमा, उच्चस्तरीय भेटवार्ताको तयारी

२२ असार, काठमाडौं — एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। आइतबार राति १० बजे काठमाडौं आइपुगेका कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए। अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार र मंगलबार नेपालमा रहने कान्डाले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह बनेपछि विदेशी पाहुनासँग हुने यो पहिलो औपचारिक भेट हुनेछ। संसारकै ठूलो बहुपक्षीय बैंक मानिने एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुखसरहको मर्यादा दिने प्रचलन रहेको छ। गत महिना बंगलादेश भ्रमणका क्रममा पनि एडीबी अध्यक्षलाई त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए। नेपाल भ्रमणका क्रममा कान्डाले…
Read More
पर्सामा ठूलो परिमाणको गाँजा बरामद, भारतीय चालक पक्राउ

पर्सामा ठूलो परिमाणको गाँजा बरामद, भारतीय चालक पक्राउ

२२ असार, काठमाडौं — पर्सा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ को भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गर्दा गाँजा बरामद भएको हो। प्रहरीका अनुसार भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्माले चलाइरहेको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको स्पोर्ट्स कारबाट १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा फेला परेको हो। गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Read More
संविधान संशोधन हचुवाका भरमा नगर्न गगन थापाको चेतावनी

संविधान संशोधन हचुवाका भरमा नगर्न गगन थापाको चेतावनी

२१ असार, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा दिने अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वर्तमान सरकारका सय दिनको समीक्षा गर्न पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारका मन्त्रीहरूबाट बेला–बेला आउने अभिव्यक्तिले अनावश्यक विवाद सिर्जना गर्ने गरेको बताए। थापाले प्रदेशको नामजस्ता संवेदनशील विषयमा पर्याप्त अध्ययन र सन्दर्भ नबुझी मन्त्रीहरूले हल्का ढंगले टिप्पणी गर्ने गरेको आरोप लगाए। उनले भने, “अहिले पनि प्रदेशको नामका विषयमा समस्या र मुद्दाहरू छन्। तर सन्दर्भ नै नबुझी एउटा मन्त्रीले एउटा कुरा बोलिदिन्छ, अर्कोले त्यसमा थपिदिन्छ, अर्कोले खारेज गरिदिन्छ। सरकार सञ्चालन गर्ने दलभित्रकै नेताहरूका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।” सरकार सञ्चालन गर्ने दलका…
Read More
ट्राफिक नियम उल्लंघनविरुद्ध कडाइ, लाखौं राजस्व संकलन

ट्राफिक नियम उल्लंघनविरुद्ध कडाइ, लाखौं राजस्व संकलन

१८ असार, काठमाडौं — पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ८१३ सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०५ जना, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने ११९ जना तथा तीव्र गतिमा सवारी चलाउने ११५ जनालाई कारबाही गरिएको हो। त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक…
Read More
बाढीपछि डोल्पामा उद्धार जारी, एक घर पूर्ण रूपमा क्षतिग्रस्त

बाढीपछि डोल्पामा उद्धार जारी, एक घर पूर्ण रूपमा क्षतिग्रस्त

१८ असार, काठमाडौं — डोल्पामा लेदोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढी घरमा पसेपछि स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विकको मृत्यु भएको हो। आइतबार बिहान करिब ३ बजेतिर आएको बाढीका कारण घरभित्र सुतिरहेकी आनन्दा विक पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए। बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते…
Read More
अडियो र रेकर्डिङमा समस्या देखिएपछि बैठक स्थगित

अडियो र रेकर्डिङमा समस्या देखिएपछि बैठक स्थगित

१८ असार, काठमाडौं — प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका क्रममा देखिएको प्राविधिक समस्याका कारण बैठक स्थगित गर्नुपरेको हो। बैठक करिब १७ मिनेटसम्म चलेको थियो। यस अवधिमा केही सांसदहरूले आफ्ना धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएको समस्या देखिएको थियो। अडियो प्रसारण नहुँदा बैठकको आधिकारिक रेकर्डिङमा समेत समस्या उत्पन्न भएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। प्राविधिक समस्या समाधान भएपछि बैठक पुनः सञ्चालन गरिने जानकारी पनि दिइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले प्रतिनिधिसभाबाट पारित भई आएका अध्यादेश प्रतिस्थापन विधेयकलगायत विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाले आर्थिक…
Read More
राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत, विभिन्न पदमा नियुक्ति

राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत, विभिन्न पदमा नियुक्ति

१८ असार, काठमाडौं — मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घको समुद्रसम्बन्धी कानुनअन्तर्गत ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको जानकारी दिए। बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीका कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ। भूमि व्यवस्था मन्त्रालयको प्रस्तावअनुसार ‘कमैया श्रम…
Read More
ग्रे लिस्टबाट निस्कन कानुनको दुरुपयोग रोक्नुपर्छ : अर्थमन्त्री वाग्ले

ग्रे लिस्टबाट निस्कन कानुनको दुरुपयोग रोक्नुपर्छ : अर्थमन्त्री वाग्ले

१८ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयास गरेको र आफूविरुद्ध पनि त्यस्तो प्रयास भएको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि राजनीतिक अभिष्ट पूरा गर्न सम्पत्ति शुद्धीकरणको कानुन प्रयोग गरिएको आरोप लगाए। साथै, आफूलाई पनि त्यसैगरी निशाना बनाउने प्रयास भएको उनको भनाइ थियो। सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा यो कानुनको व्यापक दुरुपयोग भएको बताए। उनले भने, ‘व्यापक दुरूपयोग गरिएको थियो। कोही मान्छे मन परेन, कोही मान्छे मन परेन सम्पत्ति शुद्धीकरण लगाइदे। हाम्रै पार्टीका…
Read More