१५ भदौ, काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पत्ता लाग्न नसकेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढीमा बेपत्ता भएका व्यक्तिको वास्तविक संख्या निर्धारण गर्न कठिन भइरहेको बताइन्। उनका अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन भइरहेको छ। सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्। तर खोज तथा उद्धार कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने महतले बताइन्। ‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर…
१५ भदौ, काठमाडौं — भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेका छन्। उनले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्। भदौ १० गते आएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिक पनि प्रभावित भएको उल्लेख गरेका छन्। आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। नेपाल र भारतबीचको…
१४ भदौ, काठमाडौं — चीन सरकारले नेपालका बाढीपहिरो प्रभावितका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ । आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन् । दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा राहत सामग्री हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी उपस्थित थिए । सो…
१४ भदौ, काठमाडौं — अमेरिकाले नेपालका बाढी प्रभावितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगअन्तर्गत बाढीबाट प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म पुग्ने आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ । मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको पनि जनाएको छ ।
१४ भदौ, काठमाडौं — भारतले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि थप सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशंकरले नेपालको राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी–उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली नेपाल आइपुगेको छ । त्यस्तै, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ ।…
१४ भदौ, काठमाडौं — बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक अवरुद्ध भएको हो । बाढीले कटान गरेपछि सडकको केही भाग भासिएको छ । आज बिहान केही समय अवरुद्ध भएर खुलेको सडक केहीबेरमै पुनः पूर्णरूपमा बन्द भएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
११ भदौ, काठमाडौं — चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् । चीनले बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन् । यता, चीनतर्फ बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको जनाइएको छ । त्यस्तै, २ जना स्थानीय गाउँलेको उद्धार गरिएको थियो । चीनले बाढी प्रभावित…
११ भदौ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनी काठमाडौं फर्किएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने आफ्नो टोलीसहित नुवाकोटमै रहेका छन् । सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री बालेनको नुवाकोट भ्रमण पूर्वनिर्धारित थिएन । तर, अन्तिम समयमा प्रधानमन्त्री स्वयंले नुवाकोट पुगेर बाढी प्रभावितको अवस्था बुझ्ने इच्छा व्यक्त गरेपछि भ्रमण तय भएको हो । नुवाकोट पुगेपछि प्रधानमन्त्री बालेनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय तथा घाइतेसँग भेट गरी उनीहरूको अवस्था बुझेका थिए । प्रधानमन्त्री काठमाडौं फर्किए पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् । नेपाली सेनाले उद्धार तथा खोजी कार्यमा भइरहेको…
११ भदौ, काठमाडौं — रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालले ‘इमर्जेन्सी मोड’ मा सेवा दिइरहेको छ । अस्पतालले घाइतेहरूलाई प्राथमिक उपचार गरिरहेको छ भने गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइरहेको छ । चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई उपचारका लागि अस्पतालमै ल्याउने गरिएको छ । बाढीले नुवाकोटका त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको छ । सडक तथा पुल बगाएपछि प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने बाटोसमेत प्रभावित भएको डा. परियारले बताए । ढुंगे…
११ भदौ, काठमाडौं — भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १ बजेसम्म २७० जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ५० जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।