Skip to main content

Epost Nepal

Breaking News 3

बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो गोल गरेका उनी नै ६४औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो। १० खेलाडीमा सीमित भए पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक…
Read More
सीमा विवाद ऐतिहासिक प्रमाणका आधारमा समाधान गर्छौं: परराष्ट्रमन्त्री

सीमा विवाद ऐतिहासिक प्रमाणका आधारमा समाधान गर्छौं: परराष्ट्रमन्त्री

१७ असार, काठमाडौं — सरकारले नेपाल–भारतबीच रहेका सीमा सम्बन्धी विवादहरू ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ। सरकारका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार निर्धारण गरिएको नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अझै प्राविधिक रूपमा नक्सांकन हुन बाँकी छ। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले हालै नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तथा भारतको पश्चिम चम्पारणस्थित रामपुर्वा सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा नारायणी नदी किनारमा सिँचाइ तथा जलस्रोत…
Read More
तीन दिनको मौसम : कहाँ-कहाँ पर्छ भारी वर्षा?

तीन दिनको मौसम : कहाँ-कहाँ पर्छ भारी वर्षा?

१६ असार, काठमाडौं — देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ। महाशाखाले असार १६, १७ र १८ गतेका लागि विशेष मौसम चेतावनी जारी गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित जानकारी लिन आग्रह गरेको छ। आजको मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी,…
Read More
युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

१५ असार, काठमाडौं — विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समार्फत २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिएका हुन्। गर्मी मौसमको सुरुआतमै देखिएको अभूतपूर्व तातो लहरले युरोपको जनजीवन प्रभावित भएको छ। आइतबार पनि विभिन्न युरोपेली देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। बीबीसीका अनुसार जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको छ भने भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको छ। महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक…
Read More
अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको अनुमतिपछि अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनमा पेस गरेका हुन्। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १०५ अनुसार विधेयक प्रस्तुत गर्न अनुमति मागिएको प्रस्तावमा कुनै पनि सांसदले विरोधको सूचना नदिएपछि सभामुखले विधेयक पेस गर्न अनुमति दिएका थिए। विधेयकको आवश्यकताबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तःशुल्क तथा करसम्बन्धी कसुर, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) तथा मार्केट म्यानुपुलेसनजस्ता अपराध नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए। उनले मुद्रा, बैंकिङ,…
Read More
सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

सुत्केरीको मृत्युपछि कानुनी कारबाहीको माग, शव तीन दिनदेखि अस्पतालमै

२५ पुस, काठमाडौं — सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाबाट शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठाइएको छैन। गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको बुधबार साँझ करिब ५ बजे उपचारका क्रममा मृत्यु भएको थियो, तर उनको शव हालसम्म अस्पतालबाट नउठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार नेपालीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। राधिकाको मृत्युको विषयमा पीडित परिवार र अस्पताल प्रशासनबीच छलफल जारी रहे पनि सहमति नजुटेकाले शव नउठाइएको उनले बताए। शल्यक्रियामार्फत नवजात शिशु (छोरी) जन्माएपछि सुत्केरी राधिकाको स्वास्थ्य अवस्था जटिल बनेको थियो। पुस २३ गते दिउँसो शिशु…
Read More
राष्ट्रिय सभामा एमालेले प्रत्येक प्रदेशबाट एक सिटको दाबी गर्ने

राष्ट्रिय सभामा एमालेले प्रत्येक प्रदेशबाट एक सिटको दाबी गर्ने

२२ पुस, काठमाडौं — नेकपा एमालेले राष्ट्रिय सभाका ७ सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ । सोमबार सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिटमा एमालेको दाबी रहेको जानकारी दिए । तर, क्लस्टरका आधारमा उम्मेदवार तय गर्ने प्रक्रिया भने अझै बाँकी रहेको उनले बताए । उनका अनुसार, उम्मेदवार टुंग्याउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने सहमति भएको पनि उनले स्पष्ट पारे । ‘हरेक प्रदेशबाट एक…
Read More
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना

२२ पुस, काठमाडौं — सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ । २१ फागुनमा तय प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने व्यवस्था मापदण्डमार्फत गरिएको हो । गृह मन्त्रालयका अनुसार निर्वाचन प्रहरीलाई १० दिनको तालिमपछि ३० दिन कार्यस्थलमा खटाइनेछ । स्वीकृत मापदण्डअनुसार नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायतका सेवा–सुविधा…
Read More
देउवा निकटका नेताहरु, आज महाधिवेशनबारे छलफलमा जुट्दै

देउवा निकटका नेताहरु, आज महाधिवेशनबारे छलफलमा जुट्दै

२० पुस, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन्। देउवा निवास महाराजगञ्जमा आयोजित बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरु छलफल गर्न उपस्थित हुनेछन्। देउवाका निकटका एक पूर्व पदाधिकारीका अनुसार, दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा विचार-विमर्श हुने बताइएको छ। पार्टीभित्र विशेष महाधिवेशन गर्ने पक्ष र महाधिवेशन हुन नसक्ने पक्षबीच मतभेद छ। कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने तालिका पारित गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्। कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। तर, विशेष…
Read More
सर्वोच्च अदालतले सेवाग्राहीलाई थप समय दियो

सर्वोच्च अदालतले सेवाग्राहीलाई थप समय दियो

१८ पुस, काठमाडौं — सर्वोच्च अदालतले पुस मसान्तसम्म अदालतका सेवाग्राहीलाई गुज्रिएको म्याद लिन पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा विचाराधीन रहेका धेरै मुद्दाका फाइलहरू नष्ट भएपछि कतिपय सेवाग्राहीले म्याद लिइसकेका थिए भने कतिपयको म्याद गुज्रिसकेको अवस्था थियो। म्याद गुजारेका सेवाग्राहीको हकमा अन्योल देखिएपछि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले यस विषयमा निर्णय गरेको हो। अदालतले आन्तरिक प्रतिवेदनमाथि छलफल गर्दै अदालतबाट सूचना प्रकाशित भएको ६० दिनभित्र म्याद बुझ्न पाउने व्यवस्था मिलाएको छ। आगजनीबाट अधिकांश मुद्दाका मिसिल जलेर नष्ट भएकाले यसअघि सर्वोच्च अदालतले हदम्याद, म्याद र तारिखका लागि मंसिर मसान्तसम्मको समयसीमा तोकेको थियो। त्यतिबेला जलेका कागजात, प्रमाण…
Read More