Skip to main content

Epost Nepal

Breaking News 3

रास्वपाको एकतापछि पदाधिकारीको बाँडफाँटमा सहमति

रास्वपाको एकतापछि पदाधिकारीको बाँडफाँटमा सहमति

१७ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङ पक्षबाट पार्टी पदाधिकारीमा कति जनालाई समेट्ने भन्ने विषयमा सहमति जुटेको छ। रास्वपा स्रोतका अनुसार बालेन पक्षबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने समझदारी भएको छ। त्यस्तै, कुलमान घिसिङ समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ। ‘बालेन र कुलमान दुवै समूहबाट दुई–दुई जनालाई पदाधिकारीमा समावेश गर्ने भद्र सहमति बनेको हो,’ रास्वपा स्रोतले भन्यो, ‘सहमति अनुसार दुवै पक्षबाट नाम आउन बाँकी छ।’ पार्टी सभापति रवि लामिछानेले बालेन शाह र कुलमान घिसिङलाई रास्वपामा समेट्न छुट्टाछुट्टै…
Read More
रूसको दाबीपछि ट्रम्प आक्रोशित, जेलेन्स्कीले आरोप अस्वीकार गरे

रूसको दाबीपछि ट्रम्प आक्रोशित, जेलेन्स्कीले आरोप अस्वीकार गरे

१५ पुस, काठमाडौं — रूसद्वारा राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाईएको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासतर्फ आइतबार राति युक्रेनबाट ९१ वटा ड्रोन प्रहार गरिएको थियो। उनले टेलिग्राममार्फत जारी विज्ञप्तिमा उक्त सबै ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेका छन्। आक्रमणबाट कुनै मानवीय वा भौतिक क्षति नभएको पनि उनले बताएका छन्। यस घटनालाई आधार बनाउँदै रूसले शान्ति वार्तासम्बन्धी आफ्नो अडान पुनरावलोकन गर्न सक्ने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ। लाभरोभले युक्रेनले ‘राज्य आतंकवाद’को नीति अपनाएको आरोप लगाउँदै वार्तास्थितिमा पुनः समीक्षा हुन सक्ने बताए पनि अमेरिकासँगको संवाद…
Read More
नक्कली सुन बेचेर ठगी गर्ने चारजनालाई पक्राउ

नक्कली सुन बेचेर ठगी गर्ने चारजनालाई पक्राउ

१४ पुस, काठमाडौं —  सक्कली सुन भन्दै नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका ४५ वर्षीय सुकुमान सिंह बस्नेत, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुरकै ५३ वर्षीय वीरबहादुर तामाङ भनिने बिवासित स्याङ्तान र नवलपरासी घर भएका ४२ वर्षीय जीतबहादुर तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । ८ पुसमा कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुन भन्दै पहेँलो धातु दिएर ५ लाख ठगी गरकेो भन्ने उजुरी प्रहरीमा आएको थियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा ५…
Read More
नेपाललाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र जारी छ: महासचिव पोखरेल

नेपाललाई द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्र जारी छ: महासचिव पोखरेल

१३ पुस, काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्रको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको दिनकै बिहान महासचिव पोखरेलले उक्त चिन्ता सार्वजनिक गरेका हुन्। कसैको नाम उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, “भदौ २३ र २४ गते घटेका घटनाहरू नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर युक्रेनजस्तै अस्थिर बनाउने योजनाको पहिलो चरण थिए। अब त्यही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि अघि बढ्दैछ।” उनले गत भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी…
Read More
फागुन २१ को चुनावका लागि सबै उल्झन हटाउने सरकारको प्रतिबद्धता

फागुन २१ को चुनावका लागि सबै उल्झन हटाउने सरकारको प्रतिबद्धता

११ पुस, काठमाडौं — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सरकारले सबै प्रकारका अवरोध र जटिलता हटाउने प्रतिबद्धता जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गुण्डुस्थित निवासमा करिब दुई घण्टा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचन अनुकूल वातावरण निर्माण गर्न सरकार सक्रिय रूपमा अघि बढ्ने स्पष्ट पारे। निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले आफ्नो दायरा नछोडेको भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिबारे सञ्चारकर्मीले प्रश्न गर्दा, त्यसको जवाफ दिँदै प्रवक्ता खरेलले निर्वाचनलाई उत्सव र महायज्ञको संज्ञा दिए। उनले भने, “निर्वाचन एउटा महोत्सव हो, महायज्ञ हो। यस लक्ष्यतर्फ अघि…
Read More
विश्वविद्यालयको कुलपति प्रणाली सुधार्न गम्भीर छलफल भइरहेको छ: प्रधानमन्त्री

विश्वविद्यालयको कुलपति प्रणाली सुधार्न गम्भीर छलफल भइरहेको छ: प्रधानमन्त्री

१० पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति रहने व्यवस्थामा सुधार आवश्यक भएको महसुस गरिएको बताएकी छन्। उनका अनुसार, शैक्षिक प्रशासनमा भइरहेको अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्र दीर्घकालदेखि प्रभावित हुँदै आएको निष्कर्षमा पुगेर सरकारले केही ठोस पहल सुरु गरेको हो। प्रधानमन्त्री कार्कीले भनिन्, “प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुने अभ्यासलाई परिमार्जन गर्नुपर्ने आवश्यकता स्पष्ट रूपमा देखिएको छ। यस विषयमा गम्भीर छलफल र तयारी भइरहेको छ।” उनले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै, यस क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी विश्वविद्यालयलाई प्राज्ञिक बहस र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिइन्। उच्च शिक्षाका लागि ठूलो…
Read More
झापामा जंगली हात्तीको आक्रमण, युवक घाइते

झापामा जंगली हात्तीको आक्रमण, युवक घाइते

१० पुस, काठमाडौं — झापामा जंगली हात्तीको आक्रमणमा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका–१३ अन्तर्गत रहेको हातेमालो सामुदायिक वन क्षेत्रमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ करिब ६ बजे दाउरा संकलन गर्न वनमा गएका बेला अचानक जंगली हात्तीले दाहालमाथि आक्रमण गरेको थियो । आक्रमणका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको छ । घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
उम्मेदवारी दर्ताको समय आएपछि राजीनामाबारे निर्णय गर्छु: मन्त्री घिसिङ

उम्मेदवारी दर्ताको समय आएपछि राजीनामाबारे निर्णय गर्छु: मन्त्री घिसिङ

९ पुस काठमाडौं — सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् । ‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उनले भने, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु । जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’ वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएको तर, कुलमान दलको व्यक्ति भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
Read More
‘चुनाव होइन, सुशासन’ भन्दै काठमाडौंमा जेन-जी युवाहरूको प्रदर्शन

‘चुनाव होइन, सुशासन’ भन्दै काठमाडौंमा जेन-जी युवाहरूको प्रदर्शन

७ पुस, काठमाडौं — सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ। ‘जेन–जीको माग चुनाव होइन, सुशासन’ भन्ने नारा सहित मिराज ढुंगाना, रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरू प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा उनीहरूले सबै राजनीतिक दल समेटिएको सरकार गठन गर्नुपर्ने माग अघि सारेका थिए। सोही क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई केही समयका लागि नियन्त्रणमा लिएको थियो। यसअघि ढुंगानासहितको समूहले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेको भए पनि प्रशासनले अनुमति नदिएको जनाएको छ। अनुमति नलिई प्रदर्शन सुरु भएपछि प्रहरीले हस्तक्षेप गरेको बताइएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै नाराबाजी…
Read More
१७ वर्षीय ईशानको मृत्यु प्रकरणमा संलग्नलाइ पक्राउ गर्न माग गर्दै प्रदर्शन

१७ वर्षीय ईशानको मृत्यु प्रकरणमा संलग्नलाइ पक्राउ गर्न माग गर्दै प्रदर्शन

६ पुस, काठमाडौं — रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोकमा १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्यु प्रकरणमा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयवासीले ईलाका प्रहरी कार्यालय रुद्रपुर घेराउ गरेका छन्। तीन दिनअघि ईशानको शव घर नजिकैको नालीमा फेला परेको थियो। घटनाको अनुसन्धानमा प्रहरीले अपेक्षित सक्रियता नदेखाएको र दोषी पहिचान गर्न नसकेको आरोप लगाउँदै टोल विकास संस्था, आमा समूहसहित स्थानीयहरूले दबाबस्वरूप प्रहरी कार्यालय घेरेका हुन्। मृतकका बुबा पुष्पराज शर्माका अनुसार तीन हजारभन्दा बढी स्थानीय स्वतःस्फूर्त रूपमा ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। पोष्टमार्टम रिपोर्टमा टाउकोमा लागेको चोटका कारण अत्यधिक रक्तस्राव भएर मृत्यु भएको पुष्टि भएको चिकित्सकले जानकारी दिएको उनले बताए।…
Read More