Skip to main content

Epost Nepal

सुरक्षा र कुटनिती

किशोर श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका वकिल र पत्रकार नेताहरू फर्काइए

किशोर श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका वकिल र पत्रकार नेताहरू फर्काइए

२८ साउन, काठमाडौं — पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका उनका वकिलहरूलाई प्रहरीले भेट्न दिएको छैन। अधिवक्ता टिकाराम भट्टराईसहितका वकिल श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नमिल्ने भन्दै उनीहरूलाई फर्काएको हो। प्रहरीले श्रेष्ठकी श्रीमती तथा उनी निकट पत्रकारसम्बन्धी संघ–संगठनका प्रतिनिधिलाई समेत भेट्न दिएको छैन। आज प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेललगायत श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नदिएको प्रेस सेन्टरका महासचिव घर्तीले बताए। ‘प्रहरीले किशोर श्रेष्ठका वकिल र श्रीमतीलाई समेत भेट्न दिएको छैन, हामीलाई पनि…
Read More
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना

२२ पुस, काठमाडौं — सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ । २१ फागुनमा तय प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने व्यवस्था मापदण्डमार्फत गरिएको हो । गृह मन्त्रालयका अनुसार निर्वाचन प्रहरीलाई १० दिनको तालिमपछि ३० दिन कार्यस्थलमा खटाइनेछ । स्वीकृत मापदण्डअनुसार नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायतका सेवा–सुविधा…
Read More
हतियार निर्माताहरूको आम्दानी ५.९% ले बढेर ऐतिहासिक रेकर्ड

हतियार निर्माताहरूको आम्दानी ५.९% ले बढेर ऐतिहासिक रेकर्ड

१६ मंसिर, काठमाडौं − विश्वका ठूला हतियार उत्पादक कम्पनीहरूले हतियार तथा सैन्य सेवाको बिक्रीबाट गर्ने आम्दानी गत वर्ष ५.९ प्रतिशतले वृद्धि भएको छ। युक्रेन र गाजामा जारी द्वन्द्व तथा विभिन्न देशहरूको बढ्दो सैन्य खर्चका कारण माग बढ्दै गई आम्दानी ६७९ अर्ब डलर पुगेको एपी समाचार संस्थाले उल्लेख गरेको छ। यो रकम अहिलेसम्मकै उच्च स्तर हो। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI) का अनुसार, यो वृद्धि मुख्यतः युरोप र अमेरिकामा आधारित कम्पनीहरूले तानेका हुन्। चीनको हतियार उद्योगमा देखिएका समस्याका कारण एसिया र ओसिनियाबाहेकका क्षेत्रहरूमा आम्दानी बढेको बताइएको छ। विश्वस्तरमा आम्दानी वृद्धि अमेरिकाका शीर्ष १०० हतियार उत्पादक कम्पनीमध्ये रहेका ३९ मध्ये ३० कम्पनीको…
Read More
युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

धनगढी, १३ मङ्सिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट ज्यान गएको हो। घेराघाटका डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरूको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगन्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका…
Read More
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला, मादक पदार्थले लिएको हुनसक्छ ज्यान

धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला, मादक पदार्थले लिएको हुनसक्छ ज्यान

धनकुटा, ७ मङ्सिर । धनकुटामा एकाघरका तीन व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधवार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनै जना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ । यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ बर्सिया पत्नी झुमा र ११ वर्षका छोरा आयुध रहेका छन् । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवन गरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट…
Read More
स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ

परासी, १६ कार्तिक । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्। भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेसम बोहराले जानकारी दिए। कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको…
Read More
बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार

बारा, १३ कात्तिक । बाराको कलैयामा  अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको  छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक  रुपेश स्वर्णकारमाथि २ राउन्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
Read More
महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरीबाट १३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, १३ कात्तिक । महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् । जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।
Read More
बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ

कैलाली, १२ कात्तिक । आफ्नै बुबा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
घरायसी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

घरायसी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

खोटाङ, ११ कार्तिक । खोटाङमा चिर्पटले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान् दावाले ३६ वर्षीय श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । श्रीमान् दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read More