Skip to main content

Epost Nepal

Breaking News 3

ओलीको राजनीतिक प्रतिवेदनमाथि आजदेखि धारणा राखिँदै

ओलीको राजनीतिक प्रतिवेदनमाथि आजदेखि धारणा राखिँदै

६ असोज, काठमाडौं — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी छ। सोमबारदेखि सुरु भएको बैठक आज पनि बसेको हो। सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणा राख्नेछन्। बैठक हलभित्र मोबाइल फोन चलाउन रोक लगाइएको छ। अध्यक्ष ओलीले बैठकमा सहभागीहरूलाई मोबाइल बाहिरै राख्न र नचलाउन आग्रह गरेका छन्। बैठकमा अडियो तथा भिडियो रेकर्ड गर्नसमेत नपाइने अध्यक्ष ओलीले बताएका छन्।
Read More
किम्रुङ खोलाको बहाव घटेपछि त्रास, बिहानदेखि पुनः सामान्य

किम्रुङ खोलाको बहाव घटेपछि त्रास, बिहानदेखि पुनः सामान्य

२४ भदौ, काठमाडौं — कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुनः पुरानै अवस्थामा फर्किएको छ। मंगलबार साँझ खोलाको बहाव घटेपछि कतै खोला थुनिएको हुन सक्ने आशंकामा गएराति उच्च सतर्कता अपनाइएको थियो। अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले अहिले खोलाको बहाव पूर्ववत् रूपमा बगिरहेको र तत्काल कुनै जोखिम नरहेको जानकारी दिएका छन्। ‘हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिरोका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो। हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल गरेका थियौँ। कतै पहिरो गएको कारणले हो कि भनेर माथिल्लो क्षेत्रमा बुझ्न भनेका छौँ। तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा…
Read More
हैजाको जोखिम बढेपछि नुवाकोट र रसुवामा खोप अभियानको तयारी

हैजाको जोखिम बढेपछि नुवाकोट र रसुवामा खोप अभियानको तयारी

२३ भदौ, काठमाडौं — बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप र आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनलाई तीव्रता दिएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका लागि हैजाविरुद्धको ८० हजार ५ सय २३ डोज खोप अर्थात् २३ बक्स पठाएको छ। साथै १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पनि पठाइएको छ। रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ। त्यहाँ बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। बाढीका कारण खानेपानी र सरसफाइ प्रणाली प्रभावित भएपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण…
Read More
१२१ जना सुरुङभित्र फसेको तथ्य देखिन्छ : नेपाली सेना

१२१ जना सुरुङभित्र फसेको तथ्य देखिन्छ : नेपाली सेना

२२ भदौ, काठमाडौं — भदौ १० गतेको रसुवा बाढीका क्रममा विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना मात्रै फसेको देखिएको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवाशजंग थापाले यसबारे जानकारी दिएका हुन्। ‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन, त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौं।’ उनले जलविद्युत आयोजनासँग सम्बन्धित अन्य व्यक्तिहरू भने बाहिरी क्षेत्रमा परेको हुन सक्ने अनुमान रहेको पनि बताए। सहायक रथी थापाका अनुसार जलविद्युत आयोजनाका सुरुङमा भएको क्षतिको अवस्था हेर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको…
Read More
नेपाललाई कोरियाको आश्वासन : पुनर्निर्माणमा सहयोग र अन्तर्राष्ट्रिय मञ्चमा समर्थन

नेपाललाई कोरियाको आश्वासन : पुनर्निर्माणमा सहयोग र अन्तर्राष्ट्रिय मञ्चमा समर्थन

२१ भदौ, काठमाडौं — दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्‍यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका थिए। उनले विपद् प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माण नेपाल सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गरे। जवाफमा कोरियाली परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन दक्षिण कोरिया पूर्ण रूपमा तयार रहेको बताएका…
Read More
आश्चर्यजनक उद्धार : १० दिनपछि सुरुङबाट दुई जना जीवित निकालिए

आश्चर्यजनक उद्धार : १० दिनपछि सुरुङबाट दुई जना जीवित निकालिए

१९ भदौ, काठमाडौं — भोटेकोशीको बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १०औँ दिनमा जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन्। घटनास्थलमै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली ३ ‘ए’ को सुरुङबाट सञ्जय साह र कबिर महर्जनको उद्धार गरिएको जानकारी दिएका छन्। काठमाडौंका कबिर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको नियमित मर्मतसम्भारका लागि कुलेखानी जलविद्युत् आयोजनाबाट खटिएका थिए। सप्तरीका सञ्जय साह त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सञ्चालनका क्रममा सिफ्ट ड्युटीमा थिए। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार उनीहरूलाई पहुँच सुरुङको आधाआधी भागमा फेला पारिएको थियो।…
Read More
लाङटाङ हाइड्रोको सुरुङमा उद्धार जारी : दुई शव फेला

लाङटाङ हाइड्रोको सुरुङमा उद्धार जारी : दुई शव फेला

१८ भदौ, काठमाडौं — रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ। खोज तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट दुई जनाको शव निकालेको हो। आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धार टोलीले सुरुङभित्रबाट दुईवटा शव फेला पारी बाहिर निकालेको हो। हाल हाइड्रो–मेकानिकल इन्जिनियरहरूको टोली आयोजनाको सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी खोज तथा उद्धार कार्यमा जुटिरहेको भट्टराईले बताए। २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीले उद्धार तथा खोजी कार्य गरिरहेको छ। बुधबार पनि उद्धार टोली सुरुङभित्र करिब १५०…
Read More
अस्पतालको भ्यानमा ६० किलो गाँजा, चालक गाडी छोडेर फरार

अस्पतालको भ्यानमा ६० किलो गाँजा, चालक गाडी छोडेर फरार

१७ भदौ, काठमाडौं — विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा ६० किलो गाँजा बरामद गरेको छ। विराटनगर महानगरपालिका–१६, दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपालको बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति गाँजा बरामद गरेको हो। राति करिब ११ बजे ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए। तर, सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए। त्यसपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको भ्यान र गाँजा आवश्यक कारबाहीका लागि नेपाल…
Read More
रसुवा बाढी : सडक–पुल मर्मतदेखि वडास्तरमा राहत वितरणसम्मका निर्णय

रसुवा बाढी : सडक–पुल मर्मतदेखि वडास्तरमा राहत वितरणसम्मका निर्णय

१६ भदौ, काठमाडौं — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार र राहत वितरणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताए। उनले उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्पूर्ण सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए। विपद्को अवस्थामा आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य राहत सामग्रीको अभाव हुन नदिन उनले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बैठकले विभिन्न निर्णयसमेत गरेको छ। पूर्वाधार मर्मत…
Read More
रसुवा बाढीपीडितलाई राहत नपुगेको ओलीको गुनासो

रसुवा बाढीपीडितलाई राहत नपुगेको ओलीको गुनासो

१५ भदौ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि बाढीपीडित नागरिकले अझै भोकै बस्नुपरेको बताएका छन्। सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। राहत संकलन तथा वितरणमा सरकारको मात्र भर नपरी सबै पक्षसँग समन्वय गर्न एमालेले चाहेको ओलीले बताए। ‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ।’
Read More