Skip to main content

Epost Nepal

Breaking News 3

बाढी प्रभावित १० हजार परिवारलाई अमेरिकाले तीन महिनाको खाद्यान्न दिने

बाढी प्रभावित १० हजार परिवारलाई अमेरिकाले तीन महिनाको खाद्यान्न दिने

१४ भदौ, काठमाडौं — अमेरिकाले नेपालका बाढी प्रभावितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगअन्तर्गत बाढीबाट प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म पुग्ने आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ । मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको पनि जनाएको छ ।
Read More
बाढी प्रभावितको अवस्था बुझ्न विदुर पुगे प्रधानमन्त्री बालेन

बाढी प्रभावितको अवस्था बुझ्न विदुर पुगे प्रधानमन्त्री बालेन

११ भदौ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनी काठमाडौं फर्किएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने आफ्नो टोलीसहित नुवाकोटमै रहेका छन् । सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री बालेनको नुवाकोट भ्रमण पूर्वनिर्धारित थिएन । तर, अन्तिम समयमा प्रधानमन्त्री स्वयंले नुवाकोट पुगेर बाढी प्रभावितको अवस्था बुझ्ने इच्छा व्यक्त गरेपछि भ्रमण तय भएको हो । नुवाकोट पुगेपछि प्रधानमन्त्री बालेनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय तथा घाइतेसँग भेट गरी उनीहरूको अवस्था बुझेका थिए । प्रधानमन्त्री काठमाडौं फर्किए पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् । नेपाली सेनाले उद्धार तथा खोजी कार्यमा भइरहेको…
Read More
रसुवा बाढी : धादिङका विभिन्न स्थानमा ६ जनाको शव फेला

रसुवा बाढी : धादिङका विभिन्न स्थानमा ६ जनाको शव फेला

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार दिउँसो ३ बजेसम्म जिल्लाका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार गल्छी गाउँपालिका–स्थित महेश दोभानमा एक महिलाको शव भेटिएको छ । त्यस्तै, गल्छी गाउँपालिकाकै कोल्फु खोला पुलनजिकै दुई पुरुषको शव फेला परेको छ । सिद्धलेख गाउँपालिका–७ स्थित त्रिशूली नदीको किनारमा एक जनाको तथा बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजारनजिकै त्रिशूली नदी किनारमा दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई उपचारका…
Read More
प्रचण्डसँग असन्तुष्ट सांसदको भेट : तीन मन्त्रालय र सभामुखमा नेकपाको दाबी

प्रचण्डसँग असन्तुष्ट सांसदको भेट : तीन मन्त्रालय र सभामुखमा नेकपाको दाबी

९ भदौ, काठमाडौं — बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । भेटमा उनीहरूले सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड, सरकार सञ्चालन र सरकारको स्थायित्वबारे छलफल गरेका छन् । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहित ८ जना सांसदले प्रचण्डसँग भेट गरेका हुन् । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता साझेदारी गरेर सरकार गठन गर्नुपर्ने अवस्था किन आयो, सरकार कसरी सञ्चालन गर्ने र त्यसको स्थायित्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रश्न उठाएका थिए । प्रचण्डसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै उपनेता खनालले विगतमा सत्ता खेलमा लागेर…
Read More
रास्वपा बैठकमा सांसदका प्रश्न, मन्त्रीले दिए जवाफ

रास्वपा बैठकमा सांसदका प्रश्न, मन्त्रीले दिए जवाफ

३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा सरकारको कामकारबाहीबारे प्रश्न उठाएका छन्। सांसदहरूले राखेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले बैठकमै जवाफ दिएका छन्। बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेको आह्वानमा सांसद तथा मन्त्रीहरूको उपस्थितिमा बैठक बसेको हो। बैठकबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सांसदहरूले आफ्ना क्षेत्रका समस्या तथा आम जनताबाट आएका गुनासा बैठकमा राखेको बताए। उनका अनुसार सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले पनि बैठकमै जवाफ दिएका थिए। संसदीय दलको कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पराजुलीले भने, ‘माननीय मन्त्रीज्यूले सबै विषयमा यी लगायत सबै…
Read More
भदौ ५ मा रास्वपाको केन्द्रीय समिति बैठक

भदौ ५ मा रास्वपाको केन्द्रीय समिति बैठक

१ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन्। बैठक भदौ ५ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको छ। बैठकमा केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरी प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गराउने तयारी गरिएको छ। रास्वपामा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ। त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गरिने तयारी छ। केन्द्रीय समिति बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ। यसअघि साउन १३ गते बसेको रास्वपा…
Read More
पत्रकार श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा पुग्यो प्रहरी टोली

पत्रकार श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा पुग्यो प्रहरी टोली

२८ साउन, काठमाडौं — पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको छ। आज बिहान प्रहरीको टोली कार्यालयमा पुगेर खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण जाँच गर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो। प्रहरी टोली बिहान ७ बजे नै कार्यालय पुगेको थियो। चार–पाँच जना प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयभित्र प्रवेश गरेका प्रहरीले कागजपत्र तथा विभिन्न इलेक्ट्रोनिक उपकरण संकलन गरेको एक पत्रकारले बताएका छन्। पत्रकार श्रेष्ठलाई प्रहरीले गएराति पक्राउ गरेको थियो। उनको पक्राउको विरोध गर्दै नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने…
Read More
ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षलेद्वारा  सरकारको ध्यानाकर्षण

ग्यास अभावबारे राष्ट्रिय सभा अध्यक्षलेद्वारा सरकारको ध्यानाकर्षण

२७ साउन, काठमाडौं — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बजारमा ग्यासको सहज आपूर्ति र बिक्री–वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्। बैठकको शून्य तथा विशेष समयमा राष्ट्रिय सभा सदस्यहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको विषय उठाएका थिए। जनस्तरबाट समेत ग्यास अभावबारे व्यापक गुनासो आइरहेको भन्दै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘शून्य समय र विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले…
Read More
५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डसहित नाइमा मोबिलिटी एक्स्पो सुरु

५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डसहित नाइमा मोबिलिटी एक्स्पो सुरु

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि सुरु भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो। साउन ३१ गतेसम्म चल्ने एक्स्पो गत वर्षको तुलनामा अझ भव्य हुने आयोजकले जनाएको छ। एक्स्पोका संयोजक गौरव शारडाका अनुसार चीनका राष्ट्रपतिले चढ्ने लक्जरी ब्रान्ड ‘हङसी’ पहिलोपटक नेपाली मञ्चमा प्रस्तुत हुँदैछ। साथै, दर्जनौँ नयाँ विद्युतीय तथा हाइब्रिड सवारी सार्वजनिक हुनेछन्, जसले भविष्यको नेपाली सडकको स्वरूपबारे झलक दिनेछ। साना ईभीदेखि प्रिमियम एसयूभी, स्मार्ट स्कुटरदेखि सिटी बससम्मका विभिन्न सवारी एउटै छानामुनि प्रदर्शनमा राखिएका छन्। नाइमाका अनुसार भृकुटीमण्डप…
Read More
‘सरकार लिकबाट बाहिरिए पुनः लिकमै ल्याउँछौँ’ : लामिछाने

‘सरकार लिकबाट बाहिरिए पुनः लिकमै ल्याउँछौँ’ : लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलले सरकारलाई सही बाटोमा ल्याउने क्षमता राख्ने बताएका छन्। नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार बोल्दै लामिछानेले सरकार आफ्नो बाटोबाट बाहिरिए पुनः सही दिशामा ल्याउने बताए। उनले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ। बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ।’ लामिछानेले सरकारको यात्रामा कहिलेकाहीँ राजनीतिक उतारचढाव आउन सक्ने भए पनि त्यसलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताए। जहाज बादलभित्र प्रवेश गर्दा…
Read More