Skip to main content

Epost Nepal

अन्तर्राष्ट्रिय

मोरोक्को प्रि-क्वार्टरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो

मोरोक्को प्रि-क्वार्टरफाइनलमा, नेदरल्याण्ड्स बाहिरियो

१६ असार, काठमाडौं — मोरोक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै नेदरल्याण्ड्स फिफा विश्वकपबाट बाहिरिएको छ। पेनाल्टीमा मोरोक्कोले नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गर्दै अन्तिम १६ अर्थात् प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको हो। नेदरल्याण्ड्सका जस्टिन क्लुभर्ट, क्विन्टन टिम्सर र क्राइसेन्सको समरभिल पेनाल्टीमा गोल गर्न असफल रहे। निर्धारित ९० मिनेटको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७१औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। तर मोरोक्कोका इस्सा डियोपले ९०औँ मिनेटमा बराबरी गोल गर्दै खेल १-१ को अवस्थामा पुर्‍याए। त्यसपछि अतिरिक्त ३० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै मोरोक्कोले नेदरल्याण्ड्सलाई स्तब्ध पार्यो…
Read More
युक्रेनको ड्रोन प्रहारले रूसको इन्धन पूर्वाधार प्रभावित

युक्रेनको ड्रोन प्रहारले रूसको इन्धन पूर्वाधार प्रभावित

१५ असार, काठमाडौं — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसमा इन्धन अभावको समस्या देखिएको स्वीकार गरेका छन्। हालैका दिनमा युक्रेनले तीव्र बनाएको ड्रोन आक्रमणका कारण रूसका तेल प्रशोधन केन्द्रहरूमा आगलागी भएपछि धेरै क्षेत्रमा पेट्रोल वितरणमा सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ। सरकारी टेलिभिजनमा आइतबार प्रसारित अन्तर्वार्तामा पुटिनले, “हाम्रा पूर्वाधारमा भएका यी आक्रमणले समस्या सिर्जना गरिरहेका छन्, यो स्पष्ट छ,” भन्दै प्रतिक्रिया दिएको फाइनान्सियल टाइम्सले जनाएको छ। उनले आक्रमणका कारण केही इन्धन अभाव भएको स्वीकार गरे पनि अवस्था गम्भीर नरहेको दाबी गरे। साथै, इन्धन आपूर्ति सहज बनाउन सरकारले काम गरिरहेको पनि उनले बताए। युक्रेनले…
Read More
युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

युरोपमा गर्मीको प्रकोप, अतिरिक्त १ हजार ३०० मृत्यु

१५ असार, काठमाडौं — विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समार्फत २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिएका हुन्। गर्मी मौसमको सुरुआतमै देखिएको अभूतपूर्व तातो लहरले युरोपको जनजीवन प्रभावित भएको छ। आइतबार पनि विभिन्न युरोपेली देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। बीबीसीका अनुसार जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको छ भने भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको छ। महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक…
Read More
समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

१४ असार, काठमाडौं — फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेल सम्पन्न भएका हुन्। समूह चरणमा मेसीसँगै क्यानाडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले पनि ह्याट्रिक गरेका छन्। मेसीले समूह जे अन्तर्गतको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। जोर्डनविरुद्धको तेस्रो खेलमा भने बेन्चबाट मैदान प्रवेश गरेका मेसीले दोस्रो हाफमा गोल गरे। यस विश्वकपमा उनले ६ गोल…
Read More
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी डेल्सी रोड्रिगेजलाई

भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी डेल्सी रोड्रिगेजलाई

२० पुस, काठमाडौं — भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि रोड्रिगेजले उक्त जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक भएको जनाएको थियो । अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो…
Read More
नेपालबाट सिमेन्ट र क्लिंकर निर्यातमा वृद्धि

नेपालबाट सिमेन्ट र क्लिंकर निर्यातमा वृद्धि

१८ पुस, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिंकर विदेश पठाइएको हो। गत आर्थिक वर्षको समान अवधिमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। यस वर्षको पाँच महिनामा क्लिकंर निर्यात २९ करोड ९७ लाख रुपैयाँको र सिमेन्ट ८९ करोड ६६ लाख रुपैयाँको भएको विभागले जनाएको छ। सम्पूर्ण गत आर्थिक वर्षमा नेपालले २ अर्ब ९१ करोड रुपैयाँ बराबरको सिमेन्ट…
Read More
रूसको दाबीपछि ट्रम्प आक्रोशित, जेलेन्स्कीले आरोप अस्वीकार गरे

रूसको दाबीपछि ट्रम्प आक्रोशित, जेलेन्स्कीले आरोप अस्वीकार गरे

१५ पुस, काठमाडौं — रूसद्वारा राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाईएको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासतर्फ आइतबार राति युक्रेनबाट ९१ वटा ड्रोन प्रहार गरिएको थियो। उनले टेलिग्राममार्फत जारी विज्ञप्तिमा उक्त सबै ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेका छन्। आक्रमणबाट कुनै मानवीय वा भौतिक क्षति नभएको पनि उनले बताएका छन्। यस घटनालाई आधार बनाउँदै रूसले शान्ति वार्तासम्बन्धी आफ्नो अडान पुनरावलोकन गर्न सक्ने चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ। लाभरोभले युक्रेनले ‘राज्य आतंकवाद’को नीति अपनाएको आरोप लगाउँदै वार्तास्थितिमा पुनः समीक्षा हुन सक्ने बताए पनि अमेरिकासँगको संवाद…
Read More
समुद्री ड्रोन आक्रमणबाट रूसी पनडुब्बीमा क्षति पुगेको युक्रेनको दाबी

समुद्री ड्रोन आक्रमणबाट रूसी पनडुब्बीमा क्षति पुगेको युक्रेनको दाबी

१ पुष, काठमाडौं — युक्रेनले पहिलो पटक पानीमुनि सञ्चालन हुने समुद्री ड्रोन प्रयोग गरी ब्ल्याक सागर क्षेत्रमा रहेको रूसी पनडुब्बीमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ। युक्रेनको सुरक्षा सेवा (एसबियु) ले स्वदेशमै निर्माण गरिएका ‘सब सी बेबी’ ड्रोनमार्फत नोभोरोस्सियस्क नजिकको बन्दरगाहमा रहेको ‘किलो क्लास’ पनडुब्बीलाई निशाना बनाएको जनाएको छ। एसबियुले सार्वजनिक गरेको भिडियोमा समुद्री तट नजिकै शक्तिशाली विस्फोट भएको देखिन्छ, जहाँ पनडुब्बी र अन्य जहाजहरू राखिएको छ। बन्दरगाहको संरचना र घाटको अवस्थाको आधारमा उक्त भिडियो नोभोरोस्सियस्क बन्दरगाहकै भएको समाचार संस्था रोयटर्सले पुष्टि गरेको छ। युक्रेनी आक्रमणपछि रूसले क्राइमियाबाट आफ्ना युद्धपोतहरू हटाउनुपरेको र त्यस क्रममा उक्त पनडुब्बीलाई पनि नोभोरोस्सियस्कमा…
Read More
गोवाको नाइट क्लब आगलागीमा ४ नेपालीको ज्यान गयो

गोवाको नाइट क्लब आगलागीमा ४ नेपालीको ज्यान गयो

२२ मंसिर, काठमाडौं — भारतको गोवाको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यरात लागेको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको खुलासा भएको छ। घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये २० जना क्लबका कर्मचारी रहेको र तीमध्ये चार जना नेपाली नागरिक भएको विवरण गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन्। उनीहरू नेपालका नागरिक भए पनि ठेगाना खुलाइएको छैन। गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ। अधिकारीहरूको भनाइअनुसार क्लबमा नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगो लागेको हो। साँघुरा बाटोका…
Read More
ग्यास विस्फोटबाट गोवाको नाइटक्लबमा भीषण आगलागी, २३ मृत

ग्यास विस्फोटबाट गोवाको नाइटक्लबमा भीषण आगलागी, २३ मृत

२१ मंसिर, काठमाडौं — भारतको गोवा राज्यको उत्तरी क्षेत्र अर्पोरा स्थित एक नाइटक्लबमा भएको भीषण आगलागीमा २३ जनाको ज्यान गएको छ। किचनमा काम गर्ने क्रममा सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय प्रहरीको भनाइ छ। समाचार एजेन्सी पीटीआई अनुसार, गोवाका डीजीपी आलोक कुमारले राति १२:०४ बजे सूचना पाएलगत्तै प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थलमा पुगेको बताए। उनका अनुसार सबै शव फेला पारिएको छ। आगलागी क्लबको भुइँतलामा रहेको किचन क्षेत्रबाट सुरु भएको थियो र त्यही क्रममा २३ जनाको मृत्य‌ु भएको पुष्टि गरिएको हो। स्थानीय बासिन्दा र कर्मचारीका अनुसार, घटना हुँदा क्लबमा कर्मचारीसँगै केही ग्राहक पनि उपस्थित थिए। मृत्यु हुनेमध्ये चारजना पर्यटकसमेत रहेकाछन्।…
Read More