Skip to main content

Epost Nepal

अन्तर्राष्ट्रिय

उपत्यकाको यातायात सुधारका लागि नेपाल–जापानबीच महत्वपूर्ण ऋण सम्झौता

उपत्यकाको यातायात सुधारका लागि नेपाल–जापानबीच महत्वपूर्ण ऋण सम्झौता

१७ मंसिर, काठमाडौं — नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माणका लागि ऋण सम्झौता सम्पन्न भएको छ। अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा यो सम्झौता हस्ताक्षर गरिएको हो। जापान सरकारले परियोजना निर्माणका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। अर्थ मन्त्रालयका अनुसार JICA मार्फत प्राप्त हुने यस ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत हुनेछ। परियोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसको कार्यान्वयन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले गर्नेछ। एक्सचेन्ज अफ नोट्स मा अर्थसचिव…
Read More
सुनौली–दिल्ली रुटको बसमा भीषण आगलागी, सवारमध्ये धेरैजसो नेपाली यात्रु

सुनौली–दिल्ली रुटको बसमा भीषण आगलागी, सवारमध्ये धेरैजसो नेपाली यात्रु

१६ मंसिर, काठमाडौं — भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा एक बसमा भीषण आगलागी भएको छ, जसमा परेर कम्तीमा तीनजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी सुरु भएको बताइएको छ। ठक्करपछिको धक्काले बस करीब १०० मिटर घिस्रिँदै हाइ–टेन्सन लाइनको खम्बामा ठोक्किएको थियो, जसपछि खम्बा भाँचिएर बसमाथि खसेको थियो। यूपी२२एटी ०२४५ नम्बरको उक्त बस भारत–नेपाल सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो। बसमा ४५ जना यात्रु सवार थिए, जसमा धेरैजसो नेपाली रहेको उल्लेख छ। घटनापछि बस चालक र सहचालकको अवस्थाबारे हालसम्म कुनै जानकारी नआएको बताइन्छ।
Read More
हतियार निर्माताहरूको आम्दानी ५.९% ले बढेर ऐतिहासिक रेकर्ड

हतियार निर्माताहरूको आम्दानी ५.९% ले बढेर ऐतिहासिक रेकर्ड

१६ मंसिर, काठमाडौं − विश्वका ठूला हतियार उत्पादक कम्पनीहरूले हतियार तथा सैन्य सेवाको बिक्रीबाट गर्ने आम्दानी गत वर्ष ५.९ प्रतिशतले वृद्धि भएको छ। युक्रेन र गाजामा जारी द्वन्द्व तथा विभिन्न देशहरूको बढ्दो सैन्य खर्चका कारण माग बढ्दै गई आम्दानी ६७९ अर्ब डलर पुगेको एपी समाचार संस्थाले उल्लेख गरेको छ। यो रकम अहिलेसम्मकै उच्च स्तर हो। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI) का अनुसार, यो वृद्धि मुख्यतः युरोप र अमेरिकामा आधारित कम्पनीहरूले तानेका हुन्। चीनको हतियार उद्योगमा देखिएका समस्याका कारण एसिया र ओसिनियाबाहेकका क्षेत्रहरूमा आम्दानी बढेको बताइएको छ। विश्वस्तरमा आम्दानी वृद्धि अमेरिकाका शीर्ष १०० हतियार उत्पादक कम्पनीमध्ये रहेका ३९ मध्ये ३० कम्पनीको…
Read More
गाजा संकटः इसराइलको आक्रमणबाट मृत्यु हुने संख्या ७० हजार पुग्यो

गाजा संकटः इसराइलको आक्रमणबाट मृत्यु हुने संख्या ७० हजार पुग्यो

१५ मंसिर, काठमाडौं − गाजामा जारी इसराइली आक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये संख्या ७० हजार १ सय पुगेको छ। रोयटर्सका अनुसार, इसराइलले गरेको हवाई हमलाबाट ध्वस्त बनेका संरचनाहरूको भग्नावशेषबाट पछिल्ला तीन दिनमै ३०० भन्दा बढी शव फेला परेका छन्। अझै पनि धेरै शव भग्नावशेषभित्र रहेको अनुमान गरिएको छ। युद्धविराम लागू भए पनि इसराइलले विभिन्न आरोपका आधारमा गाजामा आक्रमण जारी राखेको बताइएको छ। हमासले युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको र नियन्त्रण रेखामा इसराइली सैनिकको हत्या गरिएको आरोप लगाउँदै इसराइलले हमासमाथि लक्षित आक्रमण गरिरहेको थियो। दुई वर्षदेखिको युद्धमा गाजामा भएका कुल मृत्युका…
Read More
चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा

चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा

१८ मङ्सिर, काठमाडौं  - चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीचको भेटवार्ताका क्रममा सीले मंगलबार नेपाललाई ५०० मिलियन आरएमबी (करिब नौ अर्ब) रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा मंगलबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए । चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन् ।
Read More
नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर

१८ मङ्सिर, काठमाडौं  - नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । नेपाल-चीनबीच भएका सहमति र समझदारी * टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान * नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान * ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान * भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर * विकास योजनासम्बन्धी…
Read More
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

२१ कात्तिक, काठमाडौं - डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुहमत सिट (२७०)भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन् । पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमला २२४ सिट जितेकी छन् । आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए । पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए । ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन् । उनले अमेरिकाको हितमा…
Read More
सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार एआई सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने

सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार एआई सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने

२२ असोज, काठमाडौं - सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हालै एक वक्तव्य जारी गर्दै कृत्रिम न्युरल नेटवर्कमा अनुसन्धान गरेका अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती-क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने जानकारी दिएको हो । उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कमा मसिन लर्निङ इनेबल गराउने आधारभूत आविष्कार र खोजका लागि’ यो पुरस्कार दिइने भएको हो । सन् १९७० को अन्त्यतिर र १९८० को सुरुतिर प्रारम्भ गरिएको यो अध्ययनले एआईको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।…
Read More
इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जनाको मृत्यु

इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जनाको मृत्यु

७ असोज, काठमाडौं - इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जना मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ७ सय २७ जना घाइते भएका छन् । बीबीसीका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । इजरायली सेनाले भने लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने उल्लेख गरेको छैन । इजरायली सेना आईडीएफका प्रवक्ता डानियल हगारीले दक्षिणी लेबनानका तीन सय स्थानलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन् । ‘हामीले आक्रमण गरेका हरेक घरमा हातहतियार थिए,’…
Read More
नेपाल शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ अघि बढिरहेको छ: योगेश भट्टराई

नेपाल शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ अघि बढिरहेको छ: योगेश भट्टराई

२६ भदौ, काठमाडौं - नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन् । चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा आयोजित १४ औं विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराईले जबज नेपाली भूमिमा मार्क्सवादको सिर्जनात्मक प्रयोग रहेको र त्यसैको आलोकमा समाजवाद हासिल गर्न चाहेको बताए । ‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक–आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौं, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ । हाम्रो पार्टी नेकपा (एमाले) ले स्वर्गीय कमरेड मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विकास गरेको छ,’…
Read More