Skip to main content

Epost Nepal

अन्तर्राष्ट्रिय

साउनमा ७० हजार ४ सय ४१ जनाले लिए श्रम स्वीकृति

साउनमा ७० हजार ४ सय ४१ जनाले लिए श्रम स्वीकृति

२ भदौ, काठमाडौं — साउन महिनामा वैदेशिक रोजगारीमा जान ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृतिसमेत गरी ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन्। साउनमा पहिलोपटक श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६ सय ९३ रहेको छ भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, १२ हजार ४ सय ४२ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका…
Read More
प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन एर्दोगानको निम्तो

प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन एर्दोगानको निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्। उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्। ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ सहसचिव ढकालले भने, ‘टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।’ परराष्ट्र मन्त्रालयमा प्राप्त उक्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले जानकारी दिए। तर, सम्मेलनमा…
Read More
प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार मध्याह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेट भएको हो। प्रधानमन्त्री शाहलाई भेट्न भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको साझा हितका क्षेत्रमा सहकार्य…
Read More
विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेका छन्। आइतबार बिहान तेस्रो स्थानका लागि इंग्ल्याण्डविरुद्ध भएको खेलमा एमबाप्पेले दुई गोल गर्दै एक असिस्ट पनि गरे। यस प्रदर्शनसँगै उनले दुवै प्रतिस्पर्धामा मेसीलाई उछिनेका हुन्। हालसम्म एमबाप्पेको नाममा जारी विश्वकपमा १० गोल र ४ असिस्ट पुगेको छ। यता फाइनलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट रहेको छ। गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था बनेको छ। यदि मेसीले दुई गोलभन्दा कम गरे भने एमबाप्पे विश्वकपमा दोस्रो पटक गोल्डेन बुट…
Read More
इरान–अमेरिका सम्बन्ध फेरि किन तनावतर्फ?

इरान–अमेरिका सम्बन्ध फेरि किन तनावतर्फ?

३१ असार, काठमाडौं — अमेरिका र इरानबीच युद्धविरामपछि भएको प्रारम्भिक समझदारी दीर्घकालीन शान्तिमा रूपान्तरण हुन सकेको छैन। होर्मुज जलमार्गको नियन्त्रण, इरानको आणविक कार्यक्रम, तेल निर्यातमाथिको प्रतिबन्ध तथा जफत गरिएको सम्पत्तिको विषयमा दुवै देशबीच मतभेद बढ्दै जाँदा सम्बन्ध फेरि तनावपूर्ण बनेको छ। विश्लेषकहरूका अनुसार १४ बुँदे ‘इस्लामावाद समझदारीपत्र’ ले तत्काल युद्ध रोक्न र होर्मुज जलमार्ग पुनः सञ्चालन गर्न सहयोग गरे पनि त्यसका धेरै प्रावधान स्पष्ट थिएनन्। विशेषगरी इरानको आणविक कार्यक्रम, दीर्घकालीन सुरक्षा व्यवस्था र प्रतिबन्ध हटाउनेजस्ता संवेदनशील विषय दोस्रो चरणको वार्ताका लागि छाडिएकाले अहिले त्यही अस्पष्टता विवादको मुख्य कारण बनेको बताइएको छ। सम्झौताबारे दुवै पक्षको फरक धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…
Read More
पश्चिम बङ्गालमा भ्रष्टाचार आरोप छानबिन गर्न आयोग गठन

पश्चिम बङ्गालमा भ्रष्टाचार आरोप छानबिन गर्न आयोग गठन

३१ असार, काठमाडौं — पश्चिम बङ्गाल सरकारले ममता बनर्जी नेतृत्वको सरकारको कार्यकालमा लागेको भनिएको भ्रष्टाचारसम्बन्धी आरोपहरूको छानबिन गर्न आयोग गठन गरेको छ। आयोगको अध्यक्षमा कलकत्ता उच्च अदालतका सेवानिवृत्त न्यायाधीश विश्वजीत बसुलाई नियुक्त गरिएको छ। राज्य सचिवालयले गत जुलाई १० मा जारी गरेको विज्ञप्तिअनुसार आयोगले सन् २०११ देखि यस वर्षको मे महिनासम्म लागेका भ्रष्टाचारका आरोपहरूको अनुसन्धान गर्नेछ। अनुसन्धानको दायरामा शिक्षा, खाद्य तथा आपूर्ति, राहत तथा विपद् व्यवस्थापन, नगरपालिका, पञ्चायत, आवास तथा मत्स्यपालनसँग सम्बन्धित कामकारबाही समेटिएका छन्। गृह मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले विभिन्न क्षेत्रमा उठेका भ्रष्टाचारका आरोपहरूको छानबिन गर्नेछ। यसमा घुसखोरी, अम्फान आँधीपछि वितरण गरिएको राहतमा भएको भनिएको अनियमितता तथा १००…
Read More
होर्मुज तनाव चुलियो, अमेरिकी सेनाको इरानमाथि नयाँ आक्रमण

होर्मुज तनाव चुलियो, अमेरिकी सेनाको इरानमाथि नयाँ आक्रमण

२८ असार, काठमाडौं — होर्मुज जलसन्धिमा साइप्रसको झण्डावाहक एक कन्टेनर जहाजमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानमाथि यसै साताको तेस्रो चरणको सैन्य हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले उक्त सैन्य कारबाही भएको पुष्टि गरेको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै त्यसबारे समझदारी ज्ञापन पत्र पालना गर्ने अवसर दिइएको भए पनि इरान त्यसमा पुनः असफल भएको उल्लेख गरेको छ। यसैबीच, इरानले अर्को सूचना जारी नभएसम्मका लागि होर्मुज जलसन्धि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानको उक्त निर्णयपछि अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले गलत निर्णय गरेको टिप्पणी गर्दै…
Read More
अतिरिक्त समयमा चम्कियो अर्जेन्टिना, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अतिरिक्त समयमा चम्कियो अर्जेन्टिना, स्विट्जरल्यान्ड ३–१ ले पराजित

२८ असार, काठमाडौं — साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सातौं पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे। खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। स्विट्जरल्यान्डले ६७औं मिनेटमा खेल बराबरीमा ल्यायो। रिकार्डो रोड्रिगेजको असिस्टमा डान एनडोयेले गोल गर्दै टोलीलाई १–१ को अवस्थामा पुर्‍याएका थिए। ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। त्यसपछि स्विट्जरल्यान्ड…
Read More
बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

बोस्नियालाई २–० ले हराउँदै अमेरिका नकआउट चरणमा

१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो गोल गरेका उनी नै ६४औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो। १० खेलाडीमा सीमित भए पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक…
Read More
घरेलु समर्थकमाझ मेक्सिकोको शानदार प्रदर्शन, अन्तिम १६ मा प्रवेश

घरेलु समर्थकमाझ मेक्सिकोको शानदार प्रदर्शन, अन्तिम १६ मा प्रवेश

१७ असार, काठमाडौं — सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। बुधबार बिहान मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा भएको खेलमा घरेलु टोली मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रातर्फ अर्को कदम अघि बढाएको हो। मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३१औँ मिनेटमा राउलले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र मेक्सिको २–० ले विजयी बन्यो। बल पोजिसनमा इक्वेडर अघि रहे पनि गोल गर्न भने असफल रह्यो। जुलियन विश्वकपका तीन फरक…
Read More