Skip to main content

Epost Nepal

epostnp

224 Posts
रसुवा बाढी : धादिङका विभिन्न स्थानमा ६ जनाको शव फेला

रसुवा बाढी : धादिङका विभिन्न स्थानमा ६ जनाको शव फेला

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार दिउँसो ३ बजेसम्म जिल्लाका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार गल्छी गाउँपालिका–स्थित महेश दोभानमा एक महिलाको शव भेटिएको छ । त्यस्तै, गल्छी गाउँपालिकाकै कोल्फु खोला पुलनजिकै दुई पुरुषको शव फेला परेको छ । सिद्धलेख गाउँपालिका–७ स्थित त्रिशूली नदीको किनारमा एक जनाको तथा बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजारनजिकै त्रिशूली नदी किनारमा दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई उपचारका…
Read More
नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सीको निर्देशन

नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सीको निर्देशन

१० भदौ, काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् । समाचार एजेन्सी ग्लोबल टाइम्सले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै सीले बाढीपहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि आवश्यक सबै प्रयास गर्न निर्देशन दिएको जनाएको छ ।
Read More
रसुवाको बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डको विवरण

रसुवाको बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डको विवरण

१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त विवरणका आधारमा झन्डै ४ सय पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ । सम्पर्कविहीन हुनेमा २ सय ९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग विवरण पुष्टि गरेपछि पर्यटन बोर्डले उक्त तथ्यांक सार्वजनिक गरेको हो । बोर्डका अनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट गएका ७१ जना सम्पर्कविहीन छन् । तीमध्ये ५९ भारतीय र १२ नेपाली छन् । त्यस्तै, काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन्,…
Read More
रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍यायो

रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्‍यायो

१० भदौ, काठमाडौं — तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजे अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुर्‍याएको हो । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read More
प्रचण्डसँग असन्तुष्ट सांसदको भेट : तीन मन्त्रालय र सभामुखमा नेकपाको दाबी

प्रचण्डसँग असन्तुष्ट सांसदको भेट : तीन मन्त्रालय र सभामुखमा नेकपाको दाबी

९ भदौ, काठमाडौं — बागमती प्रदेशमा सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्ट रहेका सांसदहरूले मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । भेटमा उनीहरूले सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड, सरकार सञ्चालन र सरकारको स्थायित्वबारे छलफल गरेका छन् । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहित ८ जना सांसदले प्रचण्डसँग भेट गरेका हुन् । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता साझेदारी गरेर सरकार गठन गर्नुपर्ने अवस्था किन आयो, सरकार कसरी सञ्चालन गर्ने र त्यसको स्थायित्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्रश्न उठाएका थिए । प्रचण्डसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै उपनेता खनालले विगतमा सत्ता खेलमा लागेर…
Read More
आकाशे पुल प्रयोग गर्न सुझाउँदा प्रहरी जवानमाथि हातपात

आकाशे पुल प्रयोग गर्न सुझाउँदा प्रहरी जवानमाथि हातपात

९ भदौ, काठमाडौं — काठमाडौंको बानेश्वरमा एक पुरुषले ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेका छन् । मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजिरहेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् । महिला प्रहरी जवानले बाटो काट्न रोक्दै आकाशे पुल प्रयोग गर्न आग्रह गरेपछि कठायतले उनीमाथि हातपात गरेको…
Read More
तीन समूहसँग छुट्टाछुट्टै सम्झौता, प्रसाईंको समूहले उठायो बैंक ऋणीको मुद्दा

तीन समूहसँग छुट्टाछुट्टै सम्झौता, प्रसाईंको समूहले उठायो बैंक ऋणीको मुद्दा

९ भदौ, काठमाडौं — सरकारले साउन र भदौमा तीन छुट्टाछुट्टै लघुवित्त पीडित समूहसँग सम्झौता गरेको छ । आमरण अनशन, धर्नालगायतका आन्दोलन गरेपछि सरकारले तीनै समूहसँग छुट्टाछुट्टै सम्झौता गरेको हो । सरकारले साउन १५, साउन २८ र भदौ ६ गते लघुवित्त पीडितसँग सम्झौता गरेको छ । पीडितले कर्जा मिनाहलाई मुख्य माग बनाए पनि सरकारले त्यस विषयमा अध्ययन गरी उपयुक्त र कार्यान्वयन गर्न सकिने विकल्प अघि बढाउने सहमति गरेको छ । त्यसैगरी कर्जा पुनर्तालिकीकरण, कालोसूची, धितो लिलामी र ऋणी पुनर्स्थापनालगायत विषयमा पनि सरकारले तीनै समूहलाई समान प्रकृतिको समाधानको आश्वासन दिएको छ । तर, तीन समूहमा दुर्गा प्रसाईं समर्थित समूहले भने सरकारसँगको सम्झौतामा…
Read More
लगातारको वर्षापछि बाँसबारीमा साढे २ तले घर भासियो

लगातारको वर्षापछि बाँसबारीमा साढे २ तले घर भासियो

५ भदौ, काठमाडौं — काठमाडौंको बाँसबारीमा साढे २ तले एउटा घर भासिएको छ । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित उक्त घर बिहीबार बेलुकी करिब ८ बजे भासिएको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार लगातारको वर्षाका कारण घर भासिएको हो । उक्त घरमा यसअघि न्यू गण्डकी गेस्ट हाउस सञ्चालन हुँदै आएको थियो । तर, घर भासिँदा त्यहाँ कोही पनि नरहेकाले मानवीय क्षति भने हुन पाएन । महानगरपालिकाले घटनामा मानवीय क्षति नभएको जनाएको छ ।
Read More
बागमती सरकारमा नेकपाको तर्फबाट सरल सहयात्री मन्त्री बन्दै

बागमती सरकारमा नेकपाको तर्फबाट सरल सहयात्री मन्त्री बन्दै

४ भदौ, काठमाडौं — बागमती प्रदेशमा आज गठन हुने नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट गर्ने सहमति अनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो । नेकपाबाट मन्त्री बन्नेमा सिन्धुपाल्चोकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका सरल सहयात्रीको नाम टुंगिएको नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार भागबण्डामा नेकपाले पाउने अर्को एक मन्त्रालयमा कसलाई पठाउने भन्ने विषय भने औपचारिक रूपमा टुंगिएको छैन । नेकपाबाट अर्का…
Read More
२०० वर्ष पुरानो चौतारा कहाँ गयो? पाँच वर्षपछि उठ्यो अतिक्रमणको प्रश्न

२०० वर्ष पुरानो चौतारा कहाँ गयो? पाँच वर्षपछि उठ्यो अतिक्रमणको प्रश्न

४ भदौ, काठमाडौं — जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष पुगेको छ । स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको उक्त चौतारा रहेको स्थान सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ । चौतारा नरहे पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले चिनिने पुरानो ढुङ्गे धारा भने अहिले पनि कायम छ । परापूर्वकालदेखि स्थानीयले खानेपानी, नुहाउने तथा विभिन्न संस्कारका लागि प्रयोग गर्दै आएको उक्त धारालाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरिएको छ । ढुङ्गे धारासँगै रहेको सार्वजनिक चौतारा भएको स्थानमा दुई कित्ता सार्वजनिक…
Read More