Skip to main content

Epost Nepal

गगनको राजनीतिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरिँदै

१९ असोज, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।

खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पारित गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए।

उक्त प्रतिवेदन आजैदेखि सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ।

आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनअघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवाको सहभागिता तथा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालगायत विषय समेटिएका छन्।

सहमहामन्त्री कर्णबहादुर बुढाका अनुसार खाना खानका लागि केन्द्रीय समिति बैठक अहिले स्थगित गरिएको छ। खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *