Skip to main content

Epost Nepal

भोट माग्दै महाधिवेशन प्रतिनिधिमाझ पुगे गगन थापा

२३ असोज, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत मागेका छन्।

थापाले प्रदर्शनीमार्ग र खुलामञ्चबाहिर मतदानका लागि लाइनमा बसेका प्रतिनिधिहरूसँग भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका हुन्।

सभापति पदका लागि थापा र काठमाडौं क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *