Skip to main content

Epost Nepal

Breaking News 2

बागमती सरकारमा नेकपाको तर्फबाट सरल सहयात्री मन्त्री बन्दै

बागमती सरकारमा नेकपाको तर्फबाट सरल सहयात्री मन्त्री बन्दै

४ भदौ, काठमाडौं — बागमती प्रदेशमा आज गठन हुने नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँट गर्ने सहमति अनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो । नेकपाबाट मन्त्री बन्नेमा सिन्धुपाल्चोकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका सरल सहयात्रीको नाम टुंगिएको नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार भागबण्डामा नेकपाले पाउने अर्को एक मन्त्रालयमा कसलाई पठाउने भन्ने विषय भने औपचारिक रूपमा टुंगिएको छैन । नेकपाबाट अर्का…
Read More
कोशीमा कांग्रेसको समर्थन फिर्ता, अब रचनात्मक प्रतिपक्षमा बस्ने

कोशीमा कांग्रेसको समर्थन फिर्ता, अब रचनात्मक प्रतिपक्षमा बस्ने

३ भदौ, काठमाडौं — नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। कांग्रेससँगको सहकार्य टुटेपछि अहिले कोशी प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ। बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार कांग्रेसले अब प्रदेशसभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ।
Read More
नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली

२ भदौ, काठमाडौं — नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं महानगरपालिका–१५ स्थित ‘नेवाः मंका छेँ’ मा राखिएको छ। ९३ वर्षीय श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। पछिल्लो समय अस्वस्थ रहेका श्रेष्ठको निधन घरमै भएको नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लले जानकारी दिए। श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा योगदान पुर्‍याएका छन्। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’ को उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषा तथा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका श्रेष्ठको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति…
Read More
देउवा पक्षको भेलाले गर्‍यो सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय

देउवा पक्षको भेलाले गर्‍यो सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय

१ भदौ, काठमाडौं — नेपाली कांग्रेसको संस्थापनइतर पक्षको तीनदिने भेला/सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ। साउन २९ गतेदेखि सुरु भएको भेला आज सम्पन्न भएको हो। भेलाले विभिन्न पाँचवटा निर्णय गरेको छ। धर्मसम्बन्धी निर्णयमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गरिएको छ। साथै, नेपालमा कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सुनिश्चितता गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। निर्णयमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक…
Read More
किशोर श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका वकिल र पत्रकार नेताहरू फर्काइए

किशोर श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका वकिल र पत्रकार नेताहरू फर्काइए

२८ साउन, काठमाडौं — पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका उनका वकिलहरूलाई प्रहरीले भेट्न दिएको छैन। अधिवक्ता टिकाराम भट्टराईसहितका वकिल श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नमिल्ने भन्दै उनीहरूलाई फर्काएको हो। प्रहरीले श्रेष्ठकी श्रीमती तथा उनी निकट पत्रकारसम्बन्धी संघ–संगठनका प्रतिनिधिलाई समेत भेट्न दिएको छैन। आज प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेललगायत श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नदिएको प्रेस सेन्टरका महासचिव घर्तीले बताए। ‘प्रहरीले किशोर श्रेष्ठका वकिल र श्रीमतीलाई समेत भेट्न दिएको छैन, हामीलाई पनि…
Read More
प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन एर्दोगानको निम्तो

प्रधानमन्त्री बालेनलाई कोप–३१ मा सहभागी हुन एर्दोगानको निम्तो

२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्। उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्। ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ सहसचिव ढकालले भने, ‘टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।’ परराष्ट्र मन्त्रालयमा प्राप्त उक्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले जानकारी दिए। तर, सम्मेलनमा…
Read More
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट कुराकानी गरेका थिए। भेटपछि सभामुख अर्याल सिंहदरबारबाट बाहिरिएका छन्। आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
Read More
प्रधानमन्त्रीलाई घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ : कांग्रेस

प्रधानमन्त्रीलाई घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ : कांग्रेस

२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ। कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै संसद्मा उठिरहेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै माग गरिएको बताइन्। यसबाट सभामुख र प्रधानमन्त्री पदको गरिमा कायम राख्न खोजिएको उनको भनाइ थियो। उनले सभामुखसँग आग्रह गर्दै भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं। हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं। हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं।’ काउचाले प्रधानमन्त्री शाह एक्लै नरहेको भन्दै राष्ट्रिय हितका विषयमा सरकार अघि…
Read More
ग्यास लुकाउने र महँगोमा बेच्नेमाथि निगरानी

ग्यास लुकाउने र महँगोमा बेच्नेमाथि निगरानी

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपोको निगरानी तथा अनुगमनका लागि प्रहरी परिचालन गरिएको हो। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी थिइन्। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभाव देखाएर उपभोक्तालाई दुःख दिने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री यादवको आग्रहपछि गृहमन्त्री…
Read More
विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा मेसीभन्दा अगाडि एमबाप्पे

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेका छन्। आइतबार बिहान तेस्रो स्थानका लागि इंग्ल्याण्डविरुद्ध भएको खेलमा एमबाप्पेले दुई गोल गर्दै एक असिस्ट पनि गरे। यस प्रदर्शनसँगै उनले दुवै प्रतिस्पर्धामा मेसीलाई उछिनेका हुन्। हालसम्म एमबाप्पेको नाममा जारी विश्वकपमा १० गोल र ४ असिस्ट पुगेको छ। यता फाइनलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट रहेको छ। गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था बनेको छ। यदि मेसीले दुई गोलभन्दा कम गरे भने एमबाप्पे विश्वकपमा दोस्रो पटक गोल्डेन बुट…
Read More