२ भदौ, काठमाडौं — नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं महानगरपालिका–१५ स्थित ‘नेवाः मंका छेँ’ मा राखिएको छ। ९३ वर्षीय श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। पछिल्लो समय अस्वस्थ रहेका श्रेष्ठको निधन घरमै भएको नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लले जानकारी दिए। श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा योगदान पुर्याएका छन्। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’ को उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषा तथा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका श्रेष्ठको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति…
१ भदौ, काठमाडौं — नेपाली कांग्रेसको संस्थापनइतर पक्षको तीनदिने भेला/सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ। साउन २९ गतेदेखि सुरु भएको भेला आज सम्पन्न भएको हो। भेलाले विभिन्न पाँचवटा निर्णय गरेको छ। धर्मसम्बन्धी निर्णयमा नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गरिएको छ। साथै, नेपालमा कायम रहेको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सुनिश्चितता गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। निर्णयमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक…
२८ साउन, काठमाडौं — पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका उनका वकिलहरूलाई प्रहरीले भेट्न दिएको छैन। अधिवक्ता टिकाराम भट्टराईसहितका वकिल श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नमिल्ने भन्दै उनीहरूलाई फर्काएको हो। प्रहरीले श्रेष्ठकी श्रीमती तथा उनी निकट पत्रकारसम्बन्धी संघ–संगठनका प्रतिनिधिलाई समेत भेट्न दिएको छैन। आज प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेललगायत श्रेष्ठलाई भेट्न प्रहरी परिसर पुगेका थिए। तर प्रहरीले भेट्न नदिएको प्रेस सेन्टरका महासचिव घर्तीले बताए। ‘प्रहरीले किशोर श्रेष्ठका वकिल र श्रीमतीलाई समेत भेट्न दिएको छैन, हामीलाई पनि…
२७ साउन, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ। बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्। उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्। ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ सहसचिव ढकालले भने, ‘टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।’ परराष्ट्र मन्त्रालयमा प्राप्त उक्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले जानकारी दिए। तर, सम्मेलनमा…
२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट कुराकानी गरेका थिए। भेटपछि सभामुख अर्याल सिंहदरबारबाट बाहिरिएका छन्। आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
२५ साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ। कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै संसद्मा उठिरहेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै माग गरिएको बताइन्। यसबाट सभामुख र प्रधानमन्त्री पदको गरिमा कायम राख्न खोजिएको उनको भनाइ थियो। उनले सभामुखसँग आग्रह गर्दै भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं। हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं। हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं।’ काउचाले प्रधानमन्त्री शाह एक्लै नरहेको भन्दै राष्ट्रिय हितका विषयमा सरकार अघि…
२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा ग्यास डिपोको निगरानी तथा अनुगमनका लागि प्रहरी परिचालन गरिएको हो। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी थिइन्। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभाव देखाएर उपभोक्तालाई दुःख दिने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री यादवको आग्रहपछि गृहमन्त्री…
३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेका छन्। आइतबार बिहान तेस्रो स्थानका लागि इंग्ल्याण्डविरुद्ध भएको खेलमा एमबाप्पेले दुई गोल गर्दै एक असिस्ट पनि गरे। यस प्रदर्शनसँगै उनले दुवै प्रतिस्पर्धामा मेसीलाई उछिनेका हुन्। हालसम्म एमबाप्पेको नाममा जारी विश्वकपमा १० गोल र ४ असिस्ट पुगेको छ। यता फाइनलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट रहेको छ। गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था बनेको छ। यदि मेसीले दुई गोलभन्दा कम गरे भने एमबाप्पे विश्वकपमा दोस्रो पटक गोल्डेन बुट…
१ साउन, काठमाडौं — संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। संसद् सचिवालयका उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्न अनुरोध गरिएको हो। विज्ञप्तिअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिम सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नो तथा आफ्नो परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति, त्यसको स्रोत वा निस्सासहितको विवरण खामबन्दी गरेर बुझाउन पनि भनिएको छ।
३२ असार, काठमाडौं — रुकुम पश्चिमसहित आसपासका जिल्लामा बारम्बार विद्युत आउने–जाने समस्या बढ्दै गएपछि स्थानीय प्रशासनले यस विषयमा चासो देखाएको छ। अनियमित विद्युत आपूर्तिका कारण सर्वसाधारण, उद्योग–व्यवसाय तथा सरकारी कार्यालयको सेवा प्रभावित भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको हो। रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले विद्युत आपूर्तिको अनियमितताबारे धेरै गुनासा प्राप्त भएपछि नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण केन्द्रलाई वास्तविक समस्या, त्यसका कारण, चुनौती तथा समाधानका उपाय समेटिएको विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिएका थिए। प्रशासनको निर्देशनपछि विद्युत वितरण केन्द्रले विद्युत आपूर्तिमा देखिएका समस्या, तिनका कारण, चुनौती तथा समाधानका लागि आवश्यक उपायहरू…