१८ असार, काठमाडौं — प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका क्रममा देखिएको प्राविधिक समस्याका कारण बैठक स्थगित गर्नुपरेको हो। बैठक करिब १७ मिनेटसम्म चलेको थियो। यस अवधिमा केही सांसदहरूले आफ्ना धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएको समस्या देखिएको थियो। अडियो प्रसारण नहुँदा बैठकको आधिकारिक रेकर्डिङमा समेत समस्या उत्पन्न भएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। प्राविधिक समस्या समाधान भएपछि बैठक पुनः सञ्चालन गरिने जानकारी पनि दिइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले प्रतिनिधिसभाबाट पारित भई आएका अध्यादेश प्रतिस्थापन विधेयकलगायत विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाले आर्थिक…
१८ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयास गरेको र आफूविरुद्ध पनि त्यस्तो प्रयास भएको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि राजनीतिक अभिष्ट पूरा गर्न सम्पत्ति शुद्धीकरणको कानुन प्रयोग गरिएको आरोप लगाए। साथै, आफूलाई पनि त्यसैगरी निशाना बनाउने प्रयास भएको उनको भनाइ थियो। सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा यो कानुनको व्यापक दुरुपयोग भएको बताए। उनले भने, ‘व्यापक दुरूपयोग गरिएको थियो। कोही मान्छे मन परेन, कोही मान्छे मन परेन सम्पत्ति शुद्धीकरण लगाइदे। हाम्रै पार्टीका…
१७ असार, काठमाडौं — नेपालभर मनसुनी वायु सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म पुगेको छ। महाशाखाले बुधबार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन विस्तार भएको जनाएको छ। यससँगै यस वर्षको मनसुन देशभर पूर्ण रूपमा फैलिएको छ। नेपालमा सामान्यतया जुन १३ तारिखदेखि पूर्वी भू-भागबाट मनसुन प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर, यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो। सुरुआतमा कोशी प्रदेशका केही क्षेत्रमा सीमित रहेको मनसुन असार…
१६ असार, काठमाडौं — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लंघन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको छ। यस्तै, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लंघन गर्ने ५६ जना, एकतर्फी सडकमा…
१४ असार, काठमाडौं — फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा सोमबार बिहान समूह चरणका सबै खेल सम्पन्न भएका हुन्। समूह चरणमा मेसीसँगै क्यानाडाका जोनाथान डेभिड र फ्रान्सका उसमान डेम्बेलेले पनि ह्याट्रिक गरेका छन्। मेसीले समूह जे अन्तर्गतको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। जोर्डनविरुद्धको तेस्रो खेलमा भने बेन्चबाट मैदान प्रवेश गरेका मेसीले दोस्रो हाफमा गोल गरे। यस विश्वकपमा उनले ६ गोल…
११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका निष्कर्ष, प्रयोग गरिएको आधार र कानुनी व्याख्यालाई लिएर देशभर गम्भीर बहस सुरु भएको छ। प्रतिवेदनमा उठाइएका विषयहरू सतहमा हेर्दा गम्भीर देखिए पनि त्यसको विश्लेषण गर्ने तरिका, प्रयोग गरिएका तथ्य र निष्कर्ष निकाल्ने शैलीप्रति विभिन्न क्षेत्रबाट प्रश्न उठ्न थालेका छन्। धेरैले यसलाई पूर्ण तथ्यभन्दा धारणा र अपूर्ण जानकारीमा आधारित प्रतिवेदनका रूपमा व्याख्या गरेका छन्। पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा बनेको समितिको मुख्य जिम्मेवारी एनसेलको सेयर कारोबारमा प्रचलित कानुन पालना भएको छ वा छैन भन्ने अध्ययन गर्नु र त्यसको प्रभाव मूल्याङ्कन गर्नु थियो।…
२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ जाँदै गरेको जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको हो । जिपमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही स्थानका २८ वर्षीय…
२४ पुस, , काठमाडौं — झण्डै एक लाख ३४ हजार निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार निर्वाचन प्रहरी भर्ना सम्बन्धी आवेदन आह्वान गरेको हो । यस पटक नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ती गर्नेछ । इच्छुक उम्मेदवारले शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सार्वजनिक बिदाका दिनहरूमा पनि आवेदन स्वीकार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आवेदन जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फारम लिएर बुझाउन सकिनेछ । निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवार फारम दर्ता गर्ने…
२३ पुस, काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काउने कामबाट मात्रै देश नबन्ने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । हेटौंडामा सरकारले घर भत्काएको घटनाप्रति आपत्ति जनाउँदै ओलीले वर्तमान सरकारलाई भत्काउने काममै केन्द्रित भएको आरोप लगाए । उनका अनुसार सरकारले निर्वाचन गराउने र त्यसको वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्नेमा घर भत्काउने कार्य गरिरहेको छ । ‘यो सरकारले के गर्यो ? हेटौंडामा घर भत्काउनु नै यसको काम हो ? चुनाव गराउनु पर्दैन ? चुनावको वातावरण बनाउनु पर्दैन ? हेटौंडामा घर भत्कायो,…
२२ पुस, काठमाडौं — काठमाडौंको सिनामंगल–गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार अपराह्न भीषण आगलागी भएको छ । आगो निभाउन पठाइएका दुई दमकलमध्ये एउटा मात्र घटनास्थलमा पुगेको छ भने साँघुरो सडकका कारण अर्को दमकल पुग्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख गोपाल घिमिरेका अनुसार हाल धुवाँका कारण उडान सञ्चालनमा कुनै अवरोध आएको छैन । आगलागीको खबर प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।