१ साउन, काठमाडौं — वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गर्ने निर्णय आजदेखि कार्यान्वयनमा ल्याएको छ। मन्त्रालय पुनर्संरचनापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूको नयाँ कार्यविभाजन सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेका छन्। नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा अब ८ वटा मन्त्रालय रहनेछन्। सरकारका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने बाँकी ६ जनालाई हालका लागि विनाविभागीय मन्त्रीका रूपमा राखिएको छ। उनीहरूलाई मुख्यमन्त्रीको मातहतमा अतिरिक्त जिम्मेवारी दिइने बताइएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सत्ता साझेदारीसँग सम्बन्धित राजनीतिक जटिलता समाधान भएपछि विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी पुनः हेरफेर गरिनेछ। नयाँ…
३२ असार, काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती स्वास्थ्यकर्मी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) को खण्ड (ज) विपरीत बिदा स्वीकृत नगरी लगातार ६० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेको भेटिएको छ। यही आधारमा ऐनको दफा ७२ को खण्ड (ब) उपखण्ड (१) अनुसार भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने भन्ने विषयमा उनीहरूसँग स्पष्टीकरण मागिएको…
३१ असार, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाएको बताएका छन्। साथै, होटल व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका चिन्ताहरू क्रमशः समाधान हुने विश्वास पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे। प्रधानमन्त्री शाहले व्यवसायीलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न सुझाव दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको…
३० असार, काठमाडौं — नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै रुलिङको माग गरेको छ । एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड छ मा भएको व्यवस्था प्रधानमन्त्री शाह र सभापति लामिछानेले उल्लंघन गरेको बताए । ‘प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड छ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचमा हिंड्न नहुने व्यवस्था गरेको छ,’ महरले भने, ‘तर बिडम्बना माननीय खुश्बु ओली बोल्दै हुनुहुन्थ्यो । सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यू त्यो नियमको उल्लंघन गरेर हिंड्नुभएकोले म यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु र यसमा…
२८ असार, काठमाडौं — साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सातौं पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे। खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीको कर्नर प्रहारलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। स्विट्जरल्यान्डले ६७औं मिनेटमा खेल बराबरीमा ल्यायो। रिकार्डो रोड्रिगेजको असिस्टमा डान एनडोयेले गोल गर्दै टोलीलाई १–१ को अवस्थामा पुर्याएका थिए। ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो। त्यसपछि स्विट्जरल्यान्ड…
२६ असार, काठमाडौं — पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको अवस्था अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ। करिब डेढ महिनाको अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो। महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख तथा समितिका संयोजक कृष्ण तिवारीको नेतृत्वमा गरिएको अध्ययनले बसपार्क क्षेत्रमा बस्दै आएका २३३ परिवारको नाममा अन्यत्र पनि जग्गा रहेको देखाएको छ। छानबिनका क्रममा वडा कार्यालयबाट सिफारिस भएका ५७४ वटा निवेदनको विस्तृत अध्ययन गरिएको थियो। समितिले जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत आवेदकहरूको विवरण अध्ययन गरी प्रतिवेदन तयार गरेको हो। संयोजक तिवारीका अनुसार सरकारी डिजिटल प्रणालीमार्फत विवरण…
२५ असार, काठमाडौं — नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यदलको बैठक आज बस्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ। गत १० असारमा बसेको सचिवालय बैठकले पार्टी पुनर्गठनका विषयमा कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार राजधानी विशेषसहित आठै प्रदेश, जनसंगठन, विभाग, प्रवास कमिटी तथा सल्लाहकारहरूबाट सुझाव संकलन गरिएको छ। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा रहेको कार्यदलले संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने विषयमा आजको बैठकमा छलफल गर्नेछ।
२४ असार, काठमाडौं — देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भागमा भने सरदर स्थानकै आसपास रहेको छ। महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। अहिले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम खालको वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र…
२२ असार, काठमाडौं — पर्सा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ को भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गर्दा गाँजा बरामद भएको हो। प्रहरीका अनुसार भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्माले चलाइरहेको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको स्पोर्ट्स कारबाट १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा फेला परेको हो। गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
१८ असार, काठमाडौं — डोल्पामा लेदोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढी घरमा पसेपछि स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विकको मृत्यु भएको हो। आइतबार बिहान करिब ३ बजेतिर आएको बाढीका कारण घरभित्र सुतिरहेकी आनन्दा विक पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए। बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते…