२० पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ। समारोह काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने तयारी छ। आजै मात्र नागरिक उन्मुक्ति पार्टी छोडेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गर्न लागेका छन्। त्यस्तै, अन्य थरूहट र थारूवान नेताहरू पनि रास्वपामा आबद्ध हुन तयारी गर्दैछन्। पार्टी प्रवक्ता मनिष झालेका अनुसार, ‘नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट–थारूवान/अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत राजनीतिक समायोजन घोषणा सभा हुने छ।’ यसअघि रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग पनि सम्झौता गरेको थियो।
२० पुस, काठमाडौं — भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि रोड्रिगेजले उक्त जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न उपराष्ट्रपति रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिन आवश्यक भएको जनाएको थियो । अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै, भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार सञ्चालन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो…
१८ पुस, काठमाडौं — जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंसको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रमुख दलका दुई शीर्ष नेताहरूलाई म्याद भित्र पत्र बुझ्न आग्रह गरेको थियो। प्रारम्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले' पत्र बुझ्न अस्वीकार गरेका थिए। आयोगले उनीहरूलाई आफ्नो धारणा राख्न पत्र पठाएको थियो र व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) मार्फत समन्वय गरेर पत्र बुझाउने प्रयास गरिएको थियो। तर देउवाले २४ भदौको आगजनीमा आफू पीडित भएको र घर नष्ट भएकाले अन्यत्र बस्नु परेको, त्यसबेला जेनजी आन्दोलनमा आफू राज्यको भूमिकामा नरहेको भन्दै किन बयान दिनुपर्ने भनी प्रश्न गरेका थिए।…
१७ पुस, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’जस्तै अवस्थातर्फ धकेल्ने योजनाबद्ध प्रयास भइरहेको आशंका व्यक्त गर्दै सबै कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूलाई राष्ट्रिय एकतामा आबद्ध हुन आह्वान गरेका छन्। अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा जारी शुभकामना सन्देशमा खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका तिनका सहयोगीहरूले नेपाललाई अस्थिरता, हिंसा र विध्वंसको दिशातर्फ लैजान सक्रिय भूमिका खेलिरहेको आरोप लगाएका छन्। विदेशी पैसा र प्रलोभनको सहारामा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गरी नेपाली समाजलाई परिवर्तनको मार्गबाट विमुख गराउने प्रयास भइरहेको उनको भनाइ छ। शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् कि अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका…
१५ पुस, काठमाडौं — वैकल्पिक राजनीतिमा सक्रिय तीन प्रमुख शक्ति अब एउटै दल र एउटै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समाहित भएको हो। रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षरमा बालेन्द्र साक्षी बनेका थिए भने कुलमान घिसिङ पनि उपस्थित थिए । सहमतिपत्रअनुसार पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ । झन्डा र चुनाव चिह्न पनि रास्वपाकै रहने उल्लेख छ । सभापति रवि…
१४ पुस, काठमाडौं — तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएको घटनाको नैतिक जिम्मेवारी आफूले लिएको तर भदौ २४ गते भएका घटनाहरू भने योजनाबद्ध भएको दाबी गरेका छन्। सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिँदै लेखकले २३ गतेको दुःखद् घटनापछि नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिएको बताएका हुन्। बयानमा उनले भनेका छन्, “गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको हैसियतले त्यस घटनाबाट म अत्यन्तै मर्माहित भएँ। गहिरो पीडाबोधका कारण गृहमन्त्री पदमा रहेका व्यक्तिले पदीय नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने अठोटका साथ नैतिकताका आधारमा तत्काल राजीनामा दिएको हुँ। अहिले पनि म भन्छु— भदौ २३ को घटना हुँदा म देशको…
१३ पुस, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीबाट निर्वाचनमा सहभागी हुने विषयमा ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार, रास्वपाको नेतृत्व रवि लामिछानेले गर्ने विषयमा बालेन सहमत भएका छन् भने रविले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने सहमति जनाएका छन्। सहमतिपत्रको बुँदा नम्बर ४ मा उल्लेख गरिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।” रवि लामिछाने र बालेनद्वारा हस्ताक्षरित सहमतिपत्रमा नेपालको समतामूलक र उन्नत विकासप्रति प्रतिबद्ध…
११ पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई सहभागी गराउँदै संयुक्त बैठक आह्वान गरेकी छन्। कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वलाई एकै ठाउँमा बस्ने गरी बैठक बोलाएकी हुन्, जसको आयोजना शनिबारका लागि तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकको निम्तो दिइसकेको र मध्याह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर निम्तो दिएको जानकारी दिइएको छ। उनका अनुसार,…
१० पुस, काठमाडौं — रास्वपा सभापति रवि लामिछानेसँग करिब ६ घण्टा लामो छलफलपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै राजनीतिक दल गठन गर्ने तयारी तीव्र पारेका छन् । रविसँग ठोस सहमति जुट्न नसकेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी बनाएर निर्वाचनमा जाने दिशामा गृहकार्य थालेका हुन् । सभापति लामिछानेको मुख्य उद्देश्य बालेनलाई रास्वपामै समेट्ने रहेको बुझाइ बनेपछि बालेनले कांग्रेस, एमालेसहित विभिन्न दलमा रहेका लोकप्रिय अनुहार तथा सामाजिक सञ्जाल र जनताबीच चिनिएका व्यक्तिहरूलाई साथमा लिएर अघि बढ्ने रणनीति बनाएका छन् । बालेनका स्वकीय सचिवालयका भूपदेव शाह, सुनिल लम्साललगायतले विभिन्न दलका चर्चित युवा नेताहरूसँग फोनमार्फत ‘एकपटक मेयरसँग भेटेर छलफल गरौँ’ भन्दै प्रस्ताव राखिरहेको बताइएको…
९ पुस, काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी र श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कागजात वडा तहबाटै उपलब्ध गराउने तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् । वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति लगायतका कागजात लिनुपर्दा श्रमिकहरूले ठगी र झन्झट झेल्नुपरेको उल्लेख गर्दै उनले ती समस्याको अन्त्यका लागि वडा तहबाटै सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए । सानो काम गर्नसमेत जटिल प्रक्रिया र झमेला झेल्नुपर्दा नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य भएको मन्त्री भण्डारीको भनाइ छ । राज्यले…