Skip to main content

Epost Nepal

Breaking News 1

२०० वर्ष पुरानो चौतारा कहाँ गयो? पाँच वर्षपछि उठ्यो अतिक्रमणको प्रश्न

२०० वर्ष पुरानो चौतारा कहाँ गयो? पाँच वर्षपछि उठ्यो अतिक्रमणको प्रश्न

४ भदौ, काठमाडौं — जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष पुगेको छ । स्थानीय समुदायको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको उक्त चौतारा रहेको स्थान सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयको आरोप छ । चौतारा नरहे पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले चिनिने पुरानो ढुङ्गे धारा भने अहिले पनि कायम छ । परापूर्वकालदेखि स्थानीयले खानेपानी, नुहाउने तथा विभिन्न संस्कारका लागि प्रयोग गर्दै आएको उक्त धारालाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरिएको छ । ढुङ्गे धारासँगै रहेको सार्वजनिक चौतारा भएको स्थानमा दुई कित्ता सार्वजनिक…
Read More
संसद् उपस्थितिमा कडाइ गरेको रास्वपाकै बैठक लम्बिँदा सदन प्रभावित

संसद् उपस्थितिमा कडाइ गरेको रास्वपाकै बैठक लम्बिँदा सदन प्रभावित

३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरिरहेका छन्। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक जारी छ। संसदीय दलको बैठकमा रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह भने सहभागी छैनन्। रास्वपाको बैठक जारी रहेकाले दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन। आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, युवा,…
Read More
साउनमा ७० हजार ४ सय ४१ जनाले लिए श्रम स्वीकृति

साउनमा ७० हजार ४ सय ४१ जनाले लिए श्रम स्वीकृति

२ भदौ, काठमाडौं — साउन महिनामा वैदेशिक रोजगारीमा जान ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृतिसमेत गरी ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन्। साउनमा पहिलोपटक श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६ सय ९३ रहेको छ भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, १२ हजार ४ सय ४२ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका…
Read More
चिनीको मूल्य बढेर १२० पुग्यो, संसदीय समितिको बैठक बस्दै नबसी स्थगित

चिनीको मूल्य बढेर १२० पुग्यो, संसदीय समितिको बैठक बस्दै नबसी स्थगित

१ भदौ, काठमाडौं — चिनीको सहज आपूर्तिबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक छलफल नै नगरी स्थगित भएको छ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनीको आपूर्ति सहज बनाउने विषयमा छलफल गर्न आज बिहान १० बजे बैठक बोलाएको थियो। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी र मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको थियो। समितिका सदस्यसँगै चिनीको सहज आपूर्तिसँग सम्बन्धित सरोकारवालाहरूलाई पनि बैठकमा बोलाइएको थियो। तर, ‘विशेष कारणवश’ बैठक स्थगित भएको जानकारी समिति सचिवालयले दिएको छ। पछिल्लो समय बजारमा चिनीको मूल्य बढेको छ। मूल्यवृद्धिको विषयलाई लिएर उद्योगी र व्यापारीबीच आरोप–प्रत्यारोप चलिरहेको छ। यसको प्रत्यक्ष असर…
Read More
राजनीतिक आग्रह–पूर्वाग्रहमा नलाग्न सरकारलाई देउवाको सुझाव

राजनीतिक आग्रह–पूर्वाग्रहमा नलाग्न सरकारलाई देउवाको सुझाव

२८ साउन, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनताको मतको सम्मान गर्नुपर्ने बताएका छन्। सिंगापुरमा उपचार गराएर आजै स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै परिवर्तन सहज नहुने आफूले राम्रोसँग बुझेको बताएका छन्। उनले सरकारले आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा अघि बढे त्यसले मुलुकको हित नगर्ने बताएका हुन्। ‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्। देउवाले सरकार आफ्नो जिम्मेवारीबाट विमुख भएर राजनीतिक आग्रह–पूर्वाग्रहमा लागे…
Read More
एक करोड ८० लाख ग्राहक भएको एनसेल बन्द गराउनेतिर सरकार?

एक करोड ८० लाख ग्राहक भएको एनसेल बन्द गराउनेतिर सरकार?

२७  साउन, काठमाडौं — नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्मार्ट टेलिकम र एनसेलविरुद्ध कारबाही अघि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएपछि सरकारको कदममाथि प्रश्न उठेको छ। गत शुक्रबार सीआईबीले तीनवटै कम्पनीविरुद्ध कडा कारबाही गर्न सिफारिस गर्दै फाइल पठाएको बताइएको छ। एक विशेष स्रोतका अनुसार सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलहरू नै आश्चर्यमा परेका थिए। व्यवहारिक मात्र नभई कानुनी आधारसमेत नमिलेको भन्दै मुद्दा कसरी अघि बढाउने भन्ने विषयमा उनीहरूले अध्ययन गरिरहेका बेला प्रधानमन्त्रीको टोलीको निर्देशनमा ती वकिललाई हटाएर नयाँ वकिललाई फाइल अध्ययन गर्न दिइएको स्रोतको दाबी छ। यस विषयमा अर्थमन्त्रीले मंगलबार महान्यायाधिवक्तालाई फोन गरी ठूलो बैंक…
Read More
सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनामा क्षति

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनामा क्षति

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्। पहिरोमा परी विद्युत्गृहमा कार्यरत अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका छन्। त्यस्तै, गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोली परिचालन गरिएको छ। घाइते विकको उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिएको…
Read More
प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री र भारतीय राजदूतबीच शिष्टाचार भेट

२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार मध्याह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेट भएको हो। प्रधानमन्त्री शाहलाई भेट्न भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको साझा हितका क्षेत्रमा सहकार्य…
Read More
डोल्पाका दुई वडा एक महिनादेखि टेलिफोनविहीन

डोल्पाका दुई वडा एक महिनादेखि टेलिफोनविहीन

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। नेपाल टेलिकमको टावर सञ्चालनमा नआएपछि नगरपालिकाको वडा नम्बर ५ र ६ का सयौँ नागरिक सामान्य फोन गर्नसमेत अग्ला डाँडाकाँडामा पुग्नुपर्ने बाध्यता रहेको छ। त्रिपुरासुन्दरी–५ खदाङकी स्थानीय मिना सार्कीका अनुसार लामो समयदेखि टावर नचल्दा आफन्तसँग सम्पर्क गर्नेदेखि आवश्यक सूचना आदानप्रदान गर्नसमेत समस्या भएको छ। उनले भनिन्, ‘गाउँमा लामो समयदेखि टावर चलेको छैन। खबर आदानप्रदान गर्न निकै समस्या भइरहेको छ। झण्डै एक महिना भइसक्यो, अहिलेसम्म किन बनेन भन्ने जानकारी पनि छैन। अझै कति समय यसरी सम्पर्कविहीन बस्नुपर्ने हो, थाहा छैन।’ स्थानीयका अनुसार नेटवर्क…
Read More
मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना, चालक गम्भीर घाइते

मुग्लिन–नारायणगढ सडकखण्डमा भीषण दुर्घटना, चालक गम्भीर घाइते

३ साउन, काठमाडौं — चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक भएको बस दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्। प्रहरीले घाइतेको संख्या २५ भन्दा बढी रहेको जनाएको भए पनि यकिन विवरण भने सार्वजनिक गरेको छैन। प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट दाङतर्फ जाँदै गरेको दुईवटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। काठमाडौं आउँदै गरेको बा.प्र. ०३–००१ ख १६७१ नम्बरको बस दुर्घटनामा परेको छ भने दाङतर्फ जाँदै गरेको बसको नम्बर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त बसका चालक गम्भीर घाइते भएका छन्। दुर्घटनापछि केही समय अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि आवश्यक…
Read More