Skip to main content

Epost Nepal

Breaking News 1

अस्ट्रेलियामा विद्यार्थी भिसा परिवर्तन र डिपेन्डेन्टमा कडाइ

अस्ट्रेलियामा विद्यार्थी भिसा परिवर्तन र डिपेन्डेन्टमा कडाइ

१८ असोज, काठमाडौं — अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रणालीमा थप कडाइ गरेको छ। आप्रवासन नियन्त्रण र विद्यार्थी भिसाको दुरुपयोग रोक्ने उद्देश्यले अक्टोबर २ देखि नयाँ नियम लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा रहेका अधिकांश अस्थायी भिसावाहकले त्यहीँबाट विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। उनीहरूले अस्ट्रेलियाबाहिरबाटै आवेदन दिनुपर्नेछ। एउटै तहका कोर्स पटक–पटक परिवर्तन गरेर लामो समय अस्ट्रेलियामा बस्ने प्रवृत्ति रोक्न पनि नियम कडा पारिएको छ। तर हालको कोर्स पूरा गरी उच्च तहको अध्ययनमा जाने विद्यार्थीलाई भने अस्ट्रेलियाभित्रैबाट अर्को भिसाका लागि आवेदन दिने सुविधा कायम राखिएको छ। यस्तै, कोर्स पूरा गर्न १२ महिना वा सोभन्दा कम समय बाँकी रहेका र…
Read More
यूएन महासभामा नेपालको सहभागिताबारे संसद्लाई जानकारी

यूएन महासभामा नेपालको सहभागिताबारे संसद्लाई जानकारी

१६ असोज, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता र त्यहाँ उठाइएका विषयबारे संसद्लाई जानकारी गराएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खनालले महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालको प्रतिनिधित्व गर्दै जलवायु संकट, जलवायु न्याय र नेपालको राष्ट्रिय हितका विषय उठाएको बताए। प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै त्यसबाट भएको जनधनको क्षति, पूर्वाधार तथा जनजीविकामा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तन नेपालको विकासका लागि समेत चुनौती बनेको बताएका…
Read More
रसुवा जोड्ने गल्छी–बेत्रावती सडकमा आवतजावत सुरु

रसुवा जोड्ने गल्छी–बेत्रावती सडकमा आवतजावत सुरु

१५ असोज, काठमाडौं — रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोलिएको छ। ट्र्याक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावत पनि सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्। मन्त्री लम्सालको सचिवालयका अनुसार रसुवासँग जोडिने प्रमुख सडकमार्गका रूपमा रहेको यो खण्डमा ट्र्याक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने अझै बाँकी छ। सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला ठूलो संख्यामा सवारीसाधन सञ्चालन हुँदा निर्माण कार्य प्रभावित भइरहेको भन्दै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरेका छन्। ट्र्याक खोल्ने काम पूरा भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको काम पनि अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार…
Read More
महाकालीमा आएको बाढीले झोलुङ्गे पुलको एक भाग बगायो3

महाकालीमा आएको बाढीले झोलुङ्गे पुलको एक भाग बगायो3

१४ असोज, काठमाडौं — कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग भत्किएको छ। महाकाली नदीमा आएको बाढीका कारण आज बिहान करिब ८ बजे पुलको एक भाग पूर्ण रूपमा भत्किएको हो। प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको पुलको एउटा पिलर भत्किएपछि त्यससँगै पुलको भाग पनि नदीमा बगेको हो। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भत्किएको छ। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले पुलमा पुगेको क्षतिको अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको जानकारी दिए। उनले अनलाइनखबरसँग भने, ‘मैले पनि सिडिओ सा’बबाट झोलुङ्गे पुलमा पुगेको क्षतिबारे जानकारी पाएँ। जानकारी पाउनेबित्तिकै…
Read More
आयोगमा बयान दिएर फर्किए एसएसपी खड्का, छानबिन जारी

आयोगमा बयान दिएर फर्किए एसएसपी खड्का, छानबिन जारी

१३ असोज, काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेर बयान दिएका छन्। आइतबार अनुगमनका लागि पुगेका आयोगका पदाधिकारीलाई कार्यालयमा प्रवेश गर्न नदिइएको घटनाबारे एसएसपी खड्काले आयोगमा पुगेर बयान दिएका हुन्। आयोगले उनीसँग करिब एक घण्टा सोधपुछ गरेको थियो। खड्कालाई सोधपुछका लागि उपस्थित गराइदिन आयोगले सोमबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो। आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले खड्का बयान दिएर फर्किसकेको जानकारी दिए। उनले भने, ‘उहाँ बयान दिएर फर्किसक्नुभएको छ। छानबिनको प्रक्रियामा रहेकाले के भन्नुभयो भन्ने जानकारी भएन।’ उनका अनुसार घटनाका विषयमा अन्य कसलाई बोलाउने भन्ने निर्णय भने भइसकेको छैन। यसैबीच, आइतबार बिहान…
Read More
जमिन गलेपछि धापाखेलमा साढे दुई तले घर ढल्यो

जमिन गलेपछि धापाखेलमा साढे दुई तले घर ढल्यो

१२ असोज, काठमाडौं — ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ। ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार सोवितकुमार थापाको साढे दुई तले घर सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको हो। घर जोखिममा रहेको भन्दै घरधनीलाई अघिल्लो दिन नै घर खाली गर्न आग्रह गरिएकाले घटनामा मानवीय क्षति नभएको उनले बताए। उक्त घरमा थापासहित तीन जनाको परिवार बस्दै आएको थियो। अविरल वर्षाका कारण जमिन गलेपछि भिरालो सतहमा निर्माण गरिएको घर ढलेको प्रहरी प्रवक्ता मिश्रले बताए। घर ढलेपछि घरमुनि रहेको खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ।
Read More
पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगायो

पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगायो

११ असोज, काठमाडौं — कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्। नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। उक्त बस्तीमा करिब ८० घर रहेका थिए। तीमध्ये २५ घर बगेका छन् भने अन्य घरहरू पनि जोखिममा रहेको प्रहरीले जनाएको छ। घटनामा हालसम्म मानवीय क्षति भने भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।
Read More
राष्ट्रसंघमा प्रधानमन्त्री शाह : ‘जलवायु न्याय पैसाको विषय मात्र होइन’

राष्ट्रसंघमा प्रधानमन्त्री शाह : ‘जलवायु न्याय पैसाको विषय मात्र होइन’

९ असोज, काठमाडौं — नेपालजस्तो हिमाली मुलुकबाट आफू मानवताका लागि निकट भविष्यमा आउन सक्ने गम्भीर संकटको चेतावनी लिएर आएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्। उनले विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका आकांक्षाबारे बोल्नुपर्ने अवस्थामा भयावह मृत्यु र विनाशबारे कुरा गर्नुपरेको बताए। घर फर्किने आशामा आफ्ना प्रियजनलाई कुरिरहेका परिवार, बाढी, हिलो र ढुंगाको भेलमा बेपत्ता मानिसको खोजी गरिरहेका समुदाय तथा केही मिनेटमै बगेर गएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनको अवस्था उनले स्मरण गरे। यस्ता विपद्का कारण दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढिरहेको नेपालको प्रगतिमा समेत गम्भीर असर परेको उनको भनाइ थियो। करिब चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको…
Read More
एसियन गेम्स : महिला कबड्डीमा नेपाललाई पदक निश्चित

एसियन गेम्स : महिला कबड्डीमा नेपाललाई पदक निश्चित

८ असोज, काठमाडौं — २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले पहिलो हाफमा १९–१३ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि १५–१२ ले अघि रहँदै नेपालले खेल ३४–२५ ले जितेको हो। यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह ‘बी’ बाट नेपाल र चाइनिज ताइपेइ सेमिफाइनलमा पुगेका हुन्। सेमिफाइनलमा पुगेसँगै महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ। अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ। १९औँ एसियन गेम्समा पनि नेपाली महिला कबड्डी…
Read More
त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु

६ असोज, काठमाडौं — त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरी स्रोतका अनुसार कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको हो। अस्पतालका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको निष्कर्ष निकालिएको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ। घटनाबारे थप छानबिन गर्न समिति गठन भइसकेको छ।
Read More