१४ भदौ, काठमाडौं — चीन सरकारले नेपालका बाढीपहिरो प्रभावितका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ । आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन् । दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा राहत सामग्री हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी उपस्थित थिए । सो…
१४ भदौ, काठमाडौं — अमेरिकाले नेपालका बाढी प्रभावितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगअन्तर्गत बाढीबाट प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म पुग्ने आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ । मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको पनि जनाएको छ ।
१४ भदौ, काठमाडौं — भारतले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि थप सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशंकरले नेपालको राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी–उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली नेपाल आइपुगेको छ । त्यस्तै, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ ।…
१४ भदौ, काठमाडौं — बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक अवरुद्ध भएको हो । बाढीले कटान गरेपछि सडकको केही भाग भासिएको छ । आज बिहान केही समय अवरुद्ध भएर खुलेको सडक केहीबेरमै पुनः पूर्णरूपमा बन्द भएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।
११ भदौ, काठमाडौं — चीनका प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् । नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् । चीनले बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन् । यता, चीनतर्फ बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको जनाइएको छ । त्यस्तै, २ जना स्थानीय गाउँलेको उद्धार गरिएको थियो । चीनले बाढी प्रभावित…
११ भदौ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनी काठमाडौं फर्किएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने आफ्नो टोलीसहित नुवाकोटमै रहेका छन् । सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री बालेनको नुवाकोट भ्रमण पूर्वनिर्धारित थिएन । तर, अन्तिम समयमा प्रधानमन्त्री स्वयंले नुवाकोट पुगेर बाढी प्रभावितको अवस्था बुझ्ने इच्छा व्यक्त गरेपछि भ्रमण तय भएको हो । नुवाकोट पुगेपछि प्रधानमन्त्री बालेनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय तथा घाइतेसँग भेट गरी उनीहरूको अवस्था बुझेका थिए । प्रधानमन्त्री काठमाडौं फर्किए पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् । नेपाली सेनाले उद्धार तथा खोजी कार्यमा भइरहेको…
११ भदौ, काठमाडौं — रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालले ‘इमर्जेन्सी मोड’ मा सेवा दिइरहेको छ । अस्पतालले घाइतेहरूलाई प्राथमिक उपचार गरिरहेको छ भने गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइरहेको छ । चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई उपचारका लागि अस्पतालमै ल्याउने गरिएको छ । बाढीले नुवाकोटका त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको छ । सडक तथा पुल बगाएपछि प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने बाटोसमेत प्रभावित भएको डा. परियारले बताए । ढुंगे…
११ भदौ, काठमाडौं — भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १ बजेसम्म २७० जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ५० जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार दिउँसो ३ बजेसम्म जिल्लाका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार गल्छी गाउँपालिका–स्थित महेश दोभानमा एक महिलाको शव भेटिएको छ । त्यस्तै, गल्छी गाउँपालिकाकै कोल्फु खोला पुलनजिकै दुई पुरुषको शव फेला परेको छ । सिद्धलेख गाउँपालिका–७ स्थित त्रिशूली नदीको किनारमा एक जनाको तथा बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजारनजिकै त्रिशूली नदी किनारमा दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई उपचारका…
१० भदौ, काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् । समाचार एजेन्सी ग्लोबल टाइम्सले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै सीले बाढीपहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि आवश्यक सबै प्रयास गर्न निर्देशन दिएको जनाएको छ ।