२२ असार, काठमाडौं — पर्सा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ को भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गर्दा गाँजा बरामद भएको हो। प्रहरीका अनुसार भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्माले चलाइरहेको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको स्पोर्ट्स कारबाट १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा फेला परेको हो। गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
२१ असार, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा दिने अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वर्तमान सरकारका सय दिनको समीक्षा गर्न पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारका मन्त्रीहरूबाट बेला–बेला आउने अभिव्यक्तिले अनावश्यक विवाद सिर्जना गर्ने गरेको बताए। थापाले प्रदेशको नामजस्ता संवेदनशील विषयमा पर्याप्त अध्ययन र सन्दर्भ नबुझी मन्त्रीहरूले हल्का ढंगले टिप्पणी गर्ने गरेको आरोप लगाए। उनले भने, “अहिले पनि प्रदेशको नामका विषयमा समस्या र मुद्दाहरू छन्। तर सन्दर्भ नै नबुझी एउटा मन्त्रीले एउटा कुरा बोलिदिन्छ, अर्कोले त्यसमा थपिदिन्छ, अर्कोले खारेज गरिदिन्छ। सरकार सञ्चालन गर्ने दलभित्रकै नेताहरूका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।” सरकार सञ्चालन गर्ने दलका…
१८ असार, काठमाडौं — पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ८१३ सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०५ जना, ट्राफिक सङ्केत बत्ती उल्लंघन गर्ने ११९ जना तथा तीव्र गतिमा सवारी चलाउने ११५ जनालाई कारबाही गरिएको हो। त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक…
१८ असार, काठमाडौं — डोल्पामा लेदोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढी घरमा पसेपछि स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विकको मृत्यु भएको हो। आइतबार बिहान करिब ३ बजेतिर आएको बाढीका कारण घरभित्र सुतिरहेकी आनन्दा विक पुरिएकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए। बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते…
१८ असार, काठमाडौं — प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका क्रममा देखिएको प्राविधिक समस्याका कारण बैठक स्थगित गर्नुपरेको हो। बैठक करिब १७ मिनेटसम्म चलेको थियो। यस अवधिमा केही सांसदहरूले आफ्ना धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएको समस्या देखिएको थियो। अडियो प्रसारण नहुँदा बैठकको आधिकारिक रेकर्डिङमा समेत समस्या उत्पन्न भएपछि बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। प्राविधिक समस्या समाधान भएपछि बैठक पुनः सञ्चालन गरिने जानकारी पनि दिइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले प्रतिनिधिसभाबाट पारित भई आएका अध्यादेश प्रतिस्थापन विधेयकलगायत विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाले आर्थिक…
१८ असार, काठमाडौं — मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घको समुद्रसम्बन्धी कानुनअन्तर्गत ‘राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोग’ सम्बन्धी सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको जानकारी दिए। बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीका कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। त्यसैगरी, पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ। भूमि व्यवस्था मन्त्रालयको प्रस्तावअनुसार ‘कमैया श्रम…
१८ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रयास गरेको र आफूविरुद्ध पनि त्यस्तो प्रयास भएको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि राजनीतिक अभिष्ट पूरा गर्न सम्पत्ति शुद्धीकरणको कानुन प्रयोग गरिएको आरोप लगाए। साथै, आफूलाई पनि त्यसैगरी निशाना बनाउने प्रयास भएको उनको भनाइ थियो। सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा यो कानुनको व्यापक दुरुपयोग भएको बताए। उनले भने, ‘व्यापक दुरूपयोग गरिएको थियो। कोही मान्छे मन परेन, कोही मान्छे मन परेन सम्पत्ति शुद्धीकरण लगाइदे। हाम्रै पार्टीका…
१८ असार, काठमाडौं — संसद्मा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेटमा समस्या आएपछि आजको बैठक युट्युबमार्फत प्रत्यक्ष देखाउन सम्भव नभएको हो। प्रतिनिधिसभाको बैठक चार दिनपछि बसेको हो। यसअघि बैठक असार १४ गते बसेको थियो भने त्यसअघि असार ५ गते बसेको थियो। आजको बैठकमा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। साथै, चार वटा अध्यादेश प्रतिस्थापन विधेयकलाई अघि बढाउने कार्यक्रम पनि तय गरिएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि…
१८ असार, काठमाडौं — सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक–एक गोल गरे। खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो गोल गरेका उनी नै ६४औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिए र अमेरिका १० खेलाडीमा सीमित भयो। १० खेलाडीमा सीमित भए पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो। खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेको फ्रिकिक…
१७ असार, काठमाडौं — सरकारले नेपाल–भारतबीच रहेका सीमा सम्बन्धी विवादहरू ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ। सरकारका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार निर्धारण गरिएको नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अझै प्राविधिक रूपमा नक्सांकन हुन बाँकी छ। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले हालै नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ तथा भारतको पश्चिम चम्पारणस्थित रामपुर्वा सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा नारायणी नदी किनारमा सिँचाइ तथा जलस्रोत…